Dictionary

All Word

39851 तीर ना. १. नदी वा खोलाको दुईतिरको किनार; तट।
39852 तीर ना. २. छेउ।
39853 तीर ना. बाण; काँड।
39854 तीरन्दाज ना. बाण हान्ने मानिस; निसानाबाज; धनुर्धारी।
39855 तीरन्दाजी ना. बाण हान्ने सिप वा अभ्यास।
39856 तीरभूमि ना. नदी वा खोलाका छेउछाउको जग्गा; नदीको बगर।
39857 तीरवर्ती वि. नदीको तीरमा रहेको वा हुने; समुद्री किनारमा भएको; तटवर्ती।
39858 तीरहानी ना. बाण हानेर खेलिने; केटाकेटीको एक किसिमको खेल।
39859 तीर्थ ना. १. भक्तहरू पूजा; दर्शन आदि गर्न जाने कुनै नदी; कुण्ड; मन्दिर वा पवित्र स्थल; पुण्यभूमि।
39860 तीर्थ ना. २. नदी; तलाउ जलाशयका समीपको पौडन र तर्न सकिने ठाउँ वा त्यस्तो ठाउँमा जाने-आउने बाटो।
39861 तीर्थ ना. ३. बङ्गालमा सञ्चालित संस्कृत परीक्षाको एक उपाधि।
39862 तीर्थ ना. ४. सन्न्यासीहरूको एक शाखा।
39863 तीर्थकाक ना. १. तीर्थमा दान लिएर निर्वाह गर्ने व्यक्ति।
39864 तीर्थकाक ना. २. तीर्थको कौवा।
39865 तीर्थकाक ना. ३. लोभी मान्छे।
39866 तीर्थङ्कर ना. १. जैन सम्प्रदायका प्रमुख देवता वा उपास्य धर्माचार्य।
39867 तीर्थङ्कर ना. २. विष्णु।
39868 तीर्थपुरोहित ना. तीर्थ वा घाटमा बसेर दान लिने तथा पुरोहित्याइँ गर्ने ब्राह्मण; पण्डा।
39869 तीर्थयात्रा ना. धार्मिक फलप्राप्तिको उद्देश्यले तीर्थमा जाने काम तीर्थ जानका निम्ति गरिने यात्रा; तीर्थाटन।
39870 तीर्थयात्री ना. तीर्थ जाने व्यक्ति; तीर्थारु।
39871 तीर्थवास ना. तीर्थमा गएर बस्ने काम तीर्थको बसाइ।
39872 तीर्थवासी वि. तीर्थमा गएर बसेको; तीर्थ गर्न बसेको; तीर्थ गर्न जाने।
39873 तीर्थस्थान ना. तीर्थ गरिने पवित्र ठाउँ; तीर्।
39874 तीर्थस्नान ना. तीर्थमा नुहाउने काम।
39875 तीर्थाटन ना. तीर्थको भ्रमण वा घुमाइ तीर्थयात्रा।
39876 तीर्थारु ना. तीर्थ जाने व्यक्ति; तीर्थयात्री।
39877 तीर्थारु ना. तीर्थे वि. हे. तिर्थे।
39878 तीव्र वि. १. साह्रै छिटो; धेरै चाँडो।
39879 तीव्र वि. २. कडा वा चर्को (स्वाद; स्वर आदि)।
39880 तीव्र वि. ३. तिखो; तीक्ष्ण।
39881 तीव्र वि. ४. सहिनसकिने।
39882 तीव्र गति वि. १. धेरै छिटो हिँड्ने; वेगवान्।
39883 तीव्र गति वि. ना. २. छिटो हिँड्ने काम द्रुत वेग।
39884 तीव्रता ना. तीव्र हुने भाव वा अवस्था; तीक्ष्णता छिटोपन।
39885 तीस ना. हे. तिस।
39886 तीसौँ वि. हे. तिसौं।
39887 तुँडो ना. १. मुखबाट सप्रयास हावा निकाल्नु पर्दा दुवैतिरका ओठ डोलिएर टुटीजस्तो भएको ठाउँ; आगो फुक्दा हावा निस्कने प्वाल।
39888 तुँडो ना. २. खलाँतीबाट हावा निस्कने टुटी प्वाल।
39889 तुँडो ना. ३. कलमको टाँका वा टुप्पो।
39890 तुँडो ना. ४. गहुँ; जौ; धान आदिको झुस।
39891 तुइँक्याइ ना. तुइँक्याइ।
39892 तुइँक्याइनु क.क्रि. कुनै पेय पदार्थ तनतन पिइन्।
39893 तुइँक्याउनु स.क्रि. जाँड; रक्सी; सर्वत आदि पेय पदार्थ तनतन पिउनु; ढिलो नगरी एकैनासले कुनै पेय पदार्थ पिउनु।
39894 तुइँक्याहट ना. तुइँक्याउने भाव; क्रिया वा अवस्था; तुइँक्याइ।
39895 तुइँतुइँ क्रि. वि. तुइँकिने गरी वा तुइँक्याएर; तनतन घुटुघुटु।
39896 तुइँतुइँती क्रि. वि. अझ छिटो तुइँतुइँ पारेर; तनतनी।
39897 तुइन ना. विशेष गरी पहाडी खण्डमा पुलका सट्टामा वारपार बलियो डोरी कसी घुर्रो भएको डोरी झुन्ड्याइने र त्यसैमा बसी नदी वा खोलाका वारिपारि तर्ने एक साधन तुहिन।
39898 तुक ना. १. शास्त्रीय पद्यरचनाका प्रत्येक पाउका अन्तमा पद वा अक्षरको समान आवृत्ति वा एकता; अन्त्यानुप्रासको एक रूप।
39899 तुक ना. २. तर्क बुद्धिसितको सहमति वा सङ्गति।
39900 तुक ना. ३. तुक्का।