Dictionary

All Word

38301 तखता / तख्ता ना. २. केही सामान राख्नका लागि भित्तामा फल्याक ठोकेर बनाइएको एक प्रकारको दराज।
38302 तखता / तख्ता ना. ३. फूल रोपिएको पाटादार ड्याङ।
38303 तग्नु १ अ.क्रि. १. बुढ्याइँ, कडा बिमारी आदिका अवस्थामा पनि बाँच्न सक्नु; शरीरमा टिक्ने वा अड्ने शक्ति हुनु।
38304 तग्नु १ अ.क्रि. २. अरूका भनाइ, बुहार्तन आदि खपेर बस्नु; कष्ट, कहर सहनु ।
38305 तग्नु २ स.क्रि. तग हालेर वा अस्तरसमेत गरी सिउनु; दुई तह कपडाका बिचमा रुवा हाली सो रुवालाई समेत खुटी बुट्टा पारी (कपडा, दोलाईं, सिरक, खास्टो आदि) सिउनु।
38306 तग ना. दुई तह कपडाको माझमा रुवो वा अस्तर हालेर कोठा कोठा पारी सिइने खास्टो, सिरक, दोलाईं आदि लुगाको सिलाइ।
38307 तगडा वि. १. मनग्य तागत भएको; बलियो; दह्रो।
38308 तगडा वि. २. रोग नभएको वा राम्ररी तङ्ग्रिएको; तन्दुरुस्त; ताजा।
38309 तगण ना. छन्दशास्त्रका नियमअनुसार दुई गुरु र एक लघु हुने गण (SSI)।
38310 तगदिर ना. हे. तकदिर।
38311 तगर ना. अम्बाका जस्ता ससाना पात हुने, हल्का बास्ना आउने, सेतो गोलाकार फूल फुल्ने पितृकार्यका लागि आवश्यक ठानिने फूल।
38312 तगाइ ना. १. तग्ने काम वा किसिम; एक प्रकारको सिलाइ।
38313 तगाइ ना. २. तग्ने ( अड्ने) काम वा किसिम; टिकाइ।
38314 तगाइनु क.क्रि. १. टिकाइनु।
38315 तगाइनु क.क्रि. २. तग हालेर सिउन लाइनु।
38316 तगाउनु प्रे. क्रि. १. तग्न लाउनु; तग हालेर सिउन लाउनु।
38317 तगाउनु प्रे. क्रि. २. टिकाउनु।
38318 तगारी ना. तगाराको लघु रूप; सानो तगारो।
38319 तगारो ना. १. घर वा खेतीमा बस्तुभाउ नपसून् भनी मुख्य गौँडा वा आवतजावत गर्ने ठाउँमा पर्खाल, खाँबो आदिमा प्वाल पारी हालिएको काठ वा बाँसको तेर्सो बार।
38320 तगारो ना. २. गौँडा।
38321 तगुवा वि. तग हालेर सिइएको; तगेर सिइएको (दोलाईं, खास्टो, भादगाउँले टोपी आदि); रुईदारी।
38322 तङ १ ना. १. कुनै वस्तुको खात; तङ्ङी; चाङ।
38323 तङ २ क्रि.वि. १. दिक्क; हैरान।
38324 तङ २ क्रि.वि. वि. २. साँघुरो।
38325 तङ २ क्रि.वि. ना. ३. घोडामा काठी कस्ने पेटी।
38326 तङ्गिन १ ना. कुनै वस्तुको ठुलो खात; चाड; तङ्ङी; तङ्गिन।
38327 तङ्गिन वि. साह्रै गरिब; तन्नम; कङ्गाल; तङ्गिन ।
38328 तङ्गी ना. खात; चाङ; तङ।
38329 तङ्ग्रनु अ.क्रि. बिरामीलाई रोगले छाडेर सन्चो हुनु वा बल लाग्न थाल्नु; बिरामी निको भएर उठ्नु; तङ्ङ्रनु।
38330 तङ्ग्राइ ना. तङ्ग्रने क्रिया वा प्रक्रिया।
38331 तङ्ग्रिनु अ.क्रि. १. तङ्ग्रने काम गरिनु।
38332 तङ्ग्रिनु अ.क्रि. २. बिरामी, सुत्केरी आदि अलिअलि हिँड्न सक्ने हुनु।
38333 तङ्ङिन ना. हे. तङगिन १।
38334 तङ्ङिन वि. हे. तङगिन २।
38335 तङ्ङ्रनु अ.क्रि. हे. तङ्ग्रनु।
38336 तछाइ ना. ताछ्ने क्रिया वा प्रक्रिया।
38337 तछाइनु क.क्रि. ताछ्न लाइनु।
38338 तछाउनु प्रे. क्रि. ताछ्न लाउनु।
38339 तछान / तछानी ना. जङ्गलका रुखहरूको कटानीपछि ताछतुछ पार्ने काम।
38340 तछार्नु स.क्रि. १. काठ; लौरो आदि ताछ्नु; तिखार्नु।
38341 तछार्नु स.क्रि. २. लछारपाटो लाउनु; खुत्त्याउनु।
38342 तछार ना. तछार्ने काम।
38343 तछाराइ ना. तछार्ने क्रिया वा प्रक्रिया।
38344 तछारिनु क.क्रि. तछार्ने काम गरिनु; ताछिनु।
38345 तछिने वि. ताछ्न हुने, ताछ्न मिल्ने वा ताछ्न लायक (काठपात आदि)।
38346 तछुवा वि. १. ताछिएको (काठ आदि)।
38347 तछुवा वि. ना. २. हे. खसिपा।
38348 तजबिज ना. १. कुनै कामकुराको इन्तिजाम; बन्दोबस्।
38349 तजबिज ना. २. मुद्दामा अदालतबाट गरिने निर्णय; फैसला।
38350 तजबिज ना. ३. निर्णयात्मक कुरामा दिइने राय; सम्मति।