Dictionary

All Word

38251 ढ्वाङवाङती/ढ्वाङवाङी क्रि.वि. अझ शीघ्रतापूर्वक ढ्वाङवाङ ढ्वाङपाथी-[ढ्वाङ+पाथी] ढलौटका पाथीका नापोमा मिल्ने गरी टिन आदिमा काटेर बनाइएको, सरकारी छाप वा मुद्रा अङ्कित नहुने, प्रायः गाउँघरमा प्रचलित साधारण किसिमको पाथी।
38252 ढ्वाङपाथी ढलौटका पाथीका नापोमा मिल्ने गरी टिन आदिमा काटेर बनाइएको, सरकारी छाप वा मुद्रा अङ्कित नहुने, प्रायः गाउँघरमा प्रचलित साधारण किसिमको पाथी।
38253 ढ्वाङ फूल ना. तरबारका ढाँचाका पात हुने, विभिन्न रङ र धतुराका जस्ता फूल फुल्ने, एक किसिमको सुगन्धराज।
38254 ढ्वाङ्ग/ढ्वाङ्ङ क्रि.वि. तिखो र मसिनु चालले कुनै वस्तु खसेको वा बज्रेको आवाज आउने गरी।
38255 ढ्वाम्म क्रि.वि. तिखो र मसिनु रूपमा ढ्याम्म आवाज हुने गरी।
38256 ढ्वारढ्वार क्रि.वि. अपानवायु छोड्दा लगातार ठुलो शब्द आउने किसिमसँग।
38257 ढ्वारढ्वारती / ढ्वारढ्वारी क्रि.वि. अझ छिटो ढ्वारढ्वार भएर।
38258 ढ्वार क्रि.वि. अलि बेर ठुलो शब्द निस्कने गरी अपानवायु छुटेर; त्यस्तो आवाज निस्कने चालसँग।
38259 ढ्वास क्रि.वि. केही ढेस्सिने वा ढेपिएर बस्ने किसिमले।
38260 १. देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये पन्ध्रौं व्यञ्जनवर्ण; परम्परागत रूपमा मूर्धन्य, स्पर्शी, सघोष, अल्पप्राण तथा अनुनासिक मानिएको तर नेपाली उच्चारणअनुसार 'अ' ठहरिने व्यञ्जनध्वनि; टवर्गको अन्तिम तथा पाँचौँ वर्ण वा ण अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; तीनधर्के राा (नेपाली लेखनमा )।
38261 २. नेपालीमा विभेदकता वा व्यतिरेक नभएको नासिक्य व्यञ्जन ( नेपाली उच्चारणमा)।
38262 ण।
38263 त १ देवनागरी वर्णमालाका व्यञ्जन वर्णमध्ये सोह्रौं व्यञ्जन; दन्त्य स्पर्शी, अघोष; अल्पप्राण व्यञ्जन ध्वनि; तवर्गको पहिलो वर्ण वा अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; कोदालीपाते त ।
38264 त २ निपा. कुनै शब्द वा वाक्यलाई जोड दिँदा तथा अरूका कुरामा सही थाप्दा प्रयोग हुने शब्द।
38265 त २ निपा. (उदा. - तपाईंले काटेको लख त ठ्याम्मै मिल्यो। काम गरे त बेसै हुन्थ्यो। मैले पनि त त्यसै भनेको थिएँ।)।
38266 तँ सर्व. द्वितीय पुरुष एकवचनमा प्रयोग हुने, तिमीभन्दा सानोलाई बुझाउने वा निम्न आदरार्थी शब्द (उदा. - ए रामु ! तँ कहाँ गएको थिइस् ? तँजस्ता यहाँ कति आए कति ! )।
38267 तँछाड कि मछाड / तँछाड मछाड ना. परस्परमा प्रतिस्पर्धापूर्वक लाग्ने वा उछिनपाछिन गर्ने काम; कुनै काम गर्दा भ्याईनभ्याई वा छोपाछोप हुने अवस्था।
38268 तँछाड कि मछाड / तँछाड मछाड ना. (उदा.- सबैले आफ्नै दुनु सोझ्याउन तँछाड मछाड गर्न थाले भने कसरी व्यवहार चल्छ ?)।
38269 तँतँ मम ना. व्यक्ति व्यक्तिका बिचमा हुने भनाभन; मानिस मानिसका बिचको झगडा।
38270 तँतँ र मम ना. तँतँमम।
38271 तः प्रत्य. शब्दका पछिल्तिर जोडिएर त्यस क्रममा, त्यसबाट, त्यसअनुसार आदि अर्थ जाहेर गर्ने एक प्रत्यय ( मूलतः, वस्तुतः, अन्ततः इ.)।
38272 तक्नु स.क्रि. तह हालेर दोलाईं; खास्टो; टोपी आदि सिउनु; तग्नु।
38273 तक ना. यो. कुनै कामकुरो वा विषयवस्तुको अवधि, खेप, टुङ्गो आदि जनाउने शब्द; सम्म; पर्यन्त; तलक।
38274 तक ना. यो. (उदा. - आमा आजतक रिसाउनुभएको थाहा छैन। उनले तलबतक पाएका छैनन्।)।
38275 तकदिर ना. भाग्य; प्रारब्ध; तगदिर।
38276 तकरार ना. कुनै दुई थरी मानिसका बिचको बाझाबाझ; भनावैरी; झगडा; खराब।
38277 तकरार जमिन ना. झगडा परेको वा झगडा पार्ने जग्गा।
38278 तकलिफ ना. अनावश्यक झन्झट, बढी परिश्रम, अर्काका निम्तिको खटाइ आदिबाट हुने कष्ट वा दुःख; हैरानी; ताप।
38279 तकाइ ना. १. तग हालेर सिउने काम वा किसिम।
38280 तकाइ ना. [√ताक् (+आइ)] २. ताक्ने काम वा किसिम।
38281 तकाइ ना. ३. लक्ष्य; उद्देश्य।
38282 तकाइनु क.क्रि. १. तग्ने काम गराइनु; तगाइनु।
38283 तकाइनु क.क्रि. २. ताक्न लाइनु; ताक्ने पारिनु।
38284 तकाउनु प्रे. क्रि. १. तगाउनु।
38285 तकाउनु प्रे. क्रि. २. ताक्न लाउनु; ताक्ने पार्नु।
38286 तकाजा / तकादा ना. ताकिता; जोड।
38287 तकार ना. त' वर्ण; तवर्गको पहिलो अक्षर ।
38288 तकिनु क.क्रि. तक्ने काम गरिनु; तगिनु।
38289 तकिया ना. कपडाको लाम्चो थैलोभित्र रुवा, भुवा आदि भरेर तयार पारिएको सिरान हालिने आड वा साधन; सिरानी।
38290 तकुवा वि. तगेको; तगुवा (दोलाईं, खास्टो, टोपी आदि)।
38291 तक्मा ना. सेवा, वीरता, विद्वत्ता आदिका क्षेत्रमा कुनै उल्लेखनीय काम गर्ने व्यक्तिलाई कदर वा प्रशंसा दर्साउन सरकार वा संस्थाबाट दिइने कुनै चिह्न अङ्कित मुद्राजस्तो आभूषण; पदक।
38292 तक्षक ना. १. रातो; पहेँलो र कालो रङ पेटारे परेर मिलेको, झन्डै एक मिटर लमाइ हुने, देख्ता साह्रै राम्रो तर ज्यादै विषालु सर्प; आठ नागमध्ये एक।
38293 तक्षक ना. २. सिकर्मी।
38294 तक्षण ना. ताछ्ने वा खुर्कने काम।
38295 तक्षणी ना. काठ ताछ्ने फलामे ज्यावल; बसिला।
38296 तक्षा ना. काठको काम गर्ने कालिगड; सिकर्मी।
38297 तखत १ ना. सजिलो व्यवस्था मिलेको ठाउँ; अनुकूल स्थान; पायक; पाही।
38298 तखत २ ना. १. राजाको गद्दी; राजसिंहासन।
38299 तखत २ ना. २. राज्य (दिव्योपदेश)।
38300 तखता / तख्ता ना. १. फल्याक; फलेक।