Dictionary

All Word

38201 ढौँटारिनु अ.क्रि काम न काज यताउति डुल्नु, भौंतारिनु, लखरिनु।
38202 ढौँटारो ना. काम न काजसितको डुलाइ।
38203 ढ्याक ना. दुई वा दुईभन्दा बढी पैसाको मूल्यको खास गरी तामाको सिक्का (जस्तो- दुईपैसे, चारपैसे, पाँचपैसे र दशपैसे ढ्याक )।
38204 ढ्याके वि. १. एक ढ्याक मूल्यको वा एक ढ्याक मोल पर्ने।
38205 ढ्याके वि. २. ढब्बु, ठुलो।
38206 ढ्याके ब्याज ना. महिनाको सयकडा दुई अर्थात् वर्षको सयकडा चौबिसका दरले लिनेदिने ब्याज।
38207 ढयाक्क क्रि.वि. ठुलो, गहुँगो वस्तु खस्ता वा ठक्कर खाँदा झैं आवाज निस्केर।
38208 ढ्याङढ्याङ क्रि.वि. कठबारजस्ता टिन, ढ्याङ्ग्रो आदिमा ठोक्ता आवाज निस्कने किसिमले।
38209 ढ्याङढ्याङ ढुङढुङ क्रि.वि. त्यसरी नै लगातार आवाज आउने चालमा।
38210 ढ्याङयाङती क्रि.वि. अझ शीघ्रतासाथ त्यस्तो आवाज आउने गरी।
38211 ढ्याङ्ग / ढ्याड्ड क्रि.वि. १. ठुलो, गहुँगो वस्तु बजारिँदा आवाज आउने गरी।
38212 ढ्याङ्ग / ढ्याड्ड क्रि.वि. २. मानिस वा वस्तु जोड\ पछारिँदा आवाज निस्के।
38213 ढ्याङ्ग / ढ्याड्ड क्रि.वि. ३. तोप, बन्दुक आदि पड्कँदाको शब्दका चालमा।
38214 ढ्याप्प क्रि.वि. १. झ्यालढोकाहरू पूरा लाग्ने गरी बन्द भएर।
38215 ढ्याप्प क्रि.वि. २ भाँडाकुँडा आदिमा बिर्को, ढकना आदि टम्म लगाउने गरी।
38216 ढ्याप्प क्रि.वि. ३. टाँसिने गरी ढेपिएर।
38217 ढ्याप्प क्रि.वि. ४. कुनै वस्तुलाई छोप्ने वा ढाक्ने गरेर, भवाप्प।
38218 ढ्याब्रो / ढ्याब्रे वि. नसुहाउँदो वा भद्दा किसिमको ठुलो, बेछाँटको बडेमाको ढब्बू, दयाम्रो।
38219 ढ्यामढुम क्रि.वि. १. झ्यालढोकाहरू एकदम थुन्ने गरी।
38220 ढ्यामढुम क्रि.वि. २. बन्दुक, तोप आदि पकाउँदा आवाज आउने किसिमले।
38221 ढ्यामदुम्म क्रि.वि. भयालढोकाहरू पूरा बन्दाबन्दी गरेर ढ्यामदुम।
38222 ढ्यामढ्याम क्रि.वि. १. भयालढोकाहरू लगालग लाग्ने।
38223 ढ्यामढ्याम क्रि.वि. २. बन्दुक, तोप आदि क्रमैले पड्कँदा आवाज निस्केर ढ्याङढ्याङ।
38224 ढ्यामढ्याम क्रि.वि. ३. एकपछि अर्को गर्दै पछारिने वा बजारिने चालमा।
38225 ढ्यामढ्याम क्रि.वि. ४. ड्यामड्याम।
38226 ढ्यामढ्यामती/ ढ्यामढ्यामी क्रि.वि. अझ छिटो ढ्यामढ्याम हुने वा गर्ने गरी।
38227 ढ्याम्म क्रि.वि. १. भयालाढोकाहरू एकाएक लाग्ने भएर ढ्याप्प।
38228 ढ्याम्म क्रि.वि. २. पिठ्यूँमा मुड्कीले हान्दाको शब्द आउने गरी।
38229 ढ्याम्म क्रि.वि. ३. तोप, बन्दुक आदि पकाउँदा आवाज आउने किसिमले दाङ।
38230 ढ्याम्म क्रि.वि. ४. पछारिने वा बजारिने चालसँग ड्याम्म।
38231 ढ्यासढ्यास क्रि.वि. क्रमशः ढेस्सिने वा ढेपिएर।
38232 ढ्यासढ्यास क्रि.वि. बस्ने किसिमले।
38233 ढ्यासढ्यासती क्रि.वि. अझ शीघ्रतापूर्वक त्यस्तो हुने वा गरिने भएर।
38234 ढ्यास्स क्रि.वि. ढेस्सिने वा ढेपिएर बस्ने गरी; थ्याच्च।
38235 ढ्वाँक वि. ज्यादै ठुलो; डँडाक; ढब्बु (ढ्वाँक छोरो, ढ्वाँक काँक्रो इ.)।
38236 ढ्वाँके वि. ढ्वाँक।
38237 ढ्वाइँढ्वाइँ क्रि.वि. एकनासले अपानवायु छुट्दा वा डकार आउँदा शब्द निस्कने गरी।
38238 ढ्वाँसे वि. डँडाक; ढ्वाँक।
38239 ढ्वाइँय क्रि.वि. अपानवायु छुट्ता अलि धेरै बेर आवाज आउने गरेर।
38240 ढ्वाकढ्वाक क्रि.वि. कुनै गहौं वस्तु लगालग खस्ता, ढोका आदिमा हिर्काउँदा र दुई थरी वस्तु ठक्कर लागिरहँदा आवाज आउने चालसँग।
38241 ढ्वाकढ्वाकी क्रि.वि. अझै छिटो ढ्वाकवाक हुने गरी।
38242 ढ्वाक्क क्रि.वि. १. गहौं वस्तु बिसाउँदा वा खस्ता आवाज आउने किसिमसँग।
38243 ढ्वाक्क क्रि.वि. २. ढोका आदिमा हिर्काउँदा र कुनै दुई वस्तु ठक्कर \ लाग्दा आवाज आए झैं।
38244 ढ्वाङ ना. १. तेल, मटीतेल आदि हालिने एक किसिमको टिन।
38245 ढ्वाङ ना. २. पानी हाल्ने ठुलो भाँडो।
38246 ढ्वाङ ना. ३. चिठी, मतपत्र आदि खसालिने भाँडो।
38247 ढ्वाङ ना. ४. धतुराको फूलजस्तो तर ठुलो देखिने ध्वनि विस्तारक यन्त्र।
38248 ढ्वाङ ना. वि. ५. साह्रै ठुलो; ढड्डु।
38249 ढ्वाङढ्वाङ क्रि.वि. कुनै साहो वस्तुमा लगातार हिर्काउँदा, भाँडा तथा तालबाजाहरू बजाउँदा र खुट्टा बजारेर हिँड्दा आवाज आउने किसिमसँग।
38250 ढ्वाङवाङ ढुङढुङ क्रि.वि. काठ, जस्ता, टिन आदिमा बराबर ठोक्ताको आवाज आएसरि।