Dictionary

All Word

38501 तद्धितान्त वि. तद्धित प्रत्यय लागेर बनेको; द्वितीय व्युत्पन्न (शब्द)।
38502 तद्बिसेक वि. थोरै मात्रा; अलिकति ; केही।
38503 तद्बिसेक वि. (उदा.- पारिभन्दा तद्बिसेक वारि नै रमाइलो छ। हरिभन्दा तबिसेक अनिल राम्रा छन्। )।
38504 तद्भव वि. त्यसबाट उत्पन्न भएको ना. २. संस्कृत भाषाबाट केही रूप परिवर्तन वा विकृत भएर अर्थात् रूप फेरिएर आफ्नो भाषामा आई चलेका शब्द, जस्तै- कर्म (संस्कृत)= काम (नेपाली), चञ्चु (संस्कृत) = चुच्चो (नेपाली) इ.)।
38505 तद्रूप वि. त्यही आकारप्रकारको; उस्तै किसिमको; त्यस्तै।
38506 तद्रूपता ना. त्यस्तै गर्ने स्थिति वा काम; समानता; सादृश्य।
38507 तन ना. प्राणीको हाड, मासु, रगत आदिले बनेको सबै अङ्गको समूह; जिउ; शरीर: चोला।
38508 तनक्क क्रि. वि. एकै खेपमा तान्ने वा तानिने गरी; तन्न।
38509 तनखा ना. जागिर खाई काम गरेबापत महिनैपिच्छे पाइने रकम; तलब; किस्ता; वेतन।
38510 तनतन क्रि. वि. पानी वा अरू कुनै तरल पदार्थ धेरै खाने वा पिउने गरी; तननन।
38511 तनतनती / तनतनी क्रि. वि. अझ छिटो तनतन हुने गरी।
38512 तनमन ना. १. शरीर र मन; शारीरिक र मानसिक शक्ति।
38513 तनमन ना. २. जाँगर र उत्साह।
38514 तनय ना. छोरो; पुत्र।
38515 तनया ना. छोरी; पुत्री।
38516 तनहुँ ना. नेपालको पश्चिमाञ्चल विकास क्षेत्रभित्र पर्ने गण्डकी अञ्चलको एक जिल्ला।
38517 तना ना. १. दौरा; भोटो आदि ठिक ठाउँमा कसेर लगाइने कपडाको मसिनु फित्ता; तुनु।
38518 तना ना. २. वर आदि रुखका हाँगादेखि फेदसम्म झरेका वा लट्केका जरा।
38519 तनाइ ना. तान्ने भाव, क्रिया वा प्रक्रिया।
38520 तनाइनु क.क्रि. तान्न लाइनु।
38521 तनाव/तनाउ ना. १. कुनै झमेलाका कामकुरा, सोचाइ आदिले मस्तिष्क तन्कने काम; तन्काइ।
38522 तनाव/तनाउ ना. २. दुई थरीका बिचमा अविश्वासको भावनामा हुने वृद्धि; तन्काइ; खिचातानी।
38523 तनाहा वि. १. भएभरको धनसम्पत्ति सकिएको; तन्नम।
38524 तनाहा वि. २. केही नभएको; एक्लो।
38525 तनु ना. १. तन; शरीर; जिउ।
38526 तनु ना. वि. २. सानो।
38527 तनुज ना. पुत्र; छोरो।
38528 तनुजा ना. पुत्री; छोरी।
38529 तनुधारी वि. शरीर धारण गर्ने; देहधारी।
38530 तनुमध्य वि. पातलो वा झिनो कमर भएको।
38531 तनुलता ना. सुकुमार देह; कोमल शरीर।
38532 तने वि. तना भएको; तुनुजस्तो; तुने।
38533 तने बोडी ना. हे. तुनेबोडी।
38534 तनोट / तनौट ना. १. तान्ने काम वा प्रक्रिया; तनाइ।
38535 तनोट / तनौट ना. २. कपडा आदि बुन्दा तन्काइएको वा तान लगाइएको धागो, डोरी आदि वस्तु।
38536 तनौटे वि. १. तनोट भएको; तनौटका रूपमा आएको।
38537 तनौटे वि. २. तनौट गर्ने; तान्ने।
38538 तनौटे वि. ३. तान लगाउने (व्यक्ति)।
38539 तन्कनु अ.क्रि. १. तान्न हुने कुनै पनि वस्तु जोडसँग तानिनु वा खिचिनु।
38540 तन्कनु अ.क्रि. २. गाह्रो भए तापनि लस्केर हिँड्नु।
38541 तन्कनु अ.क्रि. ३. रिसाएर वा नराम्रो किसिमले जानु।
38542 तन्काइ ना. तन्कने तथा तन्काउने क्रिया वा प्रक्रिया।
38543 तन्काइनु क.क्रि. तन्कन लाइनु।
38544 तन्काउनु प्रे. क्रि. तन्कने पार्नु; तन्कन लाउनु।
38545 तन्किनु अ.क्रि. १. तनक्क तानिनु।
38546 तन्किनु अ.क्रि. २. तन्कनु।
38547 तन्को ना. तन्केको स्थिति वा तन्कने काम।
38548 तन्क्याइ ना. तन्किने काम वा किसिम।
38549 तन्क्याहट ना. तन्कने भाव, ढाँचा वा क्रिया; तन्क्याइ।
38550 तन्जेब ना. एक जातको मसिनु सुती कपडा; उम्दा जातको मलमल।