Dictionary

All Word

38751 तमु सर्व. १. तिमी।
38752 तमु सर्व. २. तम्मु।
38753 तमेरो ना. तामाका भाँडाकुँडा बनाउने व्यक्ति वा जाति; तमौटे।
38754 तमोगुण ना. क्रोध, आलस्य, भ्रम, अज्ञान आदि कारणबाट पैदा हुने तथा निकृष्ट मानिने एक प्राकृतिक गुण; सत्त्वगुण, रजोगुण र तमोगुणमध्ये एक।
38755 तमोगुणी वि. तमोगुण मुख्य भएको वा सो गुण अँगाल्ने।
38756 तमोमय वि. १. तमले भरिएको; अन्धकारपूर्ण।
38757 तमोमय वि. २. अज्ञानी।
38758 तमोमय वि. ३. तमोगुणी; तामसी।
38759 तमोर ना. उम्भेक हिमाल र लुम्बासुम्बा हिमालको जोर्नीबाट निस्केर अरुण नदीमा मिल्ने कोसी नदीको सहायक नदी; प्रसिद्ध सप्तकोसीमध्ये एक।
38760 तमोली ना. पान बेच्ने जाति वा व्यक्ति; पानपसले; बरही।
38761 तमौटे ना. तामाको काम गरेर बस्ने कालिगड; ढलौटे भाँडाकुँडा बनाउने जाति वा व्यक्ति।
38762 तमौटे ना. स्त्री तमौटेनी।
38763 तमौरो ना. तामाबाट बनेको, खास गरी पूजाआजामा प्रयोग हुने सानो भाँडो।
38764 तम्तयार वि. १. कुनै कामकुराका निम्ति पहिलेदेखि तयार रहने; बिलकुल ठिक हुने।
38765 तम्तयार वि. २. ठिकठाक; दुरुस्।
38766 तम्तयारी ना. तम्तयार हुने काम; तयारी।
38767 तम्बु ना. बाक्लो कपडालाई सानासाना ठुटा गाडेर डोरीले तन्काई बनाइएको अस्थायी बस्ने ठाउँ; पाल; सामियाना।
38768 तम्मु सर्व. पुरानो समयका स्तुतिगीत वा तिनताकको सम्मानपूर्ण व्यवहारमा देवदेवी, मान्यजन आदिलाई 'हजुर' को साटो प्रयोग गरिने आदरार्थी शब्द।
38769 तम्सनु अ.क्रि. १. कुनै काम गर्नाका लागि अघि सर्नु; तत्पर हुनु।
38770 तम्सनु अ.क्रि. २. हुटहुटिनु; सहटिनु।
38771 तम्साइ ना. तम्सने भाव, क्रिया वा प्रक्रिया।
38772 तम्साइनु क. क्रि. तम्सन लाइनु।
38773 तम्साउनु प्रे. क्र. तम्सन लाउन; तत्पर गराउनु।
38774 तम्सिनु अ.क्रि. १. कुनै काम गर्नका निम्ति अघि सरिनु।
38775 तम्सिनु अ.क्रि. २. तम्सनु।
38776 तम्स्याइ ना. तम्सिने वा तम्साउने भाव, क्रिया वा प्रक्रिया।
38777 तस्याइलो वि. तम्सिने खालको; तत्पर; अघिसरा।
38778 तम्स्याहट ना. तम्सिने भाव, क्रिया वा अवस्था।
38779 तयँगा ना. ऊन मिसाएर हातले बुनेको बर्कोजस्तो ओढ्ने कपडा; मलेदा।
38780 तय वि. १. निधो भएको; ठहरिएको; निश्चि।
38781 तय वि. २. सिद्धिएको; समाप्।
38782 तय वि. ना. ३. निधो; ठहर; निर्णय।
38783 तयरपान ना. भारतको आन्ध्र प्रदेशमा हुने एक जातको पान।
38784 तयार वि. १. बन्नुपर्ने कुनै वस्तु बनेर ठिक भएको; दुरुस्त; तैयार।
38785 तयार वि. २. हिँड्ने, खाने, लाउने आदि आवश्यक कामकुराको ठिकठाक; तम्तयार।
38786 तयारी ना. कुनै काम थाल्नुभन्दा पहिले आवश्यक सरसामान जुटाउने काम; कुनै कार्यको उपाय वा तरिका मिलाउने काम; तयार हुन चाहिने वा प्रयोगका निम्ति आवश्यक पर्ने सबै वस्तुको जोरजाम।
38787 तयारी समिति ना. कुनै कार्यक्रमको प्रारम्भिक सञ्चालन तथा नियम, मस्यौदा आदिको तर्जुमा गर्नका निम्ति बनेको अस्थायी समिति।
38788 तयारी स्रेस्ता ना. कुनै कामको आम्दानीखर्च तयार पारिएको स्रेस्ता।
38789 तर्नु १ स.क्रि. १. खोलानाला आदि पार गर्नु।
38790 तर्नु १ स.क्रि. २. दुःखकष्टको बेला सिद्धिनु।
38791 तर्नु १ स.क्रि. ३. पितृहरू मुक्त हुनु।
38792 तर्नु २ स.क्रि. कसैलाई रिसले आँखा बङ्ग्याएर हेर्नु; छड्के आँखाले हेर्नु।
38793 तर्नु ३ स.क्रि. कसैको छाला काढ्नु वा तान्नु; काट्न ठिक पार्नु।
38794 तर्नु ३ स.क्रि. (उदा.- उहिले उहिले राजद्रोहीहरूलाई सजाय दिन छाला तर्ने गरिन्थ्यो। खसी काट्न राम्ररी तर्नुपर्छ, नत्र छिन्दैन)।
38795 तर १ संयो. त्यसो हो तापनि; परन्तु; किन्तु।
38796 तर १ संयो. (उदा. मेहनत त निकै पऱ्यो, तर मूल्याङ्कन कस्तो हुन्छ थाहा छैन।)।
38797 तर २ ना. १. नदी, पुल, बाटो आदि पार गर्ने काम; तराइ; हिँडाइ।
38798 तर २ ना. २. बाटो।
38799 तर २ ना. ३. विशेषण शब्दका पछिल्तिर गाँसिएर कसैको अपेक्षा बढी गुण भएको बुझाउने एक प्रत्यय ( जस्तै अधिकतर, गुरुतर, महत्तर, बृहत्तर इ) ।
38800 तर २ ना. )।