Dictionary

All Word

38801 तर ३ ना. १. तताएको दुधमा माथितिर लाग्ने बाक्लो पत्र; दुधदहीमा जम्ने सारवस्तु।
38802 तर ३ ना. २. पानी आदि तरल वस्तुमा माथितिर जमेको ठाँटो।
38803 तर ३ ना. ३. कुनै काम कुराको थान्को वा थिति; तह।
38804 तर ३ ना. (उदा.- कति दिनदेखि प्रयास गरे तापनि यो काम तर लाउन सकिएन। )।
38805 तर ४ वि. पानी वा पसिनाले निथ्रुक्क भिजेको; निथाचूर्ण; आर्द्र।
38806 तर ४ वि. (उदा.- आज दिउँसोको गर्मीको के बयान गर्नु, म त पसिनाले तर भएँ। दिदी बजार पनि पुग्न नपाई पानीले तर हुनुभएछ।)।
38807 तरकस ना. बाण हालेर पिठ्यूँमा भिरिने ठोक्रो।
38808 तरकारी ना. १. घिउतेल, नुनमसला आदि हाली पकाइएको सागपात, गेडागुडी, कन्द आदि; तर्कारी।
38809 तरकारी ना. २. त्यसरी पकाएर खाइने डाँठ, पात, फूल, फल, कन्द आदि वस्तु, सागपा।
38810 तरकिप/तरकिब ना. १. कुनै विशेष चिज बनाउने काइदा; ढङ्ग; सिप।
38811 तरकिप/तरकिब ना. २. काम गर्ने उपाय; जुक्ति।
38812 तरक्क क्रि. वि. १. आँसु, पसिना आदि चुहुने वा तहरिने भएर।
38813 तरक्क क्रि. वि. (उदा. काढी तरक्क पसिना दिन रात डोको, बोके पनी उदरगर्त रहन्छ भोको - लेखनाथ। ) २. कर्के आँखाले हेर्ने किसिमले; आँखा तर्ने चालमा।
38814 तरक्क क्रि. वि. (उदा.- बिनसित्ति अर्कालाई किन आँखा तरक्क तर्नुपऱ्यो ?)।
38815 तरक्की ना. पद, मान आदिमा बढिबढाउ हुने काम; उन्नति; वृद्धि।
38816 तरखर ना. १. कुनै कामको थालनी; कार्यारम्भ।
38817 तरखर ना. २. काम गर्ने चेष्टा; तत्परता।
38818 तरखराइ ना. तरखर गर्ने काम वा किसिम।
38819 तरखराइनु अ.क्रि. तरखराउने होइनु।
38820 तरखराहट ना. तरखराउने किसिम वा अवस्था।
38821 तरखरिनु अ.क्रि. तत्पर हुनु तम्सिनु; तरखराउनु।
38822 तरखऱ्याइ ना. तरखरिने भाव, क्रिया वा प्रक्रिया।
38823 तरङ्ग ना. १. हावा वा बगाइको वेगले पानीको सतहमा उठ्ने लहर; छाल।
38824 तरङ्ग ना. नदीको मुखमा ज्वारको वेगले गर्दा उठेको पानीको खम्बा।
38825 तरङ्ग ना. ३. भूकम्पको लहर।
38826 तरङ्ग ना. ४. उत्साह, उमङ्ग, चञ्चलता आदिका अवस्थामा मनमा उठ्ने तर्कवितर्क।
38827 तरङ्ग ना. ५. सङ्गीतमा स्वरको उतारचढाव हुँदा हुने कम्पन; स्वरलहरी।
38828 तरङ्ग ना. ६. बौलट्टी चाल; छाँटा।
38829 तरङ्ग ना. ७. ध्वनि, प्रकाश र अरू पनि प्रसारणयोग्य वस्तुको प्रसारमा हुने विस्तृत रूप।
38830 तरङ्गमाली ना. छालैछालले भरिएको पानीको ठुलो भण्डार; समुद्र।
38831 तरङ्ग सञ्चारण ना. ध्वनि, ताप, विद्युत् आदिका लहरको गति।
38832 तरङ्गायित वि. तरङ्गयुक्।
38833 तरङ्गिणी ना. नदी; खोलो।
38834 तरङ्गित वि. तरङ्ग चलेको; लहर उठेको।
38835 तरङ्गी वि. तरङ्ग झिक्ने; छँटाहा।
38836 तरङ्ग्याहा वि. तरङ्गी; सन्की।
38837 तरङ्ग दैर्ध्य ना. आकाशमा प्रसारित भिन्न भिन्न तरङ्गको लम्बाइ (रेडियो केन्द्रहरूले बेग्लाबेग्लै तरङ्गदैर्घ्यमा कार्यक्रम प्रसारित गर्ने हुनाले रेडियोमा कार्यक्रम समाउन र सुन्न अप्ठ्यारो पर्दैन।)।
38838 तरज ना. १. गानाको लय वा शैली।
38839 तरज ना. २. पद्धति ढड्ग।
38840 तरण ना. १. नदी तर्ने काम तराइ।
38841 तरण ना. २. नदी तर्न उपयोग गरिने डुङ्गा; नाउ आदि साधन।
38842 तरण ना. ३. स्वर्ग।
38843 तरण ना. ४. उद्धार।
38844 तरणी ना. १.ड्गा वा नाउ।
38845 तरणी ना. २. घिउकुमारी।
38846 तरणी ना. ३. स्थलकमल।
38847 तरतमसुक ना. लेनदेनसम्बन्धी तमसुक आदि कागज।
38848 ताकिता ना. कुनै कामकुरो छिटो पूरा गर्न गरिने ताकिता आदि काम हुटहुटी; प्रेरणा।
38849 तरतिब ना. सरसामानहरू क्रमपूर्वक ठिक ठाउँमा राख्ने; मिलाउने काम इन्तजाम।
38850 तरतिब ना. २. कम गर्ने उपाय जुक्ति।