Dictionary

All Word

39601 तितीक्षु वि. सहन सक्ने; सहनशील।
39602 तिते ना. १. काँक्राको भेट्नुपट्टिको तितो हुने भाग।
39603 तिते ना. २. भटमासका जस्ता पात हुने र फापरका जस्ता गेडा फल्ने एक जातको दुधिलो भार।
39604 तितेकरेला / करेलो ना. घिरौंलाका जस्ता पात हुने; लहरामा लाम्चा फल फल्ने; बाहिरी सतह एकैनास नभएका; भित्र राता बियाँ हुने र तितो स्वाद हुने; करेलाको एक जा।
39605 तिते गोलकाँक्री ना. तितो स्वाद हुने एक जातको गोल काँक्री।
39606 तिते घाँस ना. सानोसानो बुटो हुने; तितो स्वादको एक जातको घाँस।
39607 तितेचिराइतो ना. ठुल्ठुला लाम्चा पात हुने; तुलसीको जस्तो फूल फुल्ने र रातो डाँठ हुने एक जातको चिराइतो; किराततिक्।
39608 तिते भार ना. सुल्टोपट्टि हरियो र उल्टोपट्टि प्याजी रङको हुने; तितो स्वादको; विषमज्वरमा ओखतीका निम्ति उपयुक्त मानिने।
39609 तितेतुम्बा ना. तितो स्वाद हुने एक जातको तुम्बा।
39610 तितेपाती ना. गोदावरीका जस्ता पात हुने; मञ्जरीका रूपमा फूल फुल्ने; चर्को गन्ध आउने; तितो स्वादको झारविशेष।
39611 तितेफापर ना. फापर जस्तै तर खाँदा अलि तितो हुने एक प्रकारको फापर।
39612 तितेमाछो ना. भेलमा बगेर आउने; तितो स्वाद हुने; एक किसिमको माछो।
39613 तितेनी वि. तीतेपातीको घारी।
39614 तितो वि. करेलो; नीम; चिराइतो आदिका स्वादको;।
39615 तितौरा ना. १. भिजाएको चना; मास; मुगी; आलु आदि पिंधेर हुँडली बनाएको लेदाको ससाना डल्ला पारी सुकाइएको तरकारीविशेष।
39616 तितौरा ना. २. आँप; अमला; लप्सी आदिको लेदोमा नुन; मसला वा चिनी हालेर मट्याङ्ग्राजस्तो पारी सुकाई बनाइएको खानेकुरा।
39617 तितौरी ना. सानो वा स्नेह जनाउँदा तितौरालाई भन्ने शब्द।
39618 तितौली ना. काँक्राको अलिअलि तितो हुने भेट्नुपट्टिको अंश।
39619 तित्तिरि ना. १. नृत्यमा पाउ राख्ने एक प्रकारको चाल।
39620 तित्तिरि ना. २. यजुर्वेदको एक शाखा।
39621 तित्तिरि ना. ३. त्यस शाखाका प्रवर्तक ऋषि।
39622 तित्तिरि ना. ४. तित्रो।
39623 तित्रा पड़खी वि/ ना हे. तितरीपङ्खी।
39624 तित्री ना. खँदिलो साहो काठ हुने अमलाका जस्ता पात हुने; कोसाभित्र काँचो छँदा अमिलो र पाकेपछि अमिलो र\ गुलियो गुदी हुने फल फल्ने बोट; त्यसै बोटको फल; अमिली।
39625 तित्रे वि. तित्रोजस्तो; तित्राका ढाँचाको।
39626 तित्रे बादल ना. तित्राका पखेटाको बुट्टाजस्तो परेको बादल; तित्रापङ्खी वा तितरीपङ्खी बादल।
39627 तित्रो ना. छिरबिरे रातो चुच्चो र रातै खुट्टा भएको; निकै जोडले कुद्ने; उड्दा भ्याटाटा आवाज आउने र बास्दा तीनताराचित्रिक् गरेको सुनिने; च्याखुरोजो चरो।
39628 तिथि ना. चान्द्रमानका गणनाअनुसार आउने तथा घटबढ हुने शुक्लपक्ष र कृष्णपक्षका कुनै पनि दिन परेवादेखि औँसी वा पूर्णिमासम्मका दिन।
39629 तिथि ना. २. श्राद्ध गर्ने दिन मिति।
39630 तिथित वि. कुनै तिथि वा महिनाको गते; वार आदि तोकिएको; दिनाङ्कित (पत्रादि )।
39631 तिथिपत्र ना. पञ्चाङ्ग; पात्रो।
39632 तिथिमिति ना. चान्द्र दिन तथा सौर दिन; महिना; गते; वार आदि।
39633 तिन सर्व ती' शब्दको विभक्ति प्रत्यय लाग्दा हुने तिर्यक् रूप; उन।
39634 तिनाधान ना. पानी भएको जमिनमा उम्रने; लामालामा जुँगा हुने एक जातको जङ्गली धान।
39635 तिनिमुनी ना. धुन्या बाजासमूहमा बजाइने र भजनहरूमा सहायक ताल बाजाको रूपमा प्रयोग गरिने; फलामको सानो डन्डीले पिटेर बजाइने फलामकै तीनकुने बाजा।
39636 तिन्छु ना. झ्याली परिवारको सबैभन्दा सानो एक बाजा।
39637 तिप ना. माछा मार्न प्रयोग गरिने चोयाले बुनेको साधन; खोंगा।
39638 तिब्बत ना. नेपालको उत्तरी सिमानामा रहेको जनगणतन्त्र चीनको एक स्वशासित प्रदेश।
39639 तिब्बती वि. तिब्बतमा बस्ने वा हुने; ब्बतसम्बन्धी; तिब्बतको।
39640 तिब्बती शाखा ना. युरेसिया खण्डका विभिन्न भाषिक परिवारमध्ये एक शाखा।
39641 तिब्री ना. पहाडको चुचुरो टाकुरो; टिउरी।
39642 तिब्रीकोट ना. कर्णाली अञ्चलअन्तर्गतको एक जिल्ला।
39643 तिमि ना. १. ज्यादै ठुलो आकारको एक जातको समुद्री माछो।
39644 तिमि ना. २. समुद्र।
39645 तिमिर ना. १. अँध्यारो वा धमिलो।
39646 तिमिर ना. २. फलाममा लागेको खिया।
39647 तिमिर ना. ३. रतौंधी।
39648 तिमिरमय वि. १. अँध्याराले ढाकेको; चारैतिरको अँधेरो।
39649 तिमिरमय वि. ना. २. ग्रहण।
39650 तिमिरमय वि. ३. राहु।