Dictionary

All Word

38901 तराउनु प्रे. क्रि. ४. घिउतेलमा तरकारी भुट्न लाउनु।
38902 तराजु ना. फलामे डन्डीमा दुईतिर साइलीले अड्काई जोडिएका पातामा एकातिर ढक र अर्कातिर माल राखी तौलने यन्त्रविशेष तुलो।
38903 तराजु पिङ ना. दुईतिर मानिस बसी खेल्न हुने एक किसिमको पिड।
38904 तरान ना. १. बिरामी निको भएपछि बिस्तारै बढेर आउने भित्री ताग।
38905 तरान ना. २. ग्लानि हटाउने शक्ति वा बल।
38906 तराना ना. १. मनमा खेल्ने एकोहोरो धुन।
38907 तराना ना. २. सङ्गीतको स्वर साधना गर्दा 'तुम तानानाना' आदि शब्दको गायन वा राग अलापाइ।
38908 तरावट ना. १. भिज्ने वा भिजाइको अवस्था; गिलोपन; शीतलता।
38909 तरावट ना. २. पुष्टिकारक वस्तुको आहार।
38910 तरावटी ना. १. तागतदार वस्तु; पौष्टिक आहार।
38911 तरावटी ना. २. सरसता; मिठास।
38912 तरास ना. १. डर; भय।
38913 तरास ना. २. झस्को कहाली।
38914 तरिका ना. १. कुनै काम गर्ने विधि; उपाय वा जुक्ति।
38915 तरिका ना. २. कामको सिप वा ढग।
38916 तरिका ना. ३. व्यवहारको किसिम; चाल।
38917 तरितन्नम वि. धनसम्पत्ति केही नभएको; सिरीखुरी स्वाहा भएको कङ्गाल।
38918 तरितन्नम वि. (उदा.- बाबु खसेको वर्ष दिन नपुग्दै लच्छु तरितन्नम भइसके। )।
38919 तरियान ना. तरीको समूह।
38920 तरियानी ना. घाट तर्ने मानिसले डुड्गा आदिद्वारा घाट पार गर्दा दिनुपर्ने दस्तुर नदी तराइको भाडा।
38921 तरी ना. १. उखु; बाँस आदिका आँख्लाका बिचको भाग।
38922 तरी ना. २. औंलामा दुई आँख्लाले छुट्ट्याइएको अंश।
38923 तरी ना. 3. पाटा परेको भाग; खण्ड; तह।
38924 तरी ना. ४. औल; मित्री मदेस र तराईको जङ्गल।
38925 तरु ना. रुख; बोट।
38926 तरुकोटर ना. नगद जम्मा; ट्रेजरी बिल; विदेशी ब्याङ्कको।
38927 तरुकोटर ना. तरुकोटर - ना. रुखको टोड्को।
38928 तरुखण्ड ना. रुखहरूको समूह।
38929 तरुण वि. १. यौवन भरिएको; युवक; तन्नेरी; तरुनो।
38930 तरुण वि. २. नयाँ तर्क्स।
38931 तरुणिमा ना. तरुनोपन; जवानी।
38932 तरुणी वि. नवयुवती; तरुनी; पठ्ठी।
38933 तरुनो वि. तरुण; जवान; तन्नेरी।
38934 तरुनो वि. स्त्री तरुनी।
38935 तरुल ना. १. पानका जस्ता पात हुने लहरामा गिठ्ठा फल्ने र जरामा विभिन्न रङका खान हुने कन्द लाग्ने एक लहरे वनस्पति।
38936 तरुल ना. २. त्यसैको गानु।
38937 तरुल ना. ३. विशेष गरी माघे सङ्क्रान्तिमा खाइने कन्दमूल।
38938 तरुल ना. ४. लोकजीवनमा तरुल र वनतरुलको रूपमा चिनिने लहरे कन्दमूल।
38939 तरुल ना. -।
38940 तरेली ना. १. तरल वस्तु अड्ने सानो खण्ड; पत्र; तह।
38941 तरेली ना. (उदा.- शीतको थोपा अलमलियो फूलको तरेलीमा; तिम्रो आँसु छिपेको छ मेरै परेलीमा। माधव घिमिरे। ) २ सिलसिला क्रम।
38942 तरो ना. मदानीको डोरी छिराउने प्वाल।
38943 तर्क ना. १. कुनै कुरा कसैलाई बुझ्न; बुझाउनका लागि गरिने युक्तिपूर्ण कुरा।
38944 तर्क ना. २. अरूको मत वा विचारको खण्डन गर्न प्रस्तुत गरिने तथ्य; प्रमाणसहितको बुँदा।
38945 तर्क ना. 3. अङ्कल अनुमान; गौर।
38946 तर्क ना. ४. छलफल; बहस।
38947 तर्क ना. ५. वादविवाद; कल्पना; अन्दाज।
38948 तर्कनु अ.क्रि. १. कसैलाई देखेको नदेख्यै गरेर हिँड्नु परपरै भएर वा छेउ लागेर हिँड्नु; पन्छनु।
38949 तर्कनु अ.क्रि. २. रिसाएर हिँड्नु; टेढिनु।
38950 तर्कनु अ.क्रि. ३. छाता; कर्कलाको पात; भाँडो आदिको पानी सरक्क गुडेर वा बगेर तल झर्नु।