Dictionary

All Word

39201 तागाधारी ना. १. जनै लाउने जाति; द्विजाति।
39202 तागाधारी ना. वि. २. जनै लाउने।
39203 तागोतगारो ना. घरजग्गाको साँध-सिमाना; बार वा गो।
39204 ताछ्नु स.क्रि. १. हतियारद्वारा कुनै पनि वस्तुको बाहिरी भाग ( ताला; बोक्रा आदि) खुर्कनु; बोक्रा फाल्नु।
39205 ताछ्नु स.क्रि. २. खुत्त्याउनु तछार्नु।
39206 ताछतुछ ना. ताछ्ने र खुर्कने काम।
39207 ताज ना. १. राजमुकुट; शिरपेच।
39208 ताज ना. २ गन्जिफाको एक रङ।
39209 ताज ना. ३. असल; उम्दा।
39210 ताजन ना. घोडालाई पिट्ने र तह लाउने छडी।
39211 ताजा वि. १. नसेलाएको वा बासी नभएको; साजी (खानेकुरा )।
39212 ताजा वि. २. भर्खर टिपेर ल्याइएको; नओइलाएको ( फलफूल )।
39213 ताजा वि. ३. आलो; ताजा (कुरा; खबर आदि)।
39214 ताजी ना. १. अरब देशमा पाइने एक जातको घोडा।
39215 ताजी ना. २. एक जातको घरपालुवा कुकुर।
39216 ताजुप / ताजुब वि. १. छ्क पार्ने अनौठो खालको।
39217 ताजुप / ताजुब वि. ना. २. अचम्म; आश्चर्य; छक्क।
39218 ताड्नु स.क्रि. १. गुप्त रूपमा रहेको वा थाहा नभएको कुरो पत्ता लाउनु; पारख गर्नु।
39219 ताड्नु स.क्रि. २. कस्तो रहेछ भन्ने कुरो खुट्ट्याउनु; लख गर्नु; अनुमान गर्नु; अडकल्नु।
39220 ताड ना. हाँगाबिंगा नहुने; सोझो टुप्पामा ठुलठुला पात हुने तगरजस्तो एक रुख।
39221 ताडक वि. ताडन गर्ने; प्रहार गर्ने; पिट्ने।
39222 ताडका ना. रामायणमा वर्णित रामचन्द्रद्वारा मारिएकी एक प्रसिद्ध राक्षसी।
39223 ताडन / ताडना ना. १. कुटीपिटी तह लगाउने काम; कुटाइ।
39224 ताडन / ताडना ना. २. सपार्ने उद्देश्यले दिइने शासना; चोट; सजाय।
39225 ताडनी ना. कोर्स।
39226 ताडपत्र ना. १. ताडवृक्षको पात (यसमा प्राचीन कालमा ग्रन्थहरू लेखिन्थे।) २. कानका लोतीमा झुन्डिने गरी लगाइने गहनाविशेष।
39227 ताडित वि. शासना दिइएको पिटिएको।
39228 ताडिनु ना. ताड्ने काम गरिनु; पिटिनु।
39229 ताडी ना. १. ताडको रुख।
39230 ताडी ना. २. ताङको रुखबाट निकालिने एक किसिमको नशादार रस वा मद्य।
39231 ताण्डव ना. उफ्राइ- कुदाइ बेसी हुने शिवको प्रसिद्ध नृत्य; पुरुषले नाच्ने उद्धत नृत्य।
39232 तात ना. १. पिता; बाबु।
39233 तात ना. २. आदरणीय व्यक्ति वा मान्यजन।
39234 तात ना. ३. आफूभन्दा सानो व्यक्तिलाई स्नेहपूर्वक गरिने सम्बोधन।
39235 तातापानी ना. १. जमिनमुनिबाट गन्धक; चुन आदिको संयोगले तातेर निस्केको पानी।
39236 तातापानी ना. २. काठमाडौंबाट चीनको तिब्बती क्षेत्रमा जाने बाटोमा पर्ने मितेरी साँघुको नजिकै अरनिको राजमार्गको छेवैमा रहेको त्यस्तो पानी भएको प्रसिद्ध ठाउँ।
39237 तातिनु अ.क्रि. तातो होइन; गर्मिनु।
39238 तातिल ना. अड्डाखानाहरूमा बिदा भएको दिन; छुट्टी ; तातेल।
39239 ताती / ताते ना. बिस्तारै हिँड्ने काम हिँडाइ (बालबोलीमा)।
39240 तातो ना. हे. तातिल।
39241 तातो वि. १. आगो; घाम आदिको राप भएको; तातेको; गर्मी।
39242 तातो वि. २. शरीरमा हुने मधुरो उष्णताका किसिमको न्यानो।
39243 तातो वि. ना. ३. पोल्ने वा डाम्ने आँच उष्णता; गरम ताप।
39244 तातो वि. ४. कामको उत्साह वा जाँगर।
39245 तातोछारो ना. तातो पनि छारो पनि महत्त्वहीन स्थिति।
39246 तातो न छारो वि. केही न केही; सार नभएको।
39247 तातोन्यानो ना. १. तातो खानेकुरा र न्यानो वस्त्र।
39248 तातोन्यानो ना. २. तातो र न्यानो।
39249 तातो रगत ना. भखरै निस्केको वा आलो रगत; जोस र रिसमा उम्लने रग।
39250 तातो रिस ना. झडङ्ग उठेको रिस।