Dictionary

All Word

37451 डिम्की ना. तराई क्षेत्रमा प्रचलित दमाहाको रूपको तालबाजा।
37452 डिम्के वि. डिम्को भएको; डिम्कोजस्तो।
37453 डिम्के चिउरा ना. मुड्कीको पिटाइ; थप्पड।
37454 डिम्को ना. मुड्कीको पिटाइ वा हनाइ; मुक्का; घुस्सा।
37455 डिम्क्याइ ना. डिम्क्याउने क्रिया वा प्रक्रिया।
37456 डिम्क्याइनु क.क्रि. डिम्क्याउन लाइनु।
37457 डिम्क्याउनु स.क्रि. मुड्कीले हान्नु; डिम्को दिन; मुड्क्याउनु;डिम्म्याउनु।
37458 डिम्क्याहट ना. डिम्क्याउने किसिम वा काम;डिम्क्याइ।
37459 डिम्ब ना. १.चरा आदिको फुल; डिम्बा।
37460 डिम्ब ना. २. डरले कराउँदाको शब्द;चिच्च्याहट।
37461 डिम्ब ना. ३. कलह; झगडा।
37462 डिम्ब ना. ४. बच्चो; बालक।
37463 डिम्बनली ना. डिम्बाशयबाट गर्भाशयमा डिम्ब आउने नली।
37464 डिम्बर ना. कागतीका जत्रा दाना हुने, भित्र मसिना गेडा भएको, भदौअसोजतिर पाक्ने काँडादार जङ्गली फल।
37465 डिम्बस्खलन ना. डिम्बाशय वा अण्डाशयबाट पूर्ण रूपले विकसित डिम्ब झर्ने काम।
37466 डिम्बा ना. चरा आदिको फुल; अन्डा।
37467 डिम्बाशय ना. स्त्री जननेन्द्रियमा पाठेघरभन्दा पनि भित्रतिर रहेको, डिम्ब बनेर त्यसको विकास हुने स्थल।
37468 डिम्बिका ना. १.कामवासनाको बढी इच्छा गर्ने स्त्री; कामुक स्त्री;वेश्या।
37469 डिम्बिका ना. २. पानीको फोको।
37470 डिम्म क्रि.वि. जिउमा मुड्कीले हान्ने किसिमले;ड्याम्म।
37471 डिम्मा ना. १.मुड्कीको हनाइ; मुक्क।
37472 डिम्मा ना. २. कुटाइ;पिटाइ।
37473 डिम्म्याइ ना. डिम्म्याउने काम; डिम्क्याइ।
37474 डिम्म्याइनु क.क्रि. डिम्म्याउन लाइनु; डिम्क्याइनु।
37475 डिम्म्याउनु स.क्रि. डिम्मा दिने काम गर्नु; हे. डिम्क्याउनु।
37476 डिल ना. सुरक्षाका निम्ति वा साँधसिमाना अलग्याउन बनाइने जमिनको ठुलो आली; कान्लो;किनार।
37477 डिल डाल ना. शरीरको स्वस्थ आकार; छाँटकाँट।
37478 डिलडौल ना. आकारप्रकार; छाँटकाँट;कद।
37479 डिलबु ना. बौद्ध सङ्गीतमा प्रयोग गरिने एक प्रकारको कलात्मक घण्ट।
37480 डिलर ना. अर्धसरकारी र व्यापारिक संस्थाहरूबाट उत्पादित वा आयात गरिएका वस्तुहरू उचित मूल्यमा बेच्न खटाइएको आधिकारिक स्थानीय व्यक्ति; स्थानीय वितरक।
37481 डिल्कनु ना. सानो डिल।
37482 डिसमिस ना. श्री ५ को सरकार वादी हुने मुद्दाबाहेक अन्य मुद्दामा वादी-प्रतिवादी दुवै थरीले तारिख गुजारेमा र प्रमाण बुझ्दैका अवस्थामा वादी अनुपस्थित भएमा गरिने निर्णय वा फैसला;खारेजी;बर्खासी।
37483 डिसेम्बर ना. ग्रेगोरी पात्रोअनुसार मङ्सिर र पुस महिनाका बिचमा पर्ने एकतिसदिने, आखिरी महिना।
37484 डिस्टिलरी ना. मद्य वस्तु आदिको उत्पादन गर्ने कारखाना;मदभट्टी।
37485 डिस्पेन्सरी ना. १.औषधी, उपचार गर्ने सामान्य स्तरको स्वास्थ्यकेन्द्र।
37486 डिस्पेन्सरी ना. २. औषधी भण्डार; औषधालय।
37487 डिही ना. १.कसैको खान्की, खुवा, मानाचामल आदिमा दरिएको वा एकै जनाको अधिकारमा रहेको पाखो जग्गा।
37488 डिही ना. २. पहाडको फेदीमा केही अग्लो ठाउँमा रहेको समथर जमिन।
37489 डिही ना. ३. खेतका बिचतिर केही अग्लो ठाउँमा बनाइएको कटेरो।
37490 डीङ ना. हे.डिङ।
37491 डीन ना. हे.डिन।
37492 डुँड ना. १.गाईबस्तुलाई कुँडो, नुन, भुस्सा आदि दिइने काठ वा ढुङ्गा खोपेर बनाइएको सानो नाउजस्तो भाँडो।
37493 डुँड ना. २. पानी ल्याउन वा पठाउनका निम्ति हालिने ढुङ्ग्रोजस्तो वा कुलेसोका ढाँचाको माटो, टिन, भाटा आदिको कोप्रो पारिएको वस्तु।
37494 डुँड ना. ३. नालको पानी निकास हुने प्वाल; पनालो।
37495 डुँड ना. ४. तोरी आदिको गेडा चुटेको खोस्टो।
37496 डुँडाइ ना. डुँडाउने क्रिया वा प्रक्रिया।
37497 डुँडाइनु अ.क्रि. डुँडाउने होइनु।
37498 डुँडाउनु अ.क्रि. १.भालेले पोथी वा पोथीले भाले खोज्दै हिँड्नु; सम्भोगको चाहनाले यताउति लर्खरिनु।
37499 डुँडाउनु अ.क्रि. २. भित्रको छटपटी वा उकुसमुकुसले कराउँदै हिँड्नु।
37500 डुँडुलो ना. १.हेय वा निन्दाको अर्थमा हत्केलो; हर्थुङ्गो।