Dictionary

All Word

39001 तर्कारी ना. हे. तरकारी।
39002 तर्कवितर्क ना. १. परस्परमा गरिने छलफल; वादविवाद; बहस।
39003 तर्कवितर्क ना. २. मनमा कुरा खेलाई मनैमा विचार गर्ने काम।
39004 तर्कविद्या ना. तर्कशास्त्र; न्यायशास्त्र।
39005 तर्कशास्त्र ना. तर्कसम्बन्धी नियम; सिद्धान्त आदिको निरूपण तथा विवेचना गरिएको शास्त्र।
39006 तऱ्याकतुरुक क्रि. वि. १. सानोतिनो धारो वा सिर्को झर्ने गरी।
39007 तऱ्याकतुरुक क्रि. वि. २. थोरै दुध दिने वस्तु दुहुने चालसँग।
39008 तऱ्याकतुरुक क्रि. वि. ३. दुध दुहुँदा नियार्ने गरेर।
39009 तर्र क्रि. वि. आँसु; पसिना; पानी आदि तरल पदार्थ चुहुने वा झर्ने गरी।
39010 तर्र क्रि. वि. (उदा.- केही भन्न नपाउँदै बिचरीले आँसु खसाइन्। छानाबाट तर्र पानी चुहियो। )।
39011 तर्लङ्ग / तर्लङ क्रि. वि. १. जमिनमा नटेकी झुन्डिएर; तुर्लुङ।
39012 तर्लङ्ग / तर्लङ क्रि. वि. २. तरकारी आदिमा पातलो झोल हुने किसिमले; तङ्ग्रङ।
39013 तर्ल्याङतुर्लुङ क्रि. वि. हलचलै गर्न नपाई झुन्डिने किसिमले।
39014 तर्सनु अ.क्रि. १. कुनै डरलाग्दो वस्तु देखेर डराउनु झसङ्ग हुनु; त्रास मान्नु।
39015 तर्सनु अ.क्रि. २. आपद्विपद्को शङ्काले झस्कनु वा आत्तिनु; कहालिनु।
39016 तर्साई ना. तर्सने काम वा किसिम।
39017 तर्साइनु क.क्रि तर्सन लाइनु; झस्काइनु।
39018 तर्साउनु प्रे. क्र. तर्सने पार्नु; झस्काउनु।
39019 तर्साउने वि. १. त्रास दिने; डरलाग्दो ना. २. भयप्रद रूपमा कल्पना गरिएको प्रेतयोनि हाउ।
39020 तर्साहा वि. तर्सने खालको; दच्कने स्वभावको; दच्काहा।
39021 तर्सिनु अ.क्रि. तर्सनु।
39022 तर्सुवा वि. तर्सने स्वभावको; दच्काहा; तर्साहा।
39023 तल ना. १. कुनै वस्तु; ठाउँ आदिको तल्लो भाग; भुईखण्ड; पिंध फेद।
39024 तल ना. २. हत्केलो वा पैतालो।
39025 तल ना. ३. पुराणमा वर्णित तलका सात लोकमध्ये एक।
39026 तल ना. ४. लिल्छविकालमा सम्म ठाउँमा आबाद भएका संयुक्त ग्रामलाई बुझाउने शब्द ग्राम।
39027 तल ना. ५. वास्तु वा मूर्तिमा प्रयोग हुने पाँच मात्रा वा पाँच अड्गुल बराबरको नाप।
39028 तलक ना. यो. सम्म पर्यन्त तक।
39029 तलक ना. यो. (उदा.- उनले जग्गा मात्र होइन; घरतलक बेचिसकेछन्।)।
39030 तलतल ना. अम्मलको सेवन गर्ने इच्छा; अम्मलीलाई लाग्ने तिर्सना तृष्णा तलबल।
39031 तलतिर क्रि.वि. उच्चा तल्तिर पनि।
39032 तल्लापट्टि तलासी ना. चोर वा अपराधीले छिपाएका वस्तुहरू शङ्का लागेका मुनितिर; मन्तिर।
39033 तलथोप्ली वि. १. तल थोप्लो भएको; तलथोप्ले।
39034 तलथोप्ली वि. ना. २. 'व' अक्षर चिनाउने शब्द।
39035 तलथोप्ले वि. थलथोप्ली।
39036 तलब ना. १. कुनै पनि कर्मचारीले सेवा गरेबापत सेवाको सर्तअनुसार निज रहेको पदमा प्रचलित वेतन वृद्धिक्रमअनुसार पाउने रकम वा सुविधा; महिनावारी; तनखा वेतन।
39037 तलब ना. २. जवाफ दिनका निम्ति गरिने बोलावट वा माग।
39038 तलबकट्टी ना. कर्मचारीको हाजिर नपुगेका दिन अथवा कारणले कट्टी हुने तलबको रकम; पूरा तलब नपाई कम तलब पाउने काम।
39039 तलबदार वि. १. तलब खाएर काम गर्ने; जागिरदार।
39040 तलबदार वि. २. बोलाउने वा डाक्ने।
39041 तलबरोक्का ना. आचारसम्बन्धी कुनै कार्यकारणले कुनै कर्मचारीको तलब रोकिने काम।
39042 तलबल ना. भोक; तिर्खा आदिबाट हुने व्याकुलता; छटपटी।
39043 तलबलाइ ना. तलबलाउने काम वा किसिम।
39044 तलबलाइनु अ.क्रि तलबलाउने होइन।
39045 तलबलाउनु अ.क्रि भोक; तिर्खा आदि खप्न नसकेर छटपटाउनु भोकतिर्खाले व्याकुल हुनु।
39046 तलबवृद्धि ना. कर्मचारीले खाइपाइआएको वृद्धिक्रम वा नियमअनुसार थपिने काम मासिक तलबमा हुने वृद्धि।
39047 तलबवृद्धि क्रम ना. विभिन्न पदका कर्मचारीहरूको सुरु तलब; वार्षिक वृद्धि र अन्तिम अङ्क खुलाइएको दरबन्दी (पे स्केल)।
39048 तलबाना ना. १. अदालतमा साक्षीहरूलाई डाक्न लगाउनका लागि लाग्ने रकम वा दस्तुर।
39049 तलबाना ना. वि. २. तलबसम्बन्धी ; तलबको।
39050 तलबी वि. १. तलबसम्बन्धी; तलब पाउने वा तलबमा बसेको।