Dictionary

All Word

37751 ड्वाम्म क्रि.वि. तिखो आवाज आउने गरी पछारिएर;मुड्कीले हिर्काएको जस्तो आवाज आउने गरी।
37752 देवनागरी वर्णमालाको व्यञ्जनवर्णको चौघौँ वर्ण, मूर्धन्य, ताडित, स्पर्शी, सघोष, महाप्राण व्यञ्जनवर्ण, टवर्गको चौथो वर्ण वा अक्षर लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न कुकुरपुच्छे ढ |
37753 ढँटवारे ना. हे. ढँटुवारे।
37754 ढँटुवा वि. बोलेको कुरा पूरा नगर्ने, ढाँट्ने स्वभावको, फटाहा।
37755 ढँटुवा वि. स्त्री. ढँटुवी।
37756 ढँटुवारे ना. १. मारुनी नाचमा मारुनीको अघिपछि लागेर चेपारो घस्तै नाच्ने पात्र, विदूषक, भाँड, ढँटवारे।
37757 ढँटुवारे ना. २. सो पात्रले गाउने गी।
37758 ढँटुवारे ना. वि. ३. ढाँट्ने स्वभावको।
37759 ढँड्यान ना. १. धेरै ढुड्गा भएको, पानी नअड्ने वा उब्जाउ नहुने जग्गा।
37760 ढँड्यान ना. २. ढाँड परेको ठाउँ वा जग्गा।
37761 ढक ना. पाउ, किलो, धार्नी, मन आदि जोख्ने सरकारी छाप लागेको फलामे वा पित्तले साधन।
37762 ढकढक क्रि.वि. ढोका, काठ, टिन आदिमा ठोक्दा आवाज आउने चालमा।
37763 ढकढक्याइ ढकढक्याउने क्रिया वा प्रक्रिया |
37764 ढकढक्याइनु क.क्रि. ढकढक गरी हल्लाइनु, ढकढक आवाज आउने पारिनु।
37765 ढकढक्याउनु स.क्रि. १. ढकढक आवाज आउने गरी ढोकामा हिर्काउनु।
37766 ढकढक्याउनु स.क्रि. २. अन्नपात धेरै अटाउनका निम्ति भाँडामा ढकढक आवाज आउने गरी हल्लाउनु।
37767 ढकना ना. डेक्ची, आरी, तपेस आदिको मुख ढाक्ने साधन; छपनी; बिर्को।
37768 ढकनी ना. १. सानो ढकना सानो बिर्को।
37769 ढकनी ना. २. मुख ढाक्ने लुगा।
37770 ढकने ना. चामल घिउमा भुटेर दुधमा पकाई चिनीसमेत हालेर तयार पारिएको स्वादिष्ट खानेकुरा।
37771 ढकमक्क क्रि.वि. १. वन, बगैँचा आदिमा प्रशस्त फूल फुल्ने गरी।
37772 ढकमक्क क्रि.वि. २. बादल, कुहिरो, छाया आदिले राम्ररी ढाकेर।
37773 ढकाइ ना. ढाक्ने काम वा किसिम।
37774 ढकाइनु क.क्रि. ढाक्न लाइनु।
37775 ढकाउनु प्रे.क्रि ढाक्ने पार्नु, छोपाउनु, फैलाउनु।
37776 ढकायो ना. डाँठका टुप्पामा प्रायः तीनवटा पात हुने, पहेँला घोगादार फूल फुल्ने बुटीविशेष।
37777 ढकार ना. ढ' अक्षर, टवर्गको तेस्रो वर्ण।
37778 ढकिया ना. सानो ढक्की।
37779 ढक्क क्रि.वि. अत्यास वा डरले सिरिङ्ग भएर जिउ फुल्ने गरी मुटु उफ्रेर बन्द हुन खोज्ने चालले।
37780 ढक्कन ना. १. झ्याल, ढोका आदि लाउने वा बन्द गर्ने काम।
37781 ढक्कन ना. २. कुनै वस्तु ढाक्ने साधन, ढकना।
37782 ढक्का ना. ठोकेर बजाइने ठुलो ढोल, नगरा, दमाहा।
37783 ढक्कारी ना. दुर्गाको एक रूप तारा।
37784 ढक्की ना. चोया आदिले बुनेको, फलफूल, सुखा खानेकुरा आदि हाल्ने खुला मुख भएको थालजस्तो भाँडो।
37785 ढङ्ग ना. १. कुनै काम गर्ने पद्धति, शैली, सिप तथा ढाँचा वा छाँट।
37786 ढङ्ग ना. २. कसैमा हुने असल वा खराब स्वभाव; बानीबेहोरा।
37787 ढङ्ग ना. ३. कुनै विषयवस्तुको किसिम वा प्रकार।
37788 ढङ्गमरु वि. ढङ्ग नभएको (व्यक्ति)।
37789 ढङ्गरङ्ग ना. काम गराइको सिप र छाँट, ढाँचाकाँचा, चालामाला, रङ्गढङ्ग।
37790 ढडिया ना. नदीनाला आदिमा माछा समात्ने वा थाने काममा प्रयोग गरिने, बाँसका कप्टेराले बनाइएको, माछा पसेपछि निस्कन नसक्ने सोलीजस्तो पासो वा खोर, एक किसिमको जुँगा।
37791 ढडेन / ढड्यान ना. १. काँस, खर आदि घाँस उम्रेको बाँझो जग्गा।
37792 ढडेन / ढड्यान ना. २. ढड्डी नै ढड्डी भएको जग्गा।
37793 ढड्डा ना. अड्डाखानामा लगत मोठ आदि राख्ने वा दुकानहरूमा हरहिसाब राख्ने ठुलो बहीखाता।
37794 ढड्डी ना. काँसका जस्ता लामा लामा पात हुने, कल्कीदार राता फूल फुल्ने एक किसिमको घाँस, एक किसिमको ठुलो घाँस।
37795 ढड्डु वि. निकै अग्लो र मोटोघाटो, ठुलो जिउडालको।
37796 ढड्नेसो ना. ढाडको हाड।
37797 ढड्याइ ना. ढाडिने क्रिया वा प्रक्रिया [ढड्याउ+आइ] २. ढड्याउने क्रिया वा प्रक्रिया।
37798 ढड्याइनु क.क्रि. १. धरपकड गरिनु।
37799 ढड्याइनु क.क्रि. २. ढाडिने गराइनु।
37800 ढड्याउनु स.क्रि १. लुगा, गेडागुडी आदि पानीमा हालेर ढाडिने गराउनु, भिजाउनु वा फुलाउनु।