Dictionary

All Word

39801 ती सर्व तृतीय पुरुष बहुवचनमा प्रयोग हुने 'त्यो' शब्दको बहुवचन वा आदरार्थी रूप।
39802 तीक्ष्ण वि. १. तिखारिएको तिखो धारिलो।
39803 तीक्ष्ण वि. २. प्रखर तीव्र टाठो।
39804 तीक्ष्ण वि. ३. गरम; उष्ण; कटु स्वभावको; कर्कश; सहिनसकिने।
39805 तीक्ष्ण वि. ४. तिक्खर स्वादको।
39806 तीक्ष्णकन्द ना. भित्र खोक्रा भएका हरिया लामा पात हुने; लामो डाँठमा सेतो डल्लो गुच्छा भएर टुप्पामा फुल्ने; माटोमुनि आलु जस्तै गोल; थेप्चा दाना फल्ने; तरकारी; मसला र औषधीका काममा आउने; पहेँलो; रातो र सेतो तीन थरी बोक्रा हुने प्रसिद्ध कन्द।
39807 तीक्ष्णता ना. तीक्ष्ण हुनाको भाव वा स्थिति।
39808 तीक्ष्णदृष्टि वि. साह्रै सूक्ष्म कुरा पनि भित्रैसम्म गहिरिएर बुझ्न सूक्ष्मदृष्।
39809 तीक्ष्णबुद्धि वि. तिखो बुद्धि भएको; बुद्धिमान् कुशाग्र।
39810 तीखो वि. हे हे. तिखो।
39811 तीज ना. हे. तिज।
39812 तिजरो ना. हे. तिजरो।
39813 तीजे ना. हे. तिजे।
39814 तीते ना. हे. तिते।
39815 तीतो वि. हे तितो।
39816 तीन ना. १. दुईपछिको सङ्ख्या; दुई र एकको जोड।
39817 तीन ना. वि. २. दुई र एकका योगसङ्ख्याको।
39818 तीनअन्नी ( तीनन्नी) ना. नेपालमा पहिले चलेको तीन आना मूल्यको पैसा।
39819 तीनआँख्ले ना. तीनतारे।
39820 तीनकाना ना. तीन पोट पर्ने पासाको एक दाउ।
39821 तीनखुट ना. थारूहरूमा प्रचलित कन्या साटासाट गर्न नपाएमा तेस्रो घरकी कन्या मिलाइदिने चलन।
39822 तीनखुट ना. (यसो गर्दा तेस्रो पक्षले पहिलो पक्षलाई कन्या दिने मात्रै हुँदा झाडा पाउँछ। हे. झाडा पनि।)।
39823 तीनगिर ना. सानो चौडाइ भएको; दाँती परेका लाम्चा पात हुने र गुलाफी फूल फुल्ने मझौला खालको रुखविशेष।
39824 तीनचम्के ना. १. चम्का जस्तै तीनतिर रहेका डाँडा; थुम्का वा ढिस्काको समूह।
39825 तीनचम्के ना. वि. २. तीन चक्का भएको।
39826 तीनछक ना. १. उदेक लाग्ने स्थिति; आश्चर्य।
39827 तीनछक ना. क्रि. वि. २. जिल्लाराम।
39828 तीनतारा तित्रिक ना. १. तित्राको आवाज वा बोली।
39829 तीनतारा तित्रिक ना. २. ( त्यसै आधारमा) तित्रो।
39830 तीनतारे ना. १. आकाशमा लहरै परेका देखिने; मृगशिरा नक्षत्र मानिएका तीनवटा ताराको समूह; तीन आँख्ले।
39831 तीनतारे ना. वि. २. तीनवटा तारा भएको (बाजा; झन्डा आदि)।
39832 तीनतियाली ना. तेस्रोपल्ट ( दुईपल्ट भएपछि तेस्रोपल्ट पनि हुन्छ नै भन्ने रूढिबुढी अनुसार); तीनताली।
39833 तिनतोले ना. बिहेमा दुलहीको सिउँदोमा हालिने तीन तोला सिंदुर।
39834 तीन त्रिभुवन / त्रिलोक ना. स्वर्ग; मर्त्य र पाताल तीनै लोक; सारा संसार।
39835 तीनधर्के वि. तीनवटा धर्का भएको (ण अक्षर)।
39836 तीनधाम ना. द्वारका; रामेश्वर र जगन्नाथ पुरी यी तीन धाम।
39837 तीन न तेह ना. तीनदिने न तेह्रदिने (जुठो बार्नु नपर्ने); जुठपिण्डी नभएको बन्धुजस्तो; बेकामे; सरोकारविनाको।
39838 तीनपत्रे ना. ज्यामिरका जस्ता तीनतीन पात हुने र ज्यामिरकै जस्तो अमिला फल फल्ने एक जातको रुख वा त्यसैको फल।
39839 तीनपाते ना. १. तीनवटा पात मात्र गाँसेर बनाइने टपरी।
39840 तीनपाते ना. २. तिनौटा मात्रै पात हुने एक जातको झार; चरीअमिलो।
39841 तीनपाते ना. वि. ३. साह्रै चनाखो; बित्पाते।
39842 तीनपाने वि. १. तीनवटा खोल्सा वा सोताको पानी मिलेको।
39843 तीनपाने वि. ना. २. पानी तीनपल्ट मात्र फेरिनाले कडा बनेको र असल किसिमको रक्सी।
39844 तीनपुस्ते वि. वंशानुक्रमले गनिने तीन पुस्ताभित्रको नाम भएको वा लेखिएको (कागत; विवरण आदि )।
39845 तीनफटाका ना. वैष्णवहरूले लाउने ठाडो तीनधर्के टिको।
39846 तीनमुहानी ना. तीनवटा नदीको मुहान भएको ठाउँ; तीन ठाउँबाट पानी निस्कने ठाउँ।
39847 तीनसहर ना. नेपालका चार भञ्ज्याङभित्र (काठमाडौँ उपत्यकामा ) रहेका प्रख्यात तीनवटा सहर (कान्तिपुर; ललितपुर र भक्तपुर )।
39848 तीनसरकार ना. नेपालमा प्रजातन्त्र आउनुभन्दा अघि; १०९७ सालअघिका राणाकालीन प्रधानमन्त्रीहरूको उपाधि।
39849 तीनसल्ली ना. तीन सल्ला बराबर घाम माथि आउने अर्थात् दिनको लगभग नौ बजेको वेला वा भकिएको समय।
39850 तीनसाँझ ना. बिहान; दिउँसो र बेलुका (उदा.- तीनसाँझ खाएर पनि ऊ खानै नपाए झैं गर्छ। )।