Dictionary

All Word

40001 तुरीय वि. ४. विशेष गरी वास्तु र मूर्तिकलामा प्रयोग हुने चार अमल बराबरको नापो; चार इन्चीको नापो।
40002 तुरीय वि. ५. वर्णाश्रमव्यवस्थाअनुसार वानप्रस्थ आश्रमभन्दा पछि ग्रहण गरिने सन्न्यासाश्रम; चतुर्थाश्रम।
40003 तुरीय वि. तुरीय यन्त्र- ना. सिद्धान्त ज्योतिषमा ग्रहहरूको अंश नाप्ने काममा प्रयोग गरिने यन्त्र।
40004 तुरीय यन्त्र ना. सिद्धान्त ज्योतिषमा ग्रहहरूको अंश नाप्ने काममा प्रयोग गरिने यन्त्र।
40005 तुरुक्क क्रि. वि. १. कुनै पनि तरल पदार्थ (पानी; आँसु; तेल आदि) सानोभन्दा सानो परिमाणमा चुहुने गरी तप्प तरक्क।
40006 तुरुक्क क्रि. वि. वि. २. थोरै अपर्याप्।
40007 तुरुङ ना. कानुन वा सामाजिक नियमका दृष्टिले अपराधी वा दोषी ठहरिएको व्यक्तिलाई उसका दुवै खुट्टा छिराई दण्ड दिइने; दुइटा ठुलठुला काठमा प्वाल खोपिएको उपकरण; लिँगुरो।
40008 तुरुतुरु क्रि. वि. कुनै पनि तरल पदार्थ (आँसु पानी; पिसाब; तेल आदि) खटाईखटाई लगातार झर्दै वा तुर्किंदै।
40009 तुरुन्त / तुरुन्तै क्रि. वि. चाँडै; झट्ट लगत्तै झट्टै उत्तिखेरै; उत्तिखेरै भन्नासाथ भन्नेबित्तिकै; तत्क्षण; तत्काल; तुरन्।
40010 तुरुन्तातुरुन्ती / तुरन्तातुरन्ती क्रि. वि. १. एकदम तुरुन्।
40011 तुरुन्तातुरुन्ती / तुरन्तातुरन्ती क्रि. वि. ना. २. हतारो।
40012 तुरुप ना. कुनै एक रडलाई प्रधान मानेर खेलिने तासको खेल विशेष।
40013 तुर्क ना. १. तुर्कदेश; तुर्किस्तान।
40014 तुर्क ना. २. तुर्किस्तानका निवासी।
40015 तुर्क ना. ३. सैनिक।
40016 तुर्कनु अ.क्रि. तुर्को झर्नु; तरल पदार्थ चुहुनु।
40017 तुर्काइ ना. तुर्कने क्रिया वा प्रक्रिया; तुर्को झर्ने काम।
40018 तुर्किनु अ.क्र. तरल पदार्थ चुहिनु; तुर्कनु।
40019 तुर्किस्थान ना. तुर्क्याउने ठाउँ; पिसाब फेर्ने ठाउँ; मूत्रालय।
40020 तुर्की वि. तुर्किस्तानसम्बन्धी; तुर्क देशमा बस्ने।
40021 तुर्के ना. जाँड।
40022 तुर्केल ना. तुर्किस्तानको जाति।
40023 तुर्केली वि. १. तुर्कहरूको देशसम्बन्धी।
40024 तुर्केली वि. ना. २ तुर्केल।
40025 तुर्को ना. दूध; तेल पानी आदि कुनै पनि तरल पदार्थको निम्नतम परिमाण।
40026 तुर्को ना. २. त्यस्तो परिमाणको राइ।
40027 तुर्क्याइ ना. तुर्क्याउने क्रिया वा प्रक्रिया।
40028 तुर्क्याइनु क.क्रि. १. कुनै पनि तरल पदार्थ चुहाइनु।
40029 तुर्क्याइनु क.क्रि. २. पिसाब गरिनु।
40030 तुर्क्याइलो वि. १. तुर्किने खालको; तरल (पदार्थ)।
40031 तुर्क्याइलो वि. २. तुर्को मात्र र्न पुग्ने साह्रै थोर।
40032 तुर्क्याउनु स.क्रि. १ कुनै पनि तरल पदार्थ चुहाउनु; तुर्की झर्नु; धारो लाउनु।
40033 तुर्क्याउनु स.क्रि. २. पिसाब गर्नु; तुरुतुरु मुत्नु।
40034 तुर्नी ना. १. कुनै पनि कामको समाप्ति; टुङ्ग्याउनी; इति।
40035 तुर्नी ना. २. कुनै काम समाप्त हुँदा मनाइने उत्सव; खाइने भोज वा दिइने इनाम तुराउनी।
40036 तुर्य वि. तुरीय; चौथौ।
40037 तुर्याश्रम ना. चतुर्थाश्रम; सन्न्यासाश्रम।
40038 तुर्र क्र. वि. पानी; दुध; तेल आदि कुनै पनि तरल पदार्थको सानो धारो झरे।
40039 तुर्र क्र. वि. सात. तुरुरुरु; तुरुरुर्र।
40040 तुर्लुङ्ङ क्रि. वि. १. कुनै वस्तु झुन्डिने वा न्डिएर हल्लिने किसिमले।
40041 तुर्लुङ्ङ क्रि. वि. २. पन्यालो वा पानीको मात्रा बेसी हुने गरी।
40042 तुलकलायत ना. कुनै पनि काम सञ्चालन गर्ने सिप वा कला; यन्त्र सञ्चालनको कौशल (उदा. इनै बन्दुकको तुलकलायत तिनै मुसरमानले जान्याको रहेछ र (दिव्य.)।
40043 तुलजा ना. तलेज्यू भवानी।
40044 तुलना ना. १. गुण; मान; आकार आदिका दृष्टिले एकभन्दा बढी वस्तुमा पाइने समानता वा असमानताको परीक्षण गर्ने काम; दाँज्ने काम; दाँजो; तुल्यता।
40045 तुलना ना. २. तौलने वा जोख्ने काम निर्धारण गर्ने काम।
40046 तुलनात्मक वि. तुलना गरिएको तुलना भएको (उदा.- तुलनात्मक भाषाविज्ञान; तुलनात्मक साहित्य; तुलनात्मक धर्म; तुलनात्मक शरीरविज्ञान इ. 1)।
40047 तुलनात्मकता ना. तुलनात्मक हुनाको भाव वा अवस्था।
40048 तुलनीय वि. परस्पर दाँज्न लायक; तुलना गर्न योग्य।
40049 तुलफूल ना. कोठेबारी वा बारीमा फलेका सुन्तला; कागती; अम्बा आदि फलफूल; फलफूल।
40050 तुलबुल ना. १. मनको चञ्चलता वा अस्थिरता; सकसकी; हडबड; खसखस।