Dictionary

All Word

38351 तजबिज ना. ४. विवेक; इच्छा; प्रबन्ध।
38352 तजबिज पत्र ना. अदालतबाट मुद्दाको किनारा लाउँदा गरिने फैसलाको काग।
38353 तजबिजी ना. तजबिजद्वारा हुने काम वा कुरो।
38354 तट ना. समुद्री किनार वा नदीको तीर; छेउ।
38355 तटबन्ध ना. सुरक्षा तथा उपयोगिताका निम्ति नदीको चौडाइ साँघुऱ्याउन त्यसको किनारामा उठाइएको पर्खाल; बाँध।
38356 तटवर्ती वि. १. समुद्री किनारमा रहेको।
38357 तटवर्ती वि. २. कुनै पक्षमा नलागेको वा नभिजेको।
38358 तटस्थ वि. १. तटमा अवस्थित; समुद्री किनारमा रहेको।
38359 तटस्थ वि. २. निकटमा रहने।
38360 तटस्थ वि. ३. कुनै गुटमा नलाग्ने वा कसैको पक्ष नलिने; मध्यस्थ; निष्पक्ष।
38361 तटस्य कण ना. पक्षविपक्ष केही नलिई बस्ने वा ऋणात्मकता धनात्मकता दुवैमा संलग्न नभएको वस्तु।
38362 तटस्थ क्षेत्र ना. कुनै शक्तिको निष्क्रिय हुने भाग वा कतैपट्टि पनि संलग्न नभएको क्षेत्र।
38363 तटस्य क्षेत्रता ना. १. तटस्थ हुने वा रहने अवस्था।
38364 तटस्य क्षेत्रता ना. २. कसैको पक्ष नलिने वा अचेलको राजनीतिअनुसार कुनै देशको युद्ध, झगडा आदिमा नअल्झी अलग्ग रहने काम वा स्थिति।
38365 तटस्थीकरण ना. १. कुनै देश वा स्थानलाई तटस्थ बनाउने वा तत्सम्बन्धी कुराको घोषणा गर्ने काम।
38366 तटस्थीकरण ना. २. प्रतिकूल गुण, शक्ति आदिद्वारा कुनै वस्तुको प्रभाव निष्क्रिय पार्ने काम।
38367 तटिनी ना. नदी; खोलो।
38368 तटी ना. नदी वा समुद्रको तट; किनार।
38369 तटीय वि. तटसम्बन्धी; समुद्री किनारको।
38370 तटीय मैदान ना. समुद्री किनारमा अवस्थित भूभाग।
38371 तडकभडक ना. औगातभन्दा बढाईचढाई देखाइने रोबरवाफ; नचाहिँदो वा नसुहाउँदो ठाँटबाँट।
38372 तडातड ना. १. तलाउ; ताल।
38373 तडातड ना. २. जङ्गली पशु फसाउन प्रयोग गरिने पासो।
38374 तडातड क्रि. वि. कतै नअडी फुर्तीसाथ हिँड्ने गरी; फटाफट।
38375 तडित् ना. १. आकाशमा चम्कने बिजुली; चट्याङ।
38376 तडित् ना. २. हिंसा।
38377 तडिद्गर्भ ना. बादल; मेघ।
38378 तडिल्लता ना. लहरा जस्तै टेढोमेढो भई धेरै रेखा बनेर आकाशमा चम्कने बिजुली।
38379 तडीतुमडी ना. जो भएको श्रीसम्पत्ति, झिटीमिटी आदि; सिरीखरी; सर्वस्व।
38380 तड्कनु अ.क्रि. १. कतै नअडी फुर्तीसाथ छिटो हिँड्नु; फटाफट हिँड्नु; तड्किनु।
38381 तड्कनु अ.क्रि. २. चड्का किसिमले वा गर्जेर बोल्नु।
38382 तङ्काइ ना. तड्कने क्रिया वा प्रक्रिया।
38383 तड्काइनु क.क्रि. कतै नअडाई फुर्तीसाथ हिँडाइनु।
38384 तड्काउनु प्रे. क्रि. कतै नअडाई फुर्तीसाथ हिँडाउनु।
38385 तड्का वि. १. साहो वा चर्को (हिँडाइ, चलाइ आदि)।
38386 तड्का वि. २. स्पष्ट (बोली)।
38387 तड्का वि. ३. चर्को; तीक्ष्ण (स्वाद)।
38388 तड्कातडकी ना. १. परस्परको फुर्तीसाथको हिँडाइ।
38389 तड्कातडकी ना. २. परस्परमा हुने भनाभन; बाझाबाझ; चर्काचर्की।
38390 तड्काबाजी ना. रिसाएर चर्को भनाभन गर्ने काम; बाझाबाझ।
38391 तड्कारै क्रि. वि. एकाबिहानै; सखारै; सबेरै।
38392 तड्कारो वि. तड्का वा चर्को स्वर भएको; खुलस्त स्पष्ट; टड्कारो (बोली)।
38393 तड्के वि. १. एक्लै फटाफट हिँड्ने बानी भएको; तड्कने।
38394 तड्के वि. २. अरूको रायमा पनि नमिल्ने र कसैको वास्ता पनि नगर्ने; एकोहोरो।
38395 तड्पनु अ.क्रि. १. अरूले लाएखाएको देखेर कल्पनु वा डाह उब्जनु।
38396 तड्पनु अ.क्रि. २. आफूले गरेका कामकुरामा चेतेपछि चुकचुकाउनु; पछुताउ गर्नु।
38397 तड्पनु अ.क्रि. ३. शारीरिक वा मानसिक वेदनाले व्याकुल हुनु; छटपटाउनु।
38398 तड्पाइ ना. तड्पने क्रिया वा प्रक्रिया।
38399 तड्पाइनु क.क्रि. तड्पन लाइनु।
38400 तड्पाउनु प्रे. क्रि. तड्पने गराउनु; कल्पाउनु।