Dictionary

All Word

39101 तसर्थ संयो. त्यसकारण; त्यसउसले।
39102 तसबिर ना. हे. तस्बिर।
39103 तसला ना. फराकिलो पिंध र कोखा परेको खुला मुख हुने भात आदि पकाइने पित्तल; तामा आदिको भाँडो।
39104 तसल्ल / तसल्ली ना. १. कुनै काम कुराको बन्दोबस्त वा सरसल्लाह ठिकठाक।
39105 तसल्ल / तसल्ली ना. (उदा. - अहिलेसम्म घरमा दसैंको किनमेल गर्नेबारे तसल्ल/ तसल्ली भएको छैन।) २. सान्त्वना; धैर्य; ढाडस।
39106 तसै क्रि. वि. त्यसो नै त्यसै (उदा.- जसो भन्छन् तसै सही गरेर कहाँ हुन्छ !)।
39107 तस्कर ना. १. अवैध किसिमका तथा मूल्यवान् वस्तुहरूको चोरीनिकासी गर्ने चोर।
39108 तस्कर ना. २. हिंसक जङ्गली पशु (बाघ; चितुवा आदि।)।
39109 तस्कर व्यापार ना. देवदेवीका प्राचीन मूर्तिहरू; गाँजा; चरेसजस्ता नशादार वस्तु आदि बहुमूल्य र अवैध सामानहरूको चोरीनिकासी गरी लुकीछिपी गरिने व्यापार।
39110 तस्तो वि. त्योजस्तो; त्यस्तो।
39111 तस्तो वि. (उदा.- यो लेख जस्ताको तस्तो छापिदिनुभए बेस हुनेछ।)।
39112 तस्बिर ना. १. क्यामराद्वारा खिँचिने कुनै ठाउँ; वस्तु; दृश्य; मानिस आदिको चित्र; फोटो; तसबिर।
39113 तस्बिर ना. २ कागत; कपडा आदिमा रङ भरेर वा अन्य कुनै साधन तथा सिपले बनाइने त्यस्तै किसिमको आकृति; चित्र; बुट्टा।
39114 तस्बीर ना. हे. तस्बिर।
39115 तस्मै ना. खिर; पायस।
39116 तह ना. १. कुनै क्रियाकलाप वा वस्तुको निर्धारित स्तर वा स्थान।
39117 तह ना. २. कामको ठिक चाँजोपाँजो।
39118 तह ना. ३. पुरातत्त्वका अनुसार उत्खनन गरेका कुण्डको गहिराइमा रहेको माटो आदि वस्तुको एकपछि अर्को खापिएर रहेको लहर; कुण्डमा रहेको तलदेखि माथिसम्म स्पष्ट देखिने जमिनको पत्रैपत्र।
39119 तह ना. ४. खात; चाड; पत्र।
39120 तहकिकात ना. १. कानुनी कारबाईमा मौकाकात; सर्जमिन गर्ने तथा अरू सबुद; प्रमाण जुटाउने काम।
39121 तहकिकात ना. २. पक्कापक्की; तय; जाँच; खोज।
39122 तहखाना ना. जमिनमुनि बनाइएको कोठा वा बस्ने एकोहोरिएर चुहिनु; पानी तर्केर वा तर परेर जानु; बचेखुचेको पनि सबै आउनु।
39123 तहबह ना. कुनै वस्तु वा कुरा तह लगाउने काम; यितिबिति; बन्दोबस्।
39124 तहबितह ना. सम्म परेको र सम्म नपरेको वा अग्लो - होचो भएको ठाउँ वा जमिन।
39125 तहबितह ना. (उदा.- ठुलो धारा लाग्यो तह - बितह हेर्दै जमिनको।
39126 तहबितह ना. - लेखनाथ; तरुणतपसी'।
39127 तहबिल ना. १. अड्डाखानाहरूको रुपियाँ - पैसा राख्ने ढुकुटी।
39128 तहबिल ना. २. कुनै कामका लागि कसैको जिम्मामा रहेको रुपियाँ।
39129 तहबिलदार ना. तहबिलको जिम्मा लिने वा तहबिलसम्बन्धी काम गर्ने कर्मचारी।
39130 तहबिलदारी ना. तहबिलदारको काम वा पद।
39131 तहरिर ना. पुरानो चलनअनुसार निजामती कर्मचारीको हाकिममुनिको एक दर्जा हाकिमभन्दा तल्लो मुख्य कारिन्दा।
39132 तहरो ना. पानीको दर्को; र।
39133 तहऱ्याइ ना. १. तहरिने क्रिया वा प्रक्रिया।
39134 तहऱ्याइ ना. [ तहऱ्याउ + आई] २ तहऱ्याउने क्रिया वा प्रक्रिया।
39135 तहऱ्याइनु क.क्रि. पानी निथारिनु; तर्काइनु।
39136 तहऱ्याउनु प्रे. क्रि. पानी निथार्नु; तर्काउनु।
39137 तहल्का ना. कुनै कार्यकारणबाट हुने चर्को खलबल; खैलाबैला; हल्लाखल्ला।
39138 तहल्का ना. (उदा.- अचेल जताततै महँगीको मारले तहल्का मच्चिएको छ। )।
39139 तहसनहस ना. बिग्रेर भत्केर नासिएर आदि किसिमले स्वाहा हुने स्थिति खत्तम।
39140 तहसिल ना. १. उठतीपुठती वा असुलउपर गर्ने काम।
39141 तहसिल ना. २. त्यस्तो काम गर्ने अड्डा।
39142 तहसिलदार ना. सरकारी रकमकलम; मालपोत आदि उठाउने वा असुलउपर गर्ने व्यक्ति त्यस्तो काम गर्ने कर्मचारीको दर्जा।
39143 तहसिलदारी ना. तहसिलदारको काम वा दर्जा।
39144 तहालु वि. तहतह परेको; पत्रे।
39145 तहिले क्रि. वि. त्यस बेला त्यतिखेर।
39146 ता प्रत्य. नाम वा विशेषण शब्दका पछाडि गाँसिएर भाववाचक नाम बन्ने एक प्रत्यय ( जस्तो मानवता; नम्रता; कोमलता इ. 1)।
39147 ता निपा. कुनै शब्द वा वाक्यमा जोड दिनका लागि प्रयुक्त हुने शब्द ।
39148 ता निपा. (उदा.- कुरो ता ठिकै हो; काम पनि हुनुप-यो। मान्दैन ता सम्झाऊ; जान्दैन ता बुझाऊ।)।
39149 ताँगा ना. टाँगा; टमटम।
39150 ताँत ना. पशुका नसा; आन्द्रा आदि बाटेर बनाइएको डोरी वा तार।