Dictionary

All Word

40151 तृणभूमि ना. घाँस प्रशस्त उम्रिएको ठाउँ वा क्षेत्र।
40152 तृणमय वि. घाँसैघाँस भएको; घाँसैघाँसले बनेको।
40153 तृणवत् वि. १. घाँस बराबर।
40154 तृणवत् वि. २. अत्यन्त तुच्छ; जाबो नगण्य।
40155 तृतीय वि. तेस्रो।
40156 तृतीय अन्तर हिमयुग / अन्तर हिमानी ना. पुरातत्त्वशास्त्रअनुसार तृतीय र चतुर्थ हिमयुगका बिचको हिमयुग।
40157 तृतीयक वि. १. प्रत्येक तीनतीन दिनमा हुने।
40158 तृतीयक वि. ना. २. तीनतीन दिन बिराएर आउने एक प्रकारको ज्वरो; तैया; तिजरो।
40159 तृतीय खण्ड ना. १. कुनै वस्तु वा सङ्ख्याको समष्टिको तीन “भागको एक भाग; एक तृतीयांश।
40160 तृतीय खण्ड ना. २. भूगर्भशास्त्रअनुसार जीवनकल्प नामक युग चतुर्थखण्डपूर्वको युग स्तनपायी युग।
40161 तृतीय प्रकृति ना. नपुंसक।
40162 तृतीय श्रेणी ना. तेस्रो तह।
40163 तृतीयांश ना. १. तीन खण्डको एक खण्ड वा भाग।
40164 तृतीयांश ना. वि. २. एक तिहाइ।
40165 तृतीय हिमयुग / हिमानी ना. आजभन्दा लगभग दुई लाख वर्षपहिले प्रारम्भ भएको; पुरातत्त्वशास्त्रअनुसारको एक युग; द्वितीय र तृतीय अन्तर हिमयुगका बिचको एक युग।
40166 तृतीया ना. १. कृष्णपक्ष वा शुक्लपक्षको तेस्रो तिथि; चान्द्रमासको प्रत्येक पक्षको तेसो तिथि।
40167 तृतीया ना. २. व्याकरणमा करण कारक वा त्यसको विभक्तिचिह्न।
40168 तृतीया तत्पुरुष ना. तृतीया विभक्तिविना करण कारकको अर्थ दिने तत्पुरुष समास।
40169 तृतीयाश्रम ना. चार आश्रममध्ये तेसो आश्रम; वानप्रस्थाश्रम।
40170 तृप्त वि. १. सन्तृप्त सन्तुष्ट परितुष्ट; अघाएको।
40171 तृप्त वि. २. प्रसन्न; खुसी।
40172 तृप्ति ना. १. सन्तोष; परितोष।
40173 तृप्ति ना. २. प्रसन्नता।
40174 तृषा ना. १. प्यास; तिर्खा।
40175 तृषा ना. २. ठुलो इच्छा।
40176 तृषा ना. ३. लालसा; उत्सुकता; लोभ।
40177 तृषालु वि. तिर्खाएको; तिर्खालु।
40178 तृषित वि. १. प्यासो; प्यासी; तिर्खाएको; तिर्खालु।
40179 तृषित वि. २. लालची; उत्सुक।
40180 तृष्णा ना. १. प्यास तिर्खा।
40181 तृष्णा ना. २. इच्छा; लालसा; लोभ; लिप्सा; चाहना; अभिलाषा।
40182 तेइस ना. १. बिस र तीनको योगसङ्ख्या २३ को अङ्क।
40183 तेइस ना. वि. २. बिस र तीनको योगसङ्ख्याको बिसभन्दा तीन सङ्ख्या बढी भएको।
40184 तेइसौँ वि. गणनाका क्रमले तेइस सङ्ख्यामा परेको; तेइसमा पर्ने।
40185 तेज वि. १. फुर्तिलो छरितो।
40186 तेज वि. २. तीक्ष्ण बुद्धिवाला; निपुण; सिपालु।
40187 तेज वि. ३. छिटो हिंड्न सक्ने; शीघ्रगामी।
40188 तेज ना. १. प्रकाश ज्योति; कान्ति; दीप्ति; उज्यालो; चमक।
40189 तेज ना. २. पराक्रम; बहादुरी।
40190 तेज ना. ३. वीर्य।
40191 तेज ना. ४. सार।
40192 तेज ना. ५. ताप गर्मी।
40193 तेजपात ना. दालचिनीको रुखको जस्तो सिन्कौली अर्थात् सुगन्धी पात; तेजपत्ता; तेजपत्र।
40194 तेजफल ना. सिलटिमुर।
40195 तेजमूल ना. लामा काण्डका टुप्पामा मात्र हाँगाबिंगा लाग लामालामा पात हुने एक वृक्षविशेष; तेजवती; तेजोवती।
40196 तेजवती ना. तेजमूल (वृक्ष)।
40197 तेजस्विता ना. तेजस्वी हुने काम; तेजस्वी हुनाको भाव; तेजिलोपन।
40198 तेजस्विनी ना. १. तेज भएकी वा शक्तिशाली स्त्री; बलवान् स्त्री।
40199 तेजस्विनी ना. वि. २. तेजिली (स्त्री)।
40200 तेजस्वी वि. १. तेज भएको चमकदार; उज्ज्वल।