Dictionary

All Word

38651 तपोधन वि. तपस्या नै ठुलो धन वा सम्पत्ति भएको।
38652 तपोनिष्ठ वि. तपमा निष्ठ भएको; तपस्यामा लागेको।
38653 तपोबल ना. तपस्याबाट प्राप्त हुने शक्ति; तपबाट पाइने बल।
38654 तपोभङ्ग ना. कुनै बिध्नबाधा आई तपस्या टुट्ने काम ।
38655 तपोभूमि ना. तपस्या गर्ने ठाउँ; तपोवन।
38656 तपोमय वि. तपमा लीन वा संलग्न; तपस्या गर्ने।
38657 तपोमय वि. ना. २. परमेश्वर।
38658 तपोमूर्ति ना. परमेश्वर।
38659 तपोमूर्ति ना. २. ठुलो तपस्वी।
38660 तपोमूर्ति ना. ३. बाह्रौँ मन्वन्तरको चौथो सावर्णिका सप्तर्षिमध्ये एक।
38661 तपोलोक ना. पुराणअनुसार पृथ्वीभन्दा माथिका सात लोकमध्ये जनलोक र सत्यलोकका बिचमा पर्ने एक लोक।
38662 तपोवन ना. ऋषिमुनिले तपस्या गरेर बस्ने जङगल; तपोभूमि।
38663 तपोव्रत ना. तपस्यासम्बन्धी व्रत धारण गर्ने काम।
38664 तप्कनु अ.क्रि. पानी आदि तरल पदार्थका थोपाहरू खस्नु; तपतप चुहुनु।
38665 तप्काइ ना. तप्कने काम वा किसिम।
38666 तप्काइनु क.क्रि. तप्कन लाइनु।
38667 तप्काउनु स.क्रि. थोपाहरू खसाल्नु वा चुहाउनु।
38668 तप्किनु अ.क्रि. तपतप गरी थोपा चुहिनु।
38669 तप्किनु अ.क्रि. २. तप्कनु।
38670 तप्केनी ना. १. तपतप खसेको पानीको थोपा वा त्यस्तो पानी तकने ठाउँ।
38671 तप्केनी ना. २. बलेनी, पहरा आदिबाट रसाएर झर्ने पानीको थोपा।
38672 तप्को ना. तप्केको पानीको थोप्लो; तप्काइ।
38673 तप्त वि. १. आगो, राप आदिले तातेको वा तताएको; तातो।
38674 तप्त वि. २. मानसिक कष्टमा परेको; दुःखित; पीडि।
38675 तप्त वि. ३ खुब तपस्या गरेको।
38676 तप्तकृच्छ्र ना. प्रायश्चित्तका लागि बाह्र दिनसम्म गरिने एक व्र।
38677 तप्तमुद्रा ना. १. वैष्णव सम्प्रदायका व्यक्तिहरूले आफ्नो शरीरमा धारण गर्ने शङ्खचक्र भएको धातुका साँचाले डाम्ने चिह्न।
38678 तप्तमुद्रा ना. २. साँढेका पुट्ठामा डामिने मुद्रा।
38679 तप्प क्र. वि. पानी आदि तरल पदार्थ थोपा थोपा चुहुने गरी।
38680 तप्पा ना. जिल्लाको सानो इलाका वा भाग।
38681 तब क्रि. वि. १. त्यस बेला; त्यतिखेर।
38682 तब क्रि. वि. २. त्यस कारण।
38683 तब क्रि. वि. संयो. 3 'जब' को मुख मिलाउन आउने शब्द; अनि।
38684 तब क्रि. वि. (जब म आएँ तब तिमीलाई टाउको दुख्छ होइन ?) निपा. ४. अरूका कुरामा सही थाप्ने अव्यय शब्द; ।
38685 तब क्रि. वि. (उदा. खर्च त सबैले बेहोर्नुपर्छ, हो तब )।
38686 तबक ना. सुन, चाँदी आदि धातुको कागतजस्तो पातलो गरी बनाइएको पत्र वा पत्ती।
38687 तबल १ ना. बन्चरोजस्तो दाउरा चिर्ने फलामको एक हतियार |
38688 तबल २ ना. हे. तबला।
38689 तबलची ना. तबला बजाउन निपुण व्यक्ति; तबलावादक।
38690 तबला ना. दुई हातले एकैसाथ जोडी रूपमा बजाइने, छालाको खरीसहितको प्रसिद्ध तालबाजा; दायाँ हातले बजाइनेलाई 'तबला' र बायाँ हातले बजाइनेलाई 'बायाँ' वा 'नाम' भनिनेमध्ये एक।
38691 तबाह वि. एकदम नष्ट भएको; सर्वस्व भएको; तन्नम।
38692 तबाही ना. बरबादी; सत्यानाश; ध्वंस।
38693 तबेला ना. घोडा बाँध्ने ठाउँ; अस्तबलखाना; अश्वशाला।
38694 तबेला दलान ना. नेपालको इतिहासका अनुसार शाहकालमा पहिले प्रचलित, भ्रष्टाचारविरुद्ध मुद्दा सुन्ने विशेष अदाल।
38695 तबै क्रि. वि. त्यसै बेला; त्यति धेरै।
38696 तबै क्रि. वि. (उदा.- पानी त परोस्, तबै न मकै छरिएला।)।
38697 तबैतारे वि.बो. अरूका कुराकानीमा सही थाप्ने थेगोजस्तो शब्द।
38698 तबैतारे वि.बो. (उदा.- जिलीगाँठी केही नभए पनि तबैतारे म पनि त केही गरिहाल्छु नि !)।
38699 तम ना. १. सत्त्व, रज, तम- यी तीन प्राकृतिक गुणमध्ये एक।
38700 तम ना. २. अन्धकार; अँध्यारो।