Dictionary

All Word

38401 तड्पिनु अ. क्र तड्पने काम हुनु; तड्पनु।
38402 तड्फडाइ ना. तड्फडिने क्रिया वा प्रक्रिया।
38403 तड्फडाइनु अ.क्रि. तड्फडाउने होइन।
38404 तड्फडाउनु अ.क्रि. शारीरिक चोट; मानसिक वेदना; पश्चात्ताप आदिले दुखित हुनु; छटपटाउनु।
38405 तत् ना. १. ब्रह्म।
38406 तत् ना. २. वायु।
38407 तत् ना. सर्व ३. प्रथम पुरुषको एकवचन जनाउने शब्द; त्यो; ऊ (जस्तै तत्सम्बन्धी, तत्काल, तत्सदृश, तत्क्षण इ.)।
38408 तत वि. १. फैलिएको; विस्तृ।
38409 तत वि. २. ढाकिएको।
38410 तत वि. ना ३. तार रेटेर बजाइने बाजा (सारङ्गी, सितार आदि)।
38411 ततर्को ना. फतफताउने काम; झर्कोफर्को।
38412 ततर्को फतर्को/भतर्को ना. झर्को मानेर वा गुत्थिएर फतफताउने काम; झर्कोफर्को।
38413 तताइ ना. १. तात्ने भाव, क्रिया वा प्रक्रिया।
38414 तताइ ना. [तताउ + आइ] २. तताउने भाव क्रिया वा प्रक्रिया।
38415 तताइनु क.क्रि. तात्ने काम गराइनु; तातो पारिनु।
38416 तताउनु प्रे. क्रि. १. कुनै पनि वस्तुलाई आँच वा रापको सहायताले तातो पार्नु; गरम तुल्याउनु।
38417 तताउनु प्रे. क्रि. २. आगो, तातो आदिमा सेकाउनु।
38418 तताउनु प्रे. क्रि. ३. कुनै कुरा वा कारणमा रिस उठाउनु; जङ्ग्याउनु।
38419 तताउनु प्रे. क्रि. ४. कुनै क्रियाकलापका निम्ति उत्तेजित पार्नु; प्रोत्साहित गर्नु; हौस्याउनु।
38420 ततिम्बा / ततिम्मा ना. पहिलेको बयानमा थप्तै गाँस्तै दोहोरो तेहरो सोधपुछ गरेर लिइएको बयान।
38421 तत्काल क्रि. वि. त्यसै बेला; त्यही समयमा; उत्तिखेर; तुरुन्त; लगत्तै।
38422 तत्कालीन वि. त्यसै बेलाको; उसै समयको; त्यतिखेरको।
38423 तत्क्षण क्रि. वि. त्यसै बेला; उही बखत; तत्काल।
38424 तत्तत् सर्व. त्यही त्यही; उही उही।
38425 तत्त्व ना. १. कुनै पनि वस्तुलाई अस्तित्वमा ल्याउने मूल कारण।
38426 तत्त्व ना. २. जगत् र सृष्टिका मूल कारण मानिने पञ्चमहाभूत (पृथ्वी, जल, तेज, वायु र आकाश )।
38427 तत्त्व ना. ३. वास्तविक स्थिति वा यथार्थ कुरा।
38428 तत्त्व ना. ४. महत्त्वपूर्ण अंश; सार वस्तु; सारांश।
38429 तत्त्व ना. ५. आधुनिक रसायनशास्त्रका अनुसार अर्को पदार्थसँग बिलकुलै अमिश्रित वा विशुद्ध कुनै पदार्।
38430 तत्त्व ना. ६. परमात्मा; परब्रह्म।
38431 तत्त्वज्ञ वि. १. तत्त्व वा यथार्थ कुरा जान्ने तत्त्वज्ञानी; तत्त्ववेत्ता।
38432 तत्त्वज्ञ वि. २. ब्रह्मज्ञानी।
38433 तत्त्वज्ञ वि. ३. दार्शनिक।
38434 तत्त्वज्ञान ना. ब्रह्म, आत्मा र सृष्टिबारेको यथार्थ ज्ञान; मोक्ष प्राप्ति ज्ञान; ब्रह्मज्ञान।
38435 तत्त्वज्ञानी वि. तत्त्वज्ञान प्राप्त भएको (व्यक्ति); ब्रह्मज्ञानी।
38436 तत्त्वतः अव्य. यथार्थ रूपमा साँच्चिकै किसिमले।
38437 तत्त्वदर्शी वि. वास्तविकताको बोध हुने; तत्त्वज्ञानी।
38438 तत्त्वदृष्टि वि. तत्त्वज्ञान प्राप्त गर्ने दृष्टि।
38439 तत्त्वनिष्ठ वि. आफ्नो सिद्धान्तमा अटल रहने।
38440 तत्त्वमीमांसा ना. आध्यात्मिक, आधिदैविक कुराको विवेचना भएको शास्त्र; तत्त्वविद्याको चर्चा भएको दर्शनशास्त्र; अध्यात्मविद्या।
38441 तत्त्वविद् वि. तत्त्वको ज्ञान हुने; तत्त्वज्ञ।
38442 तत्त्ववेत्ता वि. दार्शनिक; तत्त्वज्ञ; तत्त्वविद्।
38443 तत्त्वाधान ना. कुनै कार्यक्रमसम्बन्धी आयोजना वा सञ्चालनको दायित्वपूर्ण निरीक्षण, रेखदेख वा हेरचाह।
38444 तत्पर वि. १. कुनै कामकुरा गर्न तयार भएको; तम्तयार; कटिबद्ध।
38445 तत्पर वि. २. काममा निपुण वा दक्ष।
38446 तत्परता ना. कुनै काम गर्न तयार हुने गुण वा स्थिति।
38447 तत्परायण वि. कुनै कामकुरामा मन लाउने वा एकाग्र हुने; तल्लीन।
38448 तत्पश्चात् संयो. त्यसपछि; तदनन्तर; तदुपरान्।
38449 तत्पुरुष ना. १. व्याकरणअनुसार पछिल्लो पद मुख्य हुने एक समास (जस्तै- कामलायक; डरछेरुवा; पानीघाट; भुईंफुट्टा; वनवास। )।
38450 तत्पुरुष ना. २. परमात्मा; ईश्वर।