Dictionary

All Word

38451 तत्याकतुतुक क्रि. वि. १. नानीहरूले अलिअलि र तोते बोली बोल्ने चालमा।
38452 तत्याकतुतुक क्रि. वि. २. गलेर नरम भई बग्ने खालको हुने किसिमले।
38453 तत्याकतुतुक क्रि. वि. ३. लखतरान हुने अवस्थामा।
38454 तत्र क्रि. वि. त्यस ठाउँमा; त्यहाँ; वहाँ।
38455 तत्सम वि. १. जस्ताको तस्तो; त्योजस्तो; त्यस्तै।
38456 तत्सम वि. ना. २. संस्कृत भाषाबाट रूप नफेरिई आफ्नो भाषामा आएर जस्ताको तस्तै चलेका शब्द (जस्तै- संस्कृतबाट नेपालीमा आएका तत्सम शब्द (आकाश, सूर्य, दिन इ. )।
38457 तत्समता वि. तत्सम हुनाको भाव; क्रिया वा अवस्था।
38458 तत्स्थानिक वि . त्यस स्थानको वा त्यही ठाउँमा रहने।
38459 तथा १ ना. कुनै कामकुरामा सल्लाहले गरिने निधो ; पक्कापक्की; निश्चय; ठेगान (उदा. घरमा तथा गरेर आएपछि बिहेको कामकुरो छिन्नुपर्छ। )।
38460 तथा २ अव्य. १. त्योजस्तो; उस्तो; त्यस्तै किसिमले।
38461 तथा २ अव्य. संयो. २. र; अनि।
38462 तथा २ अव्य. (उदा. - शब्दकोशको सम्पादन र परिमार्जन नेपाली भाषाको अभिवृद्धि तथा यसको अस्तित्व संरक्षणका दृष्टिले पनि हुनुपर्छ |
38463 तथाकथित वि . त्यसो भनिएको; भनाउँदो; नाम मात्रको।
38464 तथागत ना. बुद्धको एक नाम; गौतम बुद्ध।
38465 तथानाम ना. मुखमा जे आयो त्यही बोल्ने काम; गालीगलौज; दुर्व्यवहार।
38466 तथापि संयो. त्यसो भए तापनि; जे भए पनि; तैपनि; तापनि।
38467 तथास्तु ना. कसैले कुनै कुरो माग्दा, त्यस कुराको आकाङ्क्षा राख्ता वा केही काम गर्न चाहँदा उसको तप, व्रत, ध्यान आदिबाट प्रसन्न भई विशिष्ट शक्ति वा व्यक्तिद्वारा 'त्यस्तै होस्' भनी आशीर्वाद दिइने शब्द।
38468 तथास्तु ना. (उदा.- पार्वतीले 'महादेव पति पाऊँ' भनी वर माग्दा, विष्णुरूपधारी महादेवले 'तथास्तु' भने।)।
38469 तथोक्त वि १. त्यस प्रकारले भनिएको।
38470 तथोक्त वि २. तथाकथि।
38471 तथौरो वि अरूलाई तथानाम भन्ने वा गालीगलौज गर्ने; नाम मात्रको।
38472 तद्बिसेक वि थोरै मात्रा; अलिकति; केही।
38473 तद्बिसेक वि (उदा. पारिभन्दा तदबिसेक वारि नै रमाइलो छ। हरिभन्दा तबिसेक अनिल राम्रा छन्। )।
38474 तद्भव वि १. त्यसबाट उत्पन्न भएको ना. २. संस्कृत भाषाबाट केही रूप परिवर्तन वा विकृत भएर अर्थात् रूप फेरिएर आफ्नो भाषामा आई चलेका शब्द; जस्तै कर्म (संस्कृत) (नेपाली); चञ्चु (संस्कृत) = चुच्चो (नेपाली) इ.)।
38475 तद्रूप वि त्यही आकारप्रकारको; उस्तै किसिमको; त्यस्तै।
38476 तथ्य वि १. वास्तविकतामा आधारित; प्रमाणित हुन सक्ने; सत्य।
38477 तथ्य वि ना. २. साँचो कुरो वा विवरण; वास्तविकता।
38478 तथ्यभाषी वि वास्तविक कुरा गर्ने; साँचो बोल्ने; सत्यवक्ता।
38479 तथ्यवादी वि साँचो बोल्ने; सत्यवादी।
38480 तथ्याङ्क ना. वास्तविकतामा आधारित अङ्क वा हिसाब।
38481 तथ्याङ्क ना. गणितीय आधारमा प्रमाणित हुन सक्ने वस्तुसत्य; विवरण; वास्तविकता।
38482 तदनन्तर संयो त्यसपछि; उसपछि।
38483 तदनुरूप वि . त्यसैअनुसार; त्यहीजस्तो; त्यससँग मिल्दोजुल्दो; उस्तै।
38484 तदनुसार वि . त्यसअनुसार; त्यस्तै रूपले; उसै बमोजिम।
38485 तदपि संयो १. तापनि; तथापि।
38486 तदपि संयो २. त्यो पनि; ऊसहि।
38487 तदर्थ क्रि. वि. १. त्यसनिम्ति; त्यसका लागि; त्यसकारण।
38488 तदर्थ क्रि. वि. वि. २. कुनै विशेष कामका निम्तिको पटके।
38489 तदर्थ समिति ना. कुनै विशेष कामको सम्पादन वा प्रारम्भिक सरसल्लाह गर्नका निम्ति गठन भई सो काम पूरा भएपछि समाप्त हुने समिति।
38490 तदा क्रि. वि. त्यस बखत; उस बेला।
38491 तदर्थयुक्तक ना. ऐतिहासिक प्रचलनअनुसार राज्यद्वारा आफूलाई नियुक्त गरेपछि आफ्ना मातहतका कर्मचारी आफैँले नियुक्त गर्न पाउने अधिकारी।
38492 तदारुक / तदारुख ना. १. अपराध, अपराधी वा दुर्घटनाका बारेमा विशेष रूपले गरिने खोजी।
38493 तदारुक / तदारुख ना. २. कुनै पनि कामका निम्तिको तत्परता।
38494 तदीय वि . त्यसको; उसको।
38495 तदुपरान्त संयो त्यसपछि; तदनन्तर।
38496 तद्गुण ना. आफ्नो गुण छाडेर अरूको उत्तम गुण ग्रहण गरेको बयान गरिने एक किसिमको अर्थालङ्कार।
38497 तद्देशीय वि . १. त्यो देशसम्बन्धी; त्यस देशको।
38498 तद्देशीय वि . २. क्षेत्रीय; स्थानीय।
38499 तद्धित ना. १. शब्द संरचनाका क्रममा नाम, विशेषण आदि शब्दमा लागेर विभिन्न अर्थ निस्कने अरू शब्द बनाउने प्रत्ययविशेष; कृत् र तद्धित प्रत्ययमध्ये दोस्रो भेद (घरबाट बन्ने घरेलु शब्दमा 'एलु'; पानीबाट बन्ने पनेरो शब्दमा 'एरो'; अग्लोबाट बन्ने अग्लाइ शब्दमा 'आई' आदि तद्धित प्रत्यय हुन्। )।
38500 तद्धित ना. २. त्यसका निम्ति हितकारक वा उपयुक्त हुने।