Dictionary

All Word

38951 तर्कनु अ.क्रि. नसा आदि खिचिनु वा तानिनु।
38952 तर्कना ना. मनमा उठ्ने सोचविचार; तर्क।
38953 तर्कारी ना. हे. तरकारी।
38954 तर्कवितर्क ना. परस्परमा गरिने छलफल; वादविवाद; बहस।
38955 तर्कवितर्क ना. २. मनमा कुरा खेलाई मनैमा विचार गर्ने काम।
38956 तर्कविद्या ना. तर्कशास्त्र; न्यायशास्त्र।
38957 तर्कशास्त्र ना. तर्कसम्बन्धी नियम; सिद्धान्त आदिको निरूपण तथा विवेचना गरिएको शास्त्र |
38958 तर्कसङ्गत वि. १. तर्कद्वारा सिद्ध गरिएको कुरा वा मत)।
38959 तर्कसङ्गत वि. २. युक्तियुक्।
38960 तर्काइ ना. १. देखेको नदेख्यै गरी वा रिसाएर हिँड्ने काम।
38961 तर्काइ ना. २. तर्कने तथा तर्काउने क्रिया वा प्रक्रिया; पानी आदि तरल वस्तुको चुहाइ।
38962 तर्काइ ना. ३. खिँच्ने काम; तनाइ।
38963 तर्काइनु क.क्रि. १. देखेको नदेख्यै गरी हिँडाइनु।
38964 तर्काइनु क.क्रि. २. चुहाइनु नियारिनु।
38965 तर्काइनु क.क्रि. ३. तर्कन लाइन; तनाइनु।
38966 तर्काउनु प्रे.क्रि १. देखेको नदेख्यै गरी हिँडाउनु।
38967 तर्काउनु प्रे.क्रि २. चुहाउनु; तहऱ्याउनु।
38968 तर्काउनु प्रे.क्रि ३. तर्कन लाउनु; तनाउनु।
38969 तर्कातिर्की ना. रिसले परस्परमा आँखा तर्ने काम।
38970 तर्किनु अ.क्रि. हे. तर्कनु।
38971 तर्कुल्ले ना. अक्षरको तलतिर दिइने हस्व उकारको चिह्न ( ु)।
38972 तर्को ना. १. तर्किने काम ; झर्को; ततर्को।
38973 तर्को ना. २. करकर।
38974 तर्क्य वि. तर्क गर्न योग्य; तर्क गर्नुपर्ने; विवेचनीय |
38975 तार्क्यइ ना. तर्किने काम वा किसिम।
38976 तर्क्याहट ना. तर्किने किसिम वा अवस्था।
38977 तर्ज ना. १. बनावट वा शैलीअनुसार कुनै वस्तुको आकारप्रकार वा स्वरूप; किसिम।
38978 तर्ज ना. २. त्यस्तो विशेष ढाँचा वा प्रणाली।
38979 तर्ज ना. ३. सङ्गीतको लय वा शैली।
38980 तर्जन ना. १. धम्क्याउने वा डर देखाउने काम।
38981 तर्जन ना. २. झपार्ने; फट्कार्ने; हपार्ने काम।
38982 तर्जनी ना. बुढीऔँलानेरको औँलो; चोरऔँलो।
38983 तर्जित वि. डर देखाइएको धम्काइएको।
38984 तर्जुमा ना. १. कुनै काम गर्न थाल्दा गरिने इन्तिजाम; बन्दोबस्त प्रबन्ध।
38985 तर्जुमा ना. २. ऐननियम आदिको मस्यौदा।
38986 तर्पण ना. १. स्मृतिशास्त्रअनुसार देवता; ऋषि र पितृहरूको नाउँ लिएर कुश; तिलसहित अँजुली वा अर्घद्वारा पानी चढाउने 4काम जलदान क्रिया।
38987 तर्पण ना. २. तृप्त पार्ने काम।
38988 तर्पनु स.क्रि. १. दान गर्नु; अर्पनु।
38989 तर्पनु स.क्रि. २. सङ्कल्प गर्नु।
38990 तर्पनु स.क्रि. ३. माया मार्नु।
38991 तर्पा ना. तर्पने भाव; क्रिया वा प्रक्रिया।
38992 तर्पाइनु क. क्र. तर्पन लाइनु।
38993 तर्पाउनु प्रे. क्रि. तर्पन लाउनु।
38994 तर्पित वि. १. तर्पण दिइएको।
38995 तर्पित वि. २. तृप्त गरिएको।
38996 तर्पिनु सं. क्रि. १. तर्पनु।
38997 तर्पिनु सं. क्रि. क.क्रि. २. तर्पने काम गरिनु; दान गरिनु।
38998 तर्कना ना. मनमा उठ्ने सोचविचार; तर्क।
38999 तर्फ ना. यो. १.कतैपट्टि ; तिर; तरफ।
39000 तर्फ ना. यो. २. उपाय; युक्ति।