Dictionary

All Word

39351 तामे वि. १. तामा धातुको वा तामाजस्तो ताम्रसम्बन्धी।
39352 तामे वि. २. तामाको जस्तो रङ भएको।
39353 तामे ढुकुर ना. प्वाँखमा राताराता छिर्का हुने ठुलो जातको 'ढुकुर।
39354 तामेल ना. १. कामको समाप्ति; तयारी; तामिल / तामिली।
39355 तामेल ना. २. आज्ञापालन।
39356 तामेली ना. तामेल गर्ने काम वा अवस्था; काम पूरा भएको स्थिति; तामिली।
39357 तामेस ना. मुजुरका पुच्छर झैं उठेको; गजाले रेटेर बजाइने पन्ध्रवटा तार लागेको; इसराजजस्तो एक तारबाजा।
39358 तामो ना. ताम्र; ताँबो।
39359 तामोतुलसी ना. धर्म सम्झिँदा वा भाक्दा हातमा लिइने तामाको द्रव्य र तुलसीको पत्र।
39360 ताम्बा काइतेन ना. बिहे; भोजभतेर आदिमा गाइने धार्मिक विषयवस्तु भएको तामाङ जातिमा प्रचलित एक लोकगी।
39361 ताम्बुल ना. १. खयर; चुना; सुपारी; मसला आदि हालेर बनाइने पानको बिडा।
39362 ताम्बुल ना. २. पानको पात वा लहरो।
39363 ताम्बुल वल्ली ना. पानको लहरो।
39364 ताम्बुल वीटिका ना. पानको बिडा।
39365 ताम्बूलिक वि. पान बेच्ने (व्यक्ति); बरही।
39366 ताम्र ना. १. एक किसिमको थोरै रातो खनिज धातु।
39367 ताम्र ना. २. एक किसिमको कुष्ठरोग।
39368 ताम्र ना. वि. ३. तामाले बनेको तामाका रङको।
39369 ताम्रक ना. ताम्र; तामा।
39370 ताम्रकार ना. तामा; पित्तल आदिका भाँडाकुँडा बनाएर जीविका गर्ने जाति वा व्यक्ति; तमौटे।
39371 ताम्रपट्ट पत्र ना. दानपत्र आदि लेखेर दिइने अक्षर कुँदिएको तामाको पातो।
39372 ताम्र पत्र ना. तामाको पातामा लेखिएको अभिलेख; तामापत्र।
39373 ताम्रपल्लव ना. अशोक वृक्ष।
39374 ताम्रयुग ना. मानिसले तामाका भाँडाकुँडा; हतियार आदि उपयोगमा ल्याउन थालेको; ढुड्गे युगपछिको प्राचीन समय।
39375 ताम्रवर्ण वि. तामाका रङको; रक्तवर्णको।
39376 ताम्रवल्ली ना. रत्नाउलो झारविशेष।
39377 ताम्रिङ ना. मुजुरा लागेको; खैंजडीका ढाँचाको ठोकेर बजाइने एक प्रकारको बाजा।
39378 ताम्लो ना. गुरुङ जातिका स्त्रीहरूले कम्मरमुनि गुन्यूँमाथि लाउने; कालो मखमलको तीनकुने वस्त्र कर्मु।
39379 तायजात / तायदात ना. १. फौज्दारीसम्बन्धी गहन अपराधका अभियुक्तको अपराध सिद्ध भएमा वा कसैले सरकारी धनमाल मासेर खाएमा सरकारद्वारा निजहरूको सम्पत्ति जफत गर्ने काम; जायजेथा; सर्वस्व।
39380 तायजात / तायदात ना. २. सङ्ख्या; गन्ती।
39381 तायदाती वि. तायदातसम्बन्धी; तायदातको।
39382 तायदाती फाराम ना. तायदात गर्दा राखिने सम्पत्ति वा धनमालको विवरण; मुद्दासम्बन्धी प्रयोजनीय कागतपत्रको पञ्जिका।
39383 तायो ना. घाँटीमा लगाइने एक प्रकारको गहना।
39384 तार्नु स.क्रि. १. नदीनालाहरूमा कुनै वस्तु; मानिस आदि वारिपारि पुयाउनु पार लगाउनु।
39385 तार्नु स.क्रि. २. दुःखसङ्कटबाट उद्धार गर्नु; उतार्नु।
39386 तार्नु स.क्रि. ३. पितृहरूलाई मुक्त पार्नु।
39387 तार्नु स.क्रि. ४. पानी नहालीकनै घिउ; तेल आदिमा तरकारी आदि भुट्नु वा पकाउनु।
39388 तार; ना. १. धातुको मसिनु डोरो।
39389 तार; ना. २. दूरसञ्चारका माध्यमले आउने खबर।
39390 तार; ना. ३. त्यस्तो सञ्चारका निम्ति प्रयोग गरिने सङ्क्षिप्त नाम।
39391 तार; ना. ४. सङ्गीतको उच्चस्वर।
39392 तार ना. हाँगाबिंगा केही नहुने; टुप्पामा ठुला पात हुने; सोझो सुरिलो एक जातको रुख; ताड।
39393 तारक वि. १. पार लगाउने; तार्ने; उद्धारक।
39394 तारक वि. ना; २ . तारा।
39395 तारक वि. ३. आँखाको नानी।
39396 तारक वि. ४. रामको षडक्षर मन्त्र ( ॐ रामाय नमः)।
39397 तारक वि. ५. चार सगण र एक गुरु भएको एक छन्द।
39398 तारक चिह्न ना. १. विशेष खोलुवा दिन वा महत्त्व प्रदर्शित गर्नलाई छापा वा लिपिमा प्रयोग गरिने ताराजस्तो चिह्न ( * ) २. अव्याकरणिक रूप जनाउन प्रयोग गरिने चिह्न।
39399 तारका ना. १. आँखाको नानी।
39400 तारका ना. २ . तारा; नक्षत्र।