Dictionary

All Word

37901 ढाकर ना. १. मालसामान हालेर बोकिने चोयाले बुनेको एक प्रकारको ठुलो थेप्चो डोको।
37902 ढाकर ना. २. रुवा, सुर्ती आदि बोराबन्दी गरिएको ठुलो भारी वा गाँठ।
37903 ढाका ना. १. कार्बोपी भरेको जस्तो रङ्गीबिरङ्गी बुट्टा हुने, पहिले ढाका सहरमा बन्ने गरेकाले त्यसै नामबाट प्रसिद्ध दामी कपड़ा।
37904 ढाका ना. २. बङ्गलादेशको राजधानी।
37905 ढाका ना. ३. तेहथुम, पाल्पातिर तानमा विभिन्न रङ्गको प्रसिद्ध कपडा।
37906 ढाका ना. वि. ४. ढाकाको कपडाबाट बनाइएको वा तयार पारिएको (ढाका टोपी, ढाका पछ्‌यौरा वा खास्टो, ढाका चोलो इ.)।
37907 ढाकिनु क.क्रि. ढाक्ने काम गरिनु।
37908 ढाक्रे ना. १. ढाकर बोकेर हिँड्ने व्यक्ति; भरिया।
37909 ढाक्रे ना. २. ठेकीभेटी बुझाई बस्ने थरी र सुब्बाका रैती।
37910 ढाक्रे ना. वि. ३. जागिर नभएको वा नखाएको सेवाबाट मुक्।
37911 ढाक्रे डोको ना. साना आँखा, बाक्लो कापा भएको, मसिनु चोयाले खिपेर बुनेको, बोक्न सजिलो खालको डोको।
37912 ढाट ना. १. सवारी साधनलाई रोकी कर असुल्न वा जाँचबुझ गर्न बाटाघाटामा लगाइएको काठ वा बाँसको तगारो, अवरोध।
37913 ढाट ना. २. नगरपालिका आदिले निषेध गरेको क्षेत्रमा गाईबस्तु छोडिए तिनलाई पक्री थुनेर राख्ने ठाउँ, कान्जी हाउस।
37914 ढाड ना. शरीरको कम्मरपछाडिको भाग, पिठिउँ मेरुदण्ड।
37915 ढाडस ना. १. कसैलाई दुःख पर्दा वा त्यस व्यक्तिको साहस बढाउनाका निम्ति दिइने धैर्य, सान्त्वना वा आश्वासन।
37916 ढाडस ना. २. कुनै कामकुरामा अरूलाई दिइने आडभरोसा, आश्रय।
37917 ढाडिनु अ.क्रि. १. कागत, काठजस्ता वस्तु र बिरौला वा दाना भएका खाद्य पदार्थ आदि पानी वा ओसमा परेर फुल्नु, भिज्नु।
37918 ढाडिनु अ.क्रि. २. खानपिन वा वायुका विकारले पेट फुल्नु, ढुस्सिनु।
37919 ढाडिनु अ.क्रि. 3 गलगिद्द हुने गरी खानु, त्यसरी खाँदा अपच भई पेट उकुसमुकुस हुनु।
37920 ढाडिनु अ.क्रि. ४. पानी पर्लाजस्तो भएर पनि नपर्नु।
37921 ढाडिनु अ.क्रि. ५. गर्भ लिनु, पेट बोक्नु।
37922 ढlडी वि. १. ठुलो (जुम्रो, किर्नु आदि)।
37923 ढlडी वि. २. ठुलो ढाड भएको, ढड्डु, मोटो, हृष्टपुष्ट।
37924 ढlडी वि. ३ सम्पन्न, धनी, ठालु।
37925 ढlडे वि. १. ठुलो ढाड भएको, ढड्डु, मोटो।
37926 ढlडे वि. ना. २. भाले बिरालो, ठुलो बिरालो।
37927 ढाप्नु अ. क्र. धेरै ठाउँ लिनु, ओगट्नु, चाप्नु, ढाक्नु।
37928 ढाप ना. पानी नसुक्ने खालको जमिन, थलथले सिम, धाप।
37929 ढापिनु क.क्रि. ढाकिन, ओगटिनु।
37930 ढामरा ना. हाँसको पोथी, पोथी हाँस।
37931 ढाल्नु स.क्रि. १. ठडिएको कुनै वस्तुलाई लडाउनु, ढलाउनु वा पल्टाउनु।
37932 ढाल्नु स.क्रि. २ युद्ध, प्रतिस्पर्धा आदिमा शत्रु वा विपक्षीलाई परास्त गर्नु, हराउनु।
37933 ढाल्नु स.क्रि. ३. कसैको मनोभावनालाई कुनै निश्चित सिद्धान्त वा विचारमा परिणत गर्नु।
37934 ढाल्नु स.क्रि. ४. धातु, सिमेन्ट आदि पगालेर वा घोलेर साँचोमा हाली विभिन्न किसिमका वस्तु बनाउनु।
37935 ढाल ना. १. युद्धमा हतियारहरूको चोट रोक्नाका लागि छातीमा भिरिने गैँडाको छाला वा फलामको थालका आकारको साहो, बलियो एक उपकरण।
37936 ढाल ना. २. परिवार नियोजनका निम्ति पुरुषेन्द्रियमा खोलका रूपमा प्रयोग गरिने एक प्रकारको अस्थायी साधनको नाम कन्डम।
37937 ढालबन्द ना. आफ्नी विवाहिता स्वास्नीलाई अरूले करणी गरेको थाहा पाएर पनि जार हान्न वा उसको नाक काट्न नसक्ने मानिस।
37938 ढालिनु क.क्रि ढाल्न लाइनु, लडाइनु।
37939 ढाली ना. छातीमा ढाल धारण गर्ने सैनिक, ढाल भिर्ने योद्धा।
37940 ढालू वि. पानी बग्ने किसिमको थोरै भिरालो वा ओरालो, ढलुवा (जग्गा, निकास आदि)।
37941 ढाले कटुस ना. केही ठुलो र खैरो रङ्ग हुने एक जातको कटुस, ढाल्ने कटुस।
37942 ढिँड ना. पानीको ढल निकास आदिको रखवाली गर्ने कर्मचारी।
37943 ढिँडी ना. नभाँचिएको खोर्सानीको कोसो सिङ्गो खोर्सानी।
37944 ढिँडे वि. १. ढिंडो खाएर जीविका चलाउने।
37945 ढिँडे वि. २. असभ्य, गँवार, मूर्ख।
37946 ढिँडे वि. ३. मोटो र लामो।
37947 ढिँडे खोर्सानी ना. मोटो र लामो खालको खोर्सानी।
37948 ढिँडो ना. पानी उमालेर मकै, कोदो आदिको पिठो हाली पन्युँले बेसरी चलाएर पकाइएको खानेकुरो।
37949 ढिँड्याहा वि. एकोहोरो किसिमले आफ्नै जिद्दीमा लागिरहने, मुँज्याहा।
37950 ढिक वि. १. जिउडाल ठुलो र मोटोघाटो भए तापनि बेकम्माको कामकाज नगर्ने।