Dictionary

All Word

38151 ढोके चकटी ना. टेकेको फोहरमैला पुछ्नका लागि ढोकामा राखिने सानो चारपाटे चकटी।
38152 ढोको ना. १. घरको भित्र, बाहिर गर्ने वा कोठाभित्र प्रवेश गर्ने द्वार, दैलो।
38153 ढोको ना. २. महल वा दरबारको द्वार।
38154 ढोको ना. ३. विशिष्ट व्यक्तिहरूको स्वागतका निम्ति वा कुनै उत्सव, समारोहमा सुसज्जित पारेर बनाइने तोरणद्वार।
38155 ढोको ना. ४. सहरमा पस्ने र निस्कने ठाउँमा बनाइएको द्वार, गोपुर।
38156 ढोक्से ना. अनाज हाल्ने काममा उपयोग हुने, चोयाले बुनेको घ्याम्पाका आकारको ठुलो भाँडो।
38157 ढोग्नु स.क्रि. शिरले देवता वा पूज्य जनका पाउमा छुनु दण्डवत् गर्नु।
38158 ढोग्नु स.क्रि. २. प्रणाम गर्नु, नमस्कार गर्नु।
38159 ढोग ना. १. ढोग्ने काम, दण्डवत्।
38160 ढोग ना. २. प्रणाम नमस्कार।
38161 ढोग ना. ३. ढोगभेट गर्दा देवता वा पूज्य जनलाई चढाइने भेटी वा उपहार।
38162 ढोगभेट ना. परस्परमा ढोग्ने र भेट्ने काम।
38163 ढोगाइ ना. ढोग्ने क्रिया वा प्रक्रिया।
38164 ढोगाइनु क.क्रि. ढोग्न लगाइनु।
38165 ढोगाउनी ना. ढोग्दा दिइने पुरस्कार वा उपहार।
38166 ढोगाउनु ना. ढोग्न लाउनु प्रणाम गराउनु।
38167 ढोगाउनु ना. ढोगाइ।
38168 ढोड ना. ढोंग, आडम्बर, स्वाङ।
38169 ढोडी वि. ढोड गर्ने, ढोंगी।
38170 ढोड ना. मकै, जुनेलो आदिको बोट।
38171 ढोडनसो ना. कुर्कुच्चादेखि माथि देखिने मोटो नसो।
38172 ढोडनाके वि. ठुलो- लामो नाक भएको घोरनाके।
38173 ढोडे वि. ढोडको ढोडजस्तो।
38174 ढोडे उखु ना. आँख्ला मोटो, रस कम्ती र ढोड साह्रो हुने एक जातको उखु।
38175 ढोडे उनिउँ / उन्यु ना. ठुला ठुला डाँठ हुने र डाँठको कलम बन्ने एक जातको उनिउँ।
38176 ढोडे बन्सो ना. ठुलठुला लामा डाँठ हुने एक जातको बन्सो, घोडेदुबो।
38177 ढोयो ना. १. आफूले मानिने मानिसलाई थोरै कोसेली दिएर उसबाट ठुलो कुराको आशा राखी लिइने चिज।
38178 ढोयो ना. २. बन्धक।
38179 ढोर ना. गाई, गोरु, भैंसी आदि बस्तुभाउ।
38180 ढोरबाराही ना. तनहुँ जिल्लाको खैरेनीटारको पश्चिमपट्टि सेती नदीका किनारमा स्थित बाराही देवीको मन्दिर।
38181 ढोल्नु स.क्रि पानी, अन्न आदि थुप्रै पोख्नु, खत्त्याउनु।
38182 ढोल ना. काठको ढुङ्ग्रामा दुवैतिर छालाले मोहरिएको मृदङ्गका छाँटको ठुलो तालबाजा।
38183 ढोलक ना. पहाडतिर भजनमा र तराईतिर लोकनृत्य, गीत आदिमा विशेष रूपले बजाइने ढोलखलकको मझौला खालको तालबाजा।
38184 ढोलकी ना. दायाँपट्टि गजाले र बायाँपट्टि हातले धाप दिएर बजाइने पन्चैबाजा तथा नौमती बाजामा प्रयुक्त हुने तालबाजा; सानो ढोलक।
38185 ढोलाइ ना. ढोल्ने भाव, क्रिया वा प्रक्रिया।
38186 ढोलाइनु क.क्रि. ढोल्न लाइनु, पोखाइनु।
38187 ढोलाउनु प्रे. क्रि. ढोल्न लाउनु, पोखाउनु।
38188 ढोगाढोग ना. परस्परमा एकले अर्कालाई ढोग्ने काम।
38189 ढोलिनु अ. क्रि. ढोल्ने काम होइन, पोखिनु, खत्तिनु।
38190 ढोली ना. ढोल भिर्ने र बजाउने मानिस, दमाईं।
38191 ढोली ना. दुई सयवटा पानका पात बाँधिएको मुठो।
38192 ढोले वि. १. ढोलजस्तो ठुलो।
38193 ढोले वि. ना. २. ढोल बजाउने व्यक्ति, ढोली।
38194 ढोले वि. ३. शरीर सबै कालो हुने एक जातको जङ्गली कौवा, डुमका।
38195 ढोले कुम्लो ना. ढोलजस्तो मोटो, चाक्लो कुम्लो, ठुलो कुम्लो।
38196 ढोले कुम्लो ना. भौंतारिने काम।
38197 ढोसे वि. मोटो र चाक्लो, ढोसो।
38198 ढोसे रोटो ना. ठुलो र चाक्लो बाक्लो रोटी।
38199 ढोसो वि. १. मोटो तथा चाक्लोबाक्लो, ढ्याब्रो, ढोसे।
38200 ढोसो वि. ना. २. मास आदिको बाक्लो रोटी।