Dictionary

All Word

38851 तरन ना. १. पार लाउने काम; तरण।
38852 तरन ना. २. पितृउद्धार।
38853 तरनतारन ना. धार्मिक विश्वासअनुसार पितृका नाउँमा गरिने तर्पण; पिण्ड; दानपुण्य आदि काम; पितृहरूको उद्धार कार्य।
38854 तरनपेट ना. कबाज; मार्च आदिमा सलामी दिंदा बजाइने बाजा बिगुल।
38855 तरपु ना. एक जातको घिरौंला।
38856 तरफ ना. कतैपट्टि; कुनैतिर तर्फ।
38857 तरफवार वि. पक्ष लिने; आड लिने मदतगार।
38858 तरफदारी ना. कसैको पक्ष लिने काम; तरफ लिने काम; हिमाय।
38859 तरबर ना. तुलबुलेपन; चञ्चलता; सगबग।
38860 तरबर ना. (उदा.- तिम्रो तरबर देखेर सबै छक्क पर्छन्।)।
38861 तरबराइ ना. तरबराउने क्रिया वा प्रक्रिया।
38862 तरबराइनु अ.क्रि तरबर गरिनु।
38863 तरबराउनु अ.क्रि तरबर हुनु; चञ्चल बन्नु; सगबगाउनु।
38864 तरबराहट ना. तरबराउने भाव; अवस्था वा क्रियाप्रक्रिया।
38865 तरबरिनु अ.क्रि तरबराउनु।
38866 तरबरे वि. तरबर गर्ने; चञ्चल; सगबगे।
38867 तरबर्र क्रि. वि. बोडी; मकै आदि अनाज सबै एकसाथ उम्रने किसिम (उदा.- बारीमा मकै तरबर्र भइसकेछन्।)।
38868 तरबार ना. काट्ने काममा उपयोग हुने लामो; पातलो र धारिलो फलामे हतियार; असि खड्ग; तलवार।
38869 तरबार बज्नु टु. विजय हुनु (दिव्य.)।
38870 तरबार बज्नु टु. तरबारमा पस्नु टु लडाइँमा भिडिनु (दिव्य.)।
38871 तरबारे वि. १. तरबारसम्बन्धी वा तरबारको।
38872 तरबारे वि. २. तरबारका ढाँचाको तरबारजस्तो।
38873 तरबारे फूल ना. तरबारका ढाँचाका पात हुने; निला वा राता रङका फूल फुल्ने एक जातको बोट वा त्यसैको फूल।
38874 तरबारे सिमी ना. भेट्नैपिच्छे तीन तीनवटा पात हुने; राता फूल फुल्ने; तरबारका ढाँचाका कोसा लाग्ने; तरकारी खाइने एक जातको सिमी।
38875 तरबुजो ना. प्रायः बलौटे जमिनमा हुने र लहरामा फल्ने; पहेँलो गुलाफी वा रातो रङको गुलियो गुदी हुने; खरबुजो जस्तै डल्लो ठुलो पन्यालो फल।
38876 तररर/तरर्र क्रि. वि. आँसु; पसिना; पानी आदि तरल पदार्थ चुहिरहने गरी।
38877 तरल वि. १. पानी भएको वा पानीजस्तो बग्ने; पन्यालो; झोले।
38878 तरल वि. २. स्थिर भएर नरहने; चञ्चल।
38879 तरल इन्धन ना. मटीतेल; पेट्रोल आदिजस्ता बल्नेबाल्ने काममा प्रयोग हुने पदार्।
38880 तरलता ना. तरल हुनाको भाव वा अवस्था।
38881 तरल नयना वि. चुलबुले आँखा भएकी (स्त्री)।
38882 तरल सम्पति ना. १.चल्ती खातामा रहेको रकम; ब्याङ्कले राष्ट्रब्याङ्कमा राखेको मौज्दात आदि।
38883 तरल सम्पति ना. २. पानी आदि तरल रूपमा रहेको वस्तु वा खानीबाट निस्कने तेल; मटीतेल आदि सम्पत्ति।
38884 तरलीकरण ना. बाफ चिस्याएर तरल अवस्थामा ल्याउने प्रक्रिया।
38885 तरह ना. १. प्रकार; भाँती वा ढड्ग।
38886 तरह ना. २. अवस्था; हाल।
38887 तराइ ना. १. नदीनाला आदि तर्ने वा तार्ने क्रिया वा प्रक्रिया।
38888 तराइ ना. २. आँखा तर्ने भाव; क्रिया वा प्रक्रिया; कर्काई।
38889 तराइ ना. ३. छाला तर्ने क्रिया वा प्रक्रिया।
38890 तराइ ना. ४. घिउतेलमा तरकारी भुट्ने क्रियाप्रक्रिया।
38891 तराइनु क.क्रि. १. नदीनाला आदि पार गर्न लाइनु।
38892 तराइनु क.क्रि. २. आँखा तर्ने काम गराइनु।
38893 तराइनु क.क्रि. ३. छाला काढ्न लाइनु।
38894 तराइनु क.क्रि. ४. घिउतेल आदिमा तरकारी भुटाइनु।
38895 तराइली वि. १. राईमा बस्ने; तराईवासी।
38896 तराइली वि. ना. २. तराईको बासिन्दा।
38897 तराई ना. पहाडमुनिको फराकिलो समतल भूभाग मधेस।
38898 तराउनु प्रे. क्रि. १. आँखा तर्न लाउनु।
38899 तराउनु प्रे. क्रि. २. छाला काढ्न लाउनु।
38900 तराउनु प्रे. क्रि. ३. खोलानाला आदि तार्न वा पार गर्न लाउनु।