Dictionary

All Word

38051 ढुङ्गेन / ढुङ्ग्यान माटो ना. ढुङ्गा भएको वा ढुङ्गा मिसिएको, उब्जाउ कम हुने माटो।
38052 ढुड्गो ना. १. घर, बाटो, मूर्ति आदिको निर्माणकार्यमा उपयोग हुने, प्रायः घन आदि फलामे वस्तु वा स्फोटक पदार्थले मात्र फोर्न र छिना आदिले मात्र खोप्न सकिने साहो खँदिलो वस्तु पत्थर, शिला; पाषाण।
38053 ढुड्गो ना. २. देशको सिमाना छुट्ट्याउनका लागि गाडिने वा बनाइने ढुङ्गा आदिको चिनु, लोकिल।
38054 ढुड्गो ना. ३. राज्य (दिव्य.)।
38055 ढुङ्ग्री ना. कानका माझमा भित्रपट्टि लगाइने जड़ाउदार वा बुट्टे गहनाविशेष।
38056 ढुङ्ग्री ना. २. सानो ढुङ्ग्रो।
38057 ढुङ्ग्री ना. ३. आगो फुक्न प्रयोग गरिने ढुङ्ग्रो, लोहोरी।
38058 ढुङ्ग्री प्वाँख ना. मित्रपट्टि खोक्रो भएको बाँस, पाता, काठ आदिको नलीजस्तो वस्तु आगो फुक्ने नली।
38059 ढुङ्ग्रो ना. ढुङ्ग्याउने क्रिया वा प्रक्रिया।
38060 ढुङ्ग्याइ क.क्रि. ढुङ्ग्याउने काम गरिनु।
38061 ढुङ्ग्याउनु स.क्रि. १. ढुङ्ग्रोजस्तो गराउनु।
38062 ढुङ्ग्याउनु स.क्रि. २. फुइँफाइँ गरेर पनि काम गर्न नसक्नु नेठ्नु।
38063 ढुट्यान ना. हे. दुटेन।
38064 ढुटी ना. ढुटोको लघु रूप।
38065 ढुटीमाटी ना. भएभरको (ढुटो र माटोपर्यन्तको अभिप्रायमा ) धनमालको नाश वा बरबादी, सर्वस्व सिरीखुरी।
38066 ढुटेन ना. धेरै ढुटो भएको स्थिति, छुट्यान।
38067 ढुटो ना. चामल केलाउँदा छानिएको मसिनु भुसको धुलो, मिहिन भुस।
38068 ढुडुङ ना. पश्चिम नेपालको दार्चुला जिल्लातिर प्रचलित, मृतकका नाउँमा धुमधामसँग गरिने एक प्रकारको श्राद्ध।
38069 ढुण्डन ना. खोज्ने काम; खोजी, अन्वेषण।
38070 ढुण्डिराज ना. शिवपुत्र, गणेश।
38071 दुनमुन क्रि.वि. १. भाउन्न भएर लड्न खोज्ने गरी, रिंगटाले घुमाएर वा हुत्तिएर।
38072 दुनमुन क्रि.वि. २. नशा आदिले धन्यधुरुङ गरी।
38073 दुनमुन क्रि.वि. ३. सोचविचार आदिमा अस्थिरता आएर।
38074 दुनमुन क्रि.वि. ना. ४. घुमाउने, रिंगाउने, लरबरिने वा लकपकिने चाल।
38075 ढुनमुनाइ ना. दुनमुनाउने क्रिया वा प्रक्रिया।
38076 ढुनमुनाइनु अ.क्रि. दुनमुनाउने होइन।
38077 ढुनमुनाउनु अ.क्रि. . हे. दुनमुनिनु।
38078 ढुनमुनिनु अ.क्रि. रिंगटा लागेर वा बेहोस भएर पछारिन खोज्नु, धऱ्याङमयङ हुनु, धरमराउनु।
38079 ढुनमुन्याइनु ना. दुनमुनिने काम वा किसिम।
38080 ढुनमुन्याइनु क.क्रि. दुनमुनिने पारिनु, बेहोस तुल्याइनु, धरमऱ्याइनु।
38081 ढुनमुन्याउनु स.क्रि. / प्रे. क्रि. १. दुनमुनिने गराउन, दुनमुन पार्नु।
38082 ढुनमुन्याउनु स.क्रि. / प्रे. क्रि. २. पिटेर अथवा लागु पदार्थ खुवाएर धरमर पार्नु, बेहोस तुल्याउनु, मूर्च्छा पार्नु।
38083 ढुनमुन्याहट ना. दुनमुनिने तथा दुनमुन्याउने अवस्था वा किसिम।
38084 ढुनुमुनु क्रि.वि. १. केटाकेटी रमाएर वरिपरि घुम्दै खेल्नेचाल।
38085 ढुनुमुनु क्रि.वि. २. रिंगटा वा बेहोसीले दुनमुनिने गरी दुनमुन।
38086 ढुर्र क्रि.वि. अपानवायु छोड्दा आवाज निस्कने किसिमले ढर्र |
38087 ढुलमुल क्रि.वि. १. कुनै मालसामान यताउति छरिने वा पोखिने गरी।
38088 ढुलमुल क्रि.वि. २. हल्लेर वा छचल्किन खोजेर।
38089 ढुवाइ ना. दुवाउने क्रिया वा प्रक्रिया।
38090 ढुवाइनु क.क्रि. दुवाउने काम गरिनु ओसारिनु।
38091 ढुवाउनु स.क्रि मालसामानहरू बोकाएर वा सवारीमा चलाएर एक ठाउँबाट अर्को ठाउँमा पुऱ्याउनु ओसार्नु।
38092 ढुवानी ना. मालसामानहरू एक ठाउँबाट अर्को ठाउँमा ओसार्ने काम दुवाउने काम।
38093 ढुवानी ना. २. दुवाउँदा लाग्ने ज्याला धुलदाम।
38094 ढुवानी खर्च ना. ढुवानीका निम्ति हुने व्यय परिवहन खर्च।
38095 ढुसमुन्टो ना. निद्रा वा उङ लागेर निहुरिएको मुन्टो (उदा.- आठै नबजी दुसमुन्टो लगाउनेले कसरी पढ्लान् !)।
38096 ढुसी ना. चिसो वा ओस लाग्ने ठाउँमा कुनै वस्तु सडेर उम्रने सेतो भुवा वास ढुँडी।
38097 ढुसीकिरो ना. . ढुसी परेका ठाउँमा उब्जने, रुगरुग हिँड्ने सेतो किरोविशेष।
38098 ढुस्स क्रि.वि. चिसो हावा र फोहर खानेकुराले पेट आदि फुल्ने वा सुनिने भएर।
38099 ढुस्स क्रि.वि. २. मुड्कीले हान्दा शब्द आउने गरी घुस्स।
38100 ढुस्सा ना. मुक्काको हनाइ, मुड्की, घुस्सा।