Dictionary

All Word

39051 तलबी वि. २. कुनै जवाफ लिनुपर्ने कुराको माग गरिएको वा त्यसका निम्ति बोलाइएको।
39052 तलमाथि ना. उँधोउँभो; घटीबढी; तलवितल।
39053 तलमाथि ना. ठाउँमा खोज्ने काम केही लुकाई ल्याएको छ कि भनी आङ; मालसामान आदि खोलेर जाँच्ने काम; तायदाती; खोजी।
39054 तलवार ना. हे. तरबार।
39055 तलवार ना. तल्ला बिस।
39056 तलवितल ना. १. कुनै शङ्काजनक अवस्थाको सङ्के।
39057 तलवितल ना. २. होचीअर्घेली; उचनीच।
39058 तलवितल ना. ३. घटीबढी लाभहानि।
39059 तलस्वामी ना. तल वा ग्रामको रेखदेख गर्ने अधिकारी; तलपति।
39060 तला ना. हे. तलो।
39061 तलाउ ना. ठुलो पोखरी; ताल; जलाशय।
39062 तलातल ना. पुराणमा वर्णित तलका सात लोकमध्ये एक।
39063 तलास ना. कुनै कुराको खोजखबर; अनुसन्धान।
39064 तलास ना. १. कपाल कोरी सम्म्याउने काम; कपाल तलास्ने काम।
39065 तलास ना. २. सजावट; शृङ्गार; ठाँट।
39066 तलास्नु सं. क्रि. १. कपाल कोरेर सम्म्याउनु तलास गर्नु।
39067 तलास्नु सं. क्रि. २. सिंगार गर्नु; सजिसजाउ पार्नु।
39068 तली ना. गोरु जोत्दा हलीले गोरुलाई तलतिर लगाउन भन्ने शब्द।
39069 तलुवा ना. जुत्ताको तलतिर रहने; टेकिने पाटो।
39070 तले वि. तला भएको; तलावाल; तलातला परेको; तलैतला भएको।
39071 तलेजु/तलेज्यू ना. नेपालकी राज्यलक्ष्मीका रूपमा मानिएकी एक प्रसिद्ध देवी; तुलजा।
39072 तलेत्रो ना. १. ओछ्यानमुनि वा डसनाको तल बिछ्याइने सतरन्जा; सुकुल आदि।
39073 तलेत्रो ना. २ बिस्कुन सुकाउँदा मान्द्राको तल राखिने गुन्द्री आदि।
39074 तलेसल्लो ना. तलैतला परेर हाँगा निस्कने र मसिना पात हुने एक जातको सल्लो।
39075 तलै तला ना. १. धेरै तला वा खण्ड।
39076 तलै तला ना. २. थाकैथाक; तहतह।
39077 तलैया वि. १. तालको तालसम्बन्धी।
39078 तलैया वि. ना. २ तलाउ।
39079 तलैया माटो ना. तालको पिँधमा जमेको माटो।
39080 तलो ना. घर; मन्दिर आदिमा तल माथि; अग्लो; होचो; छिंडी; चोटो; बुइँगल आदिका विचारले दुई तीन वा धेरै खण्ड पारी बनाइएको एउटा तह वा भाग तला।
39081 तलो ना. (जस्तो भुइँतलो; माथिल्लो तलो बिच तो आदि। )।
39082 तलोविन्दु ना. पैतलामुनिको कुनै विन्दु; शिरोविन्दुको उल्टो स्थिति।
39083 तल्ली वि. १. पछिल्लो।
39084 तल्ली वि. (उदा.- भानिजलाई तल्ली वेद निमुखाग्र छ।
39085 तल्ली वि. २. तलको।
39086 तल्ली वि. (उदा. - पल्लीबेसीमा भन्दा तल्लीबेसीमा धान धेरै हुन्छ।)।
39087 तल्लीवेद ना. शुक्ल यजुर्वेदका एक्काइसौं अध्यायदेखि चालीस अध्यायसम्मको उत्तरखण्ड।
39088 तल्लीन वि. कुनै काममा एकचित्त भएर लागेको; तनमन दिएको; एकाग्र भएको।
39089 तल्ली बिस ना. १. पछिल्लो बिस।
39090 तल्ली बिस ना. २ चालिस अध्याय वेदको उत्तरार्ध पछिल्लो बिस अध्याय वेद।
39091 तल्ली बेसी वि. तल पर्ने बेसीको नाउँ; पुछारको बेसी।
39092 तल्लो वि. १. तलतिरको मन्तिरको।
39093 तल्लो वि. २. निम्न कोटिको।
39094 तल्सिङ ना. ठेकिएको बाली लिने गरी मोहीलाई जग्गा कमाउन दिने व्यक्ति; जग्गाधनी।
39095 तल्सिङ बोटी ना. जग्गाधनीले जग्गा कमाउने मोहीबाट पाउने बाली वा ठेक।
39096 तवर ना. १. किसिम; भाँती।
39097 तवर ना. २ उपाय; तरिका।
39098 तवर ना. ३. चालचलन; बानीबेहोर।
39099 तवर ना. ठाउँ सुरुडघर।
39100 तस सर्व. (उदा.- जसतसलाई बोलाएर काम बन्दैन; तहरिनु - अ.क्रि. [ तहरो + इ + नु] भिजेका कुनै वस्तुबाट पानी पक्का मानिस चाहिन्छ।)।