Dictionary

All Word

37951 ढिक वि. ना. २. ढिस्को, थुम्को।
37952 ढिक ना. पसलमा तेर्सो पारेर छिराई लगाइने ढोका वा कोटा, भयाल वा ढोकामा जडिएको ठुलो कपाट, द्वार, ठुलो ठेला।
37953 ढिकी ना. प्वाल पारेका दुइटा खाँबा गाडी त्यसका बिचमा आग्लो हाली अड्याएर तेर्स्याइएको छ फिटजति लामो र अगाडि ( टाउका ) पट्टि एक फिटजति वर मुस्ली जोडिएको तथा पछाडि ( पुच्छर ) पट्टि एक फिटजति छोडिएको भागमा उभिएर खुट्टाले थिचेर उचाल्दै, छोड्दै गरी धान, चिउरा आदि अन्न कुट्ने काठको चारपाटे यन्त्रविशेष।
37954 ढिकीच्याउँ ना. १. लामा मसिना बागाटिङ्गा आठवटा खुट्टा हुने माकुराको ढाँचाको कालो किरो।
37955 ढिकीच्याउँ ना. वि. २. लयाङबऱ्याड चालले काम गर्ने, लोसे (मानिस)।
37956 ढिकीच्याउँ ना. ३. लेच्याएर हिँड्ने (मानिस); खोरन्डो।
37957 ढिकुरी ना. १. धान राख्ने भकारी।
37958 ढिकुरी ना. २. ढुकुटी।
37959 ढिकुरी ना. ढिकुरोको लघु रूप, सानो ढिकुरो।
37960 ढिकुरी ना. ( उदा.- बिचरी बुढियाको ढिकुरी उठाउने पनि कोही भएनन् )।
37961 ढिकुरो ना. १. प्रेतक्रियाका निम्ति दश दिनसम्म पिण्ड दिइने वेदी; अन्त्येष्टिस्थल।
37962 ढिकुरो ना. २. माटाको ढिस्को ढिस्कुरो।
37963 ढिकुरो ना. ३. थकालीको एक किसिमको व्यापारिक प्रथा।
37964 ढिकुवा ना. कोलमा रहने, बियाका टुप्पाबाट कात्रीमा जोडिने काठ।
37965 ढिके वि. ढिको भएको, ढिको हुने।
37966 ढिके नुन ना. ढिकाढिका परेको एक जातको नुन।
37967 ढिके पर्वत ना. वरिपरि खाल्टाखुल्टी भई ढिकाढिकाजस्तो परेको देखिने पहाड।
37968 ढिकेरी ना. १. ढिकी रहने सानो कटेरो, ढिकीकटेरो।
37969 ढिकेरी ना. २. धान कुट्ने ठाउँ, ढिकडी।
37970 ढिको ना. धुलो नभएको वा नफोरिएको डल्लो, ठुलो डल्लो ढोल।
37971 ढिगुर ना. बर्सेनि सदस्यहरूले तोकिएको रकम बुझाउने र खरखाँचो भएको बेला त्यसबाट आफ्नो काम चलाउने, थकाली जातिमा प्रचलित एक किसिमको साझा संस्था वा सङ्गठन।
37972 ढिङ ना. भगनासिका, योनिगुटिका, टिसी।
37973 ढिठो ना. बोल्नमा सिपालु वा धक, लाज, सङ्कोच आदि नमान्ने; पुक्खलो।
37974 ढिपी ना. हुने वा नहुने कुनै कुरामा बारम्बार गरिने जो सितको आग्रह एकोहोऱ्याइँ, हठ; जिद्दी।
37975 ढिपीवाल वि. ढिपी गर्ने, हठी; जिद्दीवाल।
37976 ढिब्री ना. मटीतेलको बत्ती बाल्ने धातु वा माटाको सानो भाँडो कुपी।
37977 ढिम्री ना. माझमा प्वालभित्र पेच भएको, डन्डीमा कस्ने चार वा छपाटे फलामको रिडदार चक्का।
37978 ढिम्री कस्नु टु. काममा जोतेर, मर्का पारेर वा पैसामा बेसरी कसेर दुःख दिनु।
37979 ढिलाइ ना. ढिलाउने भाव, क्रिया वा प्रक्रिया, बियाँलोपन।
37980 ढिलासुस्ती ना. कामकाज छिटोछरितो नगर्ने बानी; लोसे चाल।
37981 ढिलाइनु अ. क्र. कामकाजमा ढिलो होइन।
37982 ढिलाउनु अ.क्रि. १. कामकाज गर्दा ढिलो वा बियाँलो हुनु।
37983 ढिलाउनु अ.क्रि. २. काममा छिटोछरितो नभई सुस्त हुनु, जुम्सो हुनु।
37984 ढिलासुस्ती ना. गर्नुपर्ने कामकाज समयमा नभई ढिलो हुने चाल, ढिला र सुस्ती।
37985 ढिलो वि. १. बियाँलो गर्ने स्वभावको, साह्रै बिस्तारै काम गर्ने, जुम्सो।
37986 ढिलो वि. क्रि.वि. २. अबेर बियाँलो, सुस्ती।
37987 ढिल्याइँ ना. कामकाज गर्दा ढिलो हुने चाल, ढिलोपना।
37988 ढिल्याइ ना. ढिल्याउने भाव, क्रिया वा प्रक्रिया।
37989 ढिल्याइनु क. क्रि काममा ढिलो गरिनु।
37990 ढिल्याउनु स.क्रि. कामकाज गर्दा लाग्ने समयभन्दा विलम्ब वा ढिलो गर्नु, ढिलो पार्नु।
37991 ढिस्क / ढिस्को ना. सानो ढिस्को।
37992 ढिस्काढिस्की ना. सानाठुला धेरै ढिस्काको समूह।
37993 ढिस्कानाढिस्कनी ना. सानाठुला धेरै ढिस्कनाको समूह।
37994 ढिस्कान / ढिस्कानो ना. सर्व किटेर नदेखाइने कुनै व्यक्तिका सट्टामा आउने शब्द फलानो ढिकानो; अमुक।
37995 ढिस्कान / ढिस्कानो ना. स्त्री. ढिस्कानी।
37996 ढिस्कुरो ना. ससानो खालको ढिस्को।
37997 ढिस्को ना. माटो, ढुङ्गो आदिको अग्लो रास वा थुप्रो जमिनको सानो थुम्को।
37998 ढिस्सा ना. १. ठेलाइ, दबाइ।
37999 ढिस्सा ना. २. दलाली गरेर कुनै वस्तु प्रचलित भाउभन्दा सस्तोमा लिने काम।
38000 ढुड्नु स.क्रि. धुइँधुइँतीसित खोजी गर्नु, खुबसँ खोज्नु।