Dictionary

All Word

39701 तिरिमिरी झ्याइँ ना. २. ज्यादा चम्किलो वस्तु हेर्दा आँखाले ठम्याउन नसकिने स्थिति।
39702 तिरिमिरी झ्याइँ ना. ३. जिल्ल पर्ने चाल।
39703 तिरिमिरी झ्याइँ ना. क्रि. वि. ४. तिरमिर हुने गरी।
39704 तिरिस ना. लामो; मोटो र टाउको सानो हुने एक जातको सर्प।
39705 तिरुवा वि. १. तिरो तिर्नुपर्ने; तिरो लागेको।
39706 तिरुवा वि. २ तिर्ने।
39707 तिरुवा बिर्ता ना. केही पोता लागेको बिर्ता जग्गा।
39708 तिरुवा माफी बिर्ता ना. तिरो तिर्न नपर्ने बिर्ता जग्गा।
39709 तिरुवा माफी बिर्ता ना. (अचेल यस्ता जग्गा खारिज गरी रैकरमा परिणत भएका छन्।)।
39710 तिरो ना. जग्गाको पोत; कुत वा बाली; मालपोत; भूमिकर।
39711 तिरोतारो ना. मोहीले तल्सिङलाई बाली तिर्ने काम; तिरोभरो।
39712 तिरोधान ना. लोप हुने काम; हराउने वा बिलाउने स्थिति; तिरोभाव।
39713 तिरोभरो ना. मोहीले तल्सिङलाई बाली तिर्ने काम; तिरोतारो।
39714 तिरोभाव ना. अन्तर्धान; तिरोधान।
39715 तिरोहित वि. १. गायब भएको लुप्।
39716 तिरोहित वि. २. छोपिएको ; ढाकिएको।
39717 तिर्की ना. १. तासको तीन फुट्टी भएको चक्की।
39718 तिर्की ना. २. पच्चिस का खेलको एक दाउ तिया।
39719 तिर्खा ना. १. पानी आदि खाने इच्छा; प्यास; पिपासा।
39720 तिर्खा ना. २. आफूलाई मन परेको वस्तु पाउने तीव्र इच्छा; तृष्णा; तिर्सना।
39721 तिर्खाइ ना. तिर्खाउने क्रिया वा प्रक्रिया; तिर्खा लागेको अवस्था।
39722 तिर्खाइनु ना. तिर्खा लागिनु।
39723 तिर्खाउनु अ.क्रि. पानी खान मन लाग्नु; तिर्खा लाग्नु।
39724 तिर्खालु वि. तिर्खाएको वा तिर्खाइरहने; तृषित; प्यासी।
39725 तिर्जा ना. १. पुरानो चलनअनुसार सैनिक अफिसर जवानहरूले जागिरको सट्टा बाली मात्र उठाई खान पाउने गरी पाएको जग्गाको रसिद; जागिरबापत तोकिएको बाली उठाई खान पाउने रसिद।
39726 तिर्जा ना. २. जग्गाजमिनको नम्बरी प्रथा वा त्यस्तो जग्गालाई।
39727 तिर्थे वि. तीर्थस्नानको; तीर्थसम्बन्धी; तीर्थको।
39728 तिर्थेभाइ ना. तीर्थ जाँदा सँगै जाने साथी; तीर्थ जाने साथी।
39729 तिर्थेभोज ना. तीर्थ गरी फर्केर आउने यात्रीहरूले नाताकुटुम्ब; इष्टमित्रलाई खुवाउने भोज।
39730 तिर्यक् वि. १. छड्के; टेढो; बाङ्गो।
39731 तिर्यक् वि. ना. २. पशुपक्षी आदि प्राणी।
39732 तिर्यक् कारक ना. मूल रूप विकृत भएको वा विभक्ति चिह्नसहितको रूप (जस्तै - 'छोरो' को छोरा। )।
39733 तिर्यग्जाति ना. तेर्सो बढ्ने जाति; पशुपक्षी।
39734 तिर्र क्रि. वि. बिस्तार थोरै बेर पानी पर्ने वा धारो आदि खस्ने गरी।
39735 तिर्सना ना. १. खानेपिउने इच्छा।
39736 तिर्सना ना. २. कुनै कुरा पाउने मनको धोको अभिलाषा।
39737 तिर्सना ना. 3. कुनै काममा एकचित्त भएर लाग्ने उत्सुकता।
39738 तिल ना. १. लाम्चा मसिना पात हुने; सेता वा नीला फूल फुल्ने तीनपाटे कोसा फल्ने एक जातको अन्न वा त्यसको बोट।
39739 तिल ना. २. त्यसैको कोसाभित्र हुने; पेल्दा राम्रो तेल आउने; अचार खाइने र देवपितृकार्यमा चाहिने विशेषतः कालो; खैरो र सेतोसमेत तीन रङका हुने; मसिना; थेप्चा गेडा।
39740 तिल ना. 3. शरीरमा हुने सानो दाग वा चिन; कोठी।
39741 तिलक ना. १. होम गर्दा डढेको चरुहरूको कालो टिको।
39742 तिलक ना. २. निधार; छाती र पाखुरामा लगाइने चन्दन; केसर आदिको चिह्न।
39743 तिलक ना. ३. वैवाहिक सम्बन्ध स्थिर गर्दा दुलहीपक्षबाट दुलहालाई दिइने रीतभाँतअनुसारको द्रव्य।
39744 तिलक ना. ४. राज्याभिषेकको कर्म।
39745 तिलक ना. ५. चन्दन; टिको।
39746 तिलकपाती ना. कुनै मङ्गलकार्य सकिएपछि पुरोहितबाट लगाइने तिलक र फूलपाती।
39747 तिलकमुद्रा ना. भक्तहरूले शरीरमा लाउने चन्दनको शङ्ख; चक्र आदिको चिह्न वा छाप।
39748 तिलकाने वि. १. कानमा सेता तिलजस्ता मसिना टीका हुने (बाखो)।
39749 तिलकाने वि. स्त्री तिलकानी।
39750 तिलकाने वि. ना. २. एक जातको भारविशेष।