Dictionary

All Word

39451 तारिनु क.क्रि. तार्ने काम गरिनु।
39452 तारिफ ना. १. असल गुणहरूको बढाइँ; प्रशंसा; सहनी।
39453 तारिफ ना. २. कुनै कुराको विवरण वा वर्णन।
39454 तारी ना. १. सुनवँरा।
39455 तारी ना. २. पटुवा काट्दा चार मुठाबाट एक किलो पाट बन्ने हिसाबले बनाइने सानो एकाइ; मुठी।
39456 तारु ना. मसिना पात हुने; झुस नहुने; बलियो चिल्लो जातको बाँस।
39457 तारुण्य ना. तरुण हुनाको भाव वा अवस्था; तन्नेरीपन; युवावस्था; जवानी; यौवन।
39458 तारे वि. १. चाँदे (पशु)।
39459 तारे वि. २ तारा भएको; ताराजस्तो।
39460 तारे वि. तार लागेको; तार भएको।
39461 तारे वि. (उदा.- त्यस्तो तारे बारमा कसरी जाने ? कर नलाऊ है!)।
39462 तारेक ना. हे. तारिख।
39463 तारे भिर ना. साह्रै अग्लो र कहालीलाग्दो ठाडो पहरे भीर।
39464 तारेमाम ना. बौद्धमार्गीबिच प्रचलित एक प्रकारको अभिवादन ; नमस्कार।
39465 तारैतार क्रि. वि. पटकैपिच्छे तारनतार।
39466 तारो ना. बाण; गोलीजस्ता अस्त्रले ताकिने निशाना; लक्ष्य।
39467 तारो हनाइ ना. तारो हान्ने काम।
39468 तार्किक वि. १. तर्कशास्त्र जान्ने (व्यक्ति); तत्त्ववेत्ता; दार्शनिक; नैयायिक।
39469 तार्किक वि. २. तर्क वा तर्कशास्त्रको तर्क वा तर्कशास्त्रसम्बन्धी।
39470 तार्किक प्रश्न ना. तर्कयुक्त प्रश्न।
39471 तार्किक शैली ना. लेखाइमा लामा वाक्य; प्रचुर विशेषण र बौद्धिकता बेसी भएको; अलि कठिन भईकन बुँदायुक्त; गहकिलो तथा विचारात्मक हुने; ओज गुण भएको एक शैली।
39472 तार्की ना. मदानीको टुप्पामा जडिएको तार।
39473 तार्कु वि. ताराजस्तो चिह्न भएको; निधारमा सेतो टीका हुने (गाई; बाछी)।
39474 तार्के वि. ताराजस्तो चिह्न भएको; निधारमा ताराकार सेतो टीका हुने (गोरु आदि)।
39475 तार्के घ्याङ ना. सिन्धुपाल्चोक जिल्लामा पर्ने बौद्धमार्गी लामाहरूको प्रसिद्ध धार्मिक स्थल (गुम्बा)।
39476 तार्के जुरेली ना. एक जातको जुरेली चरो।
39477 तार्के बाँस ना. तामाबाँसभन्दा अलि मसिना पात र खँदिलो हुने एक प्रकारको बाँस।
39478 ताल ना. पानी प्रशस्त जमेको ठाउँ; ठुलो प्राकृतिक पोखरी; दह।
39479 ताल ना. १. नाचगानको ढङ्ग वा पारा; छाँट; चाल।
39480 ताल ना. २. खुसी प्रकट गर्दा दुई हत्केला बजाएर निकालिने शब्द; ताली।
39481 ताल ना. ३. मादल; तबला; झ्याम्टा आदि ठोकेर वा जुधाएर बजाइने बाजाको मात्रा।
39482 ताल ना. ४. ढोकाको आग्लो खोल्ने वा लगाउने फलामे साधन।
39483 ताल ना. ५. झ्यालढोकाको चौकोस कस्नाका निम्ति गाह्रोमा तेस्याइने लामो काठ।
39484 ताल ना. ६ ताडको रुख।
39485 ताल ना. ७. कामगराइको चोटि वा पटक।
39486 ताल ना. ८. सन्जोग; मौका।
39487 तालगाँठी ना. १. कुनै कामकाजको प्रबन्ध चाँजोपाँजो।
39488 तालगाँठी ना. २. कुनै कुराको भित्री अभिप्राय; रहस्य।
39489 तालबारी वि. अनेक ताल झिक्ने; आफ्नै तालको; अनौठो।
39490 तालद्वार ना. झ्यालढोकाहरू लगाउने र बन्द गर्ने साधन; साँचोमुचो; तालाकुन्ज।
39491 ताल न सुर ना. छाँट न काँट; रङ्ग न ढङ्ग।
39492 तालपत्र ना. हे. ताडपत्र।
39493 तालपर्णी ना. जङ्गलमा पाइने एक जातको सुप।
39494 तालफल ना. नरिवलको आकारको भित्रपट्टि पानी हुने एक प्रकारको फल; ताडको फल।
39495 तालमखाना ना. लामालामा पात हुने; हाँगा र डाँठका बिचमा काँडादार गाँठा फल्ने; सेता वा नीला जुहीका जस्ता फूल फुल्ने एक जातको बुटी वा त्यसैको फल।
39496 तालमान ना. चित्र; मूर्ति आदि बनाउँदा आकृतिको ठिक अनुपात मिलाइने त्रिकोण; वृत्त आदि।
39497 तालमाल ना. तालमेल।
39498 तालमेल ना. १. कामकुराको परिपञ्च वा चाँजोपाँजो; ठिक्क हुने वा मिल्ने काम।
39499 तालमेल ना. २. दुई समूह वा दलबिचको मिलेमतो।
39500 तालव्य वि. तालुस्थानबाट उच्चारित हुने (ध्वनि)।