Dictionary

All Word

39751 तिलके वि. हे. तिल्के।
39752 तिलखा ना. सानो खालको टिको; तिलक।
39753 तिलङ्गा ना. कम्पु सैनिक; तिलिङ्गो।
39754 तिलचामल ना. १. तिलजस्तो कालो र चामलजस्तो सेतो मिसिएको वर्ण वा रङ्ग।
39755 तिलचामल ना. २. तिल र चामल मिलाएर खाइने कुरो।
39756 तिलचामले वि. १. आधा फुलेको र आधा नफुली छ्यासमिस भएको (केश वा रौं)।
39757 तिलचामले वि. २. काला तिल र सेता चामल मिसाउँदा स्पष्ट देखिए झैँ छुट्टिने (वर्ण; रङ आदि)।
39758 तिलफूल ना. तिलजस्तो सेतो दाना हुने वा फुकेको पादार एकथरी फूल।
39759 तिलमिल क्रि. वि. कष्ट; चोट आदिले आँखा नदेख्ने वा चक्कराउने गरी।
39760 तिलमिलाइ ना. तिलमिलाउने क्रिया वा प्रक्रिया।
39761 तिलमिलाइनु अ.क्रि. तिलमिल होइन।
39762 तिलमिलाउनु अ.क्रि. तिलमिल हुनु; तिरमिराउनु; छटपटाउनु।
39763 तिलमिलिनु अ.क्रि. तिलमिलाउनु।
39764 तिलवासिनी ना. बास्ना आउने चामल हुने एक जातको धान; राजभोग धान।
39765 तिलस्मी वि. असम्भव घटना वा अनपत्यार कामकुरा भएको जादुगरी वा चटकजस्तो।
39766 तिलहरी ना. पोतेका बिच भागमा पर्ने गरी सुनका ससाना गट्टाको एकै लहर जडिएको; गलामा पहिरिने; स्वास्नीमानिसको सौभाग्यको प्रतीक गहना।
39767 तिलाञ्जलि ना. १. पितृहरूलाई अँजुलीले चढाइने तिलसहितको जल।
39768 तिलाञ्जलि ना. २. सधैँका लागि गरिने कुनै कुराको त्याग।
39769 तिलानी ना. १. देव वा पितृकार्यमा सङ्कल्प गर्दा हातमा लिइने तिल मिसाएको पानी।
39770 तिलानी ना. २. कर्मपात्र।
39771 तिलिङ्गो ना. पल्टनियाँ सिपाही; कम्पु सैनिक।
39772 तिलिङ्गो ना. (उदा.- तिलिङ्गो भन्नु मात्तै पो रेछ - केटीले पालेको। लोकगीत।)।
39773 तिलोत्तमा ना. पुराणप्रसिद्ध स्वर्गलोककी एक सुन्दरी अप्सरा।
39774 तिलौरा ना. १. कालो र सेतो मिसिएको वा खैरा तिलको जस्तो रङ हुने घोडा।
39775 तिलौरा ना. २. चाकु आदि गुलियो वस्तुमा तिल मिलाएर बनाइएको लड्छु।
39776 तिलौराकोट ना. नेपालको कपिलवस्तु जिल्लामा पर्ने; तौलिहवा बजारदेखि पाँच किलोमिटर उत्तरमा बाणगङ्गा नदीको किनारमा स्थित; प्रसिद्ध ऐतिहासिक स्थल।
39777 तिलौरी ना. १. सखर वा चिनीको पाकमा तिल टाँसिएको सानो डाँठजस्तो टुक्रे खानेकुरो।
39778 तिलौरी ना. २. सानो तिलौरा।
39779 तिल्के वि. १. निधारमा सेतो सानो टाटो भएको (गोरु); तिलके।
39780 तिल्के वि. २. तिलक वा चन्दनको टिको लगाउने (मानिस); तिलके।
39781 तिल्के वि. स्त्री. तिल्की।
39782 तिल्के वि. ना ३. रातो फूल फुल्ने एक प्रकारको भार वा बोट।
39783 तिल्को ना. चैतवैशाखमा छाताजस्तो भएर फुल्ने एक जातको रुख।
39784 तिष्य ना. १. सत्ताइस नक्षत्रमध्ये एक पुष्प नक्षत्र।
39785 तिष्य ना. २. कलियुग।
39786 तिष्य ना. ३ पौष मास; पुस महिना।
39787 तिस ना. १. बिस र दशको जोड; ३० को अक।
39788 तिस ना. वि. २. बिस र दश जोड्दा हुने सङ्ख्याको पन्ध्रको दोबर।
39789 तिसौं वि. गणनाका क्रमले तिस सङ्ख्यामा परेको; तिसमा पर्ने।
39790 तिसी ना. दाँती परेका खसा मालाकार पात हुने; आँपका जस्तै हरिया फूल फुल्ने; तिलभन्दा सेख ठुला चिल्ला गेडा फल्ने; सानो चौडाइ हुने; एक बोट वा त्यसैको तेलालु दाना; आलस।
39791 तिस्कल/तिकिलो ना. खोसने काममा उपयोग गरिने काठ; बाँस आदिको किलो।
39792 तिहाइ ना. तेस्रो भाग वा हिस्सा; तीन खण्डको एक खण्ड; तृतीयांश।
39793 तिहार ना. कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने चाड वा उत्सव (काग तिहार; कुकुर तिहार; गाई तिहार; गोरु तिहार र भाइ तिहार ) ; यमपञ्चक; दिपावली।
39794 तिहारे वि. तिहार पर्वसम्बन्धी; तिहारको तिहारमा गाइने (देउसी; भैलो आदि लोकगीत)।
39795 तिहुन ना. भात मुछेर खाइने झोल तरकारी; दाल; तरकारी आदि सि।
39796 तिहुनचखुवा वि. १. तिहुन चाख्ने वा तिहुनको स्वाद विचार गर्ने।
39797 तिहुनचखुवा वि. २. कहिले कता; कहिले कता खाएर हिँड्ने।
39798 तिहुनचखुवा वि. ३. कहिले एउटा काम; कहिले अर्को काम गर्ने स्थिर आसन नभएको।
39799 तिहुनचखुवा वि. स्त्री. तिहुनचखुवी।
39800 तिहुने वि. धेरै हुन खाने (व्यक्ति); तिहुन पकाउने भाँडो)।