Dictionary

All Word

40301 तेहरो वि. १. तेब्बर; तेबर; तिगुना; तेहेरो।
40302 तेहरो वि. क्रि. वि. २. तीनफेर; तीनपल्ट।
40303 तेहऱ्याइ ना. तेहरिने वा तेहरो पार्ने काम वा काइदा।
40304 तेहऱ्याइनु क. क्रि. तेहरो पारिनु।
40305 तेहऱ्याउनु स.क्रि./ प्रे. क्रि. तेहरो पार्नु वा पार्न लगाउनु।
40306 तेहेरिनु अ.क्रि. हे. तेहरिनु।
40307 तेहेरो वि. हे. तेहरो।
40308 तेह्र ना. १. दश र तीनको योगसङ्ख्या १३ को अङ्क; तेर।
40309 तेह्र ना. वि. २. उक्त सङ्ख्या वा अङ्क बराबरको।
40310 तेह्रथुम ना. नेपालको कोसी अञ्चलभित्र पर्ने एक जिल्ला।
40311 तेह्रदिने वि. मर्दा तेह्र दिन जुठो लाग्ने एउटै खलकका भैयाद।
40312 तेह वि. १. गणनाका क्रमले तेह्र सङ्ख्यामा परेको; तेह्र सङ्ख्याको; रौं।
40313 तेह वि. २. मृताशौचको शुद्धशान्ति हुने ते दिन।
40314 तेह्रौं वि. १. तिरहुत भन्ने प्रदेशको निवासी; वस्तु वा चलन।
40315 तेह्रौं वि. २. मैथिल ब्राह्मणको एक श्रेणी।
40316 तेह्रौंते वि. १. तिरहुत भन्ने प्रदेशको निवासी; वस्तु वा चलन।
40317 तेह्रौंते वि. २. मैथिल ब्राह्मणको एक श्रेणी।
40318 तै निपा. वाक्यको आरम्भमा आई विशेषविशेष अर्थ दिने एक निपा।
40319 तै निपा. (उदा.- तै उसले ठुलो बिगार गरेन। तै तिमी आएको भए काम झन् सप्रने थियो। तै रिन तै रिन; बुढी बाखी किन्। )।
40320 तैकात ना. १. निधो ; पक्कापक्की; निर्णय; तहकीका।
40321 तैकात ना. २. खोज; अन्वेषण।
40322 तैजस वि. १. तेज भएको वा तेजयुक्।
40323 तैजस वि. २. उज्ज्वल चम्किलो प्रकाशमान्।
40324 तैजस वि. ३. फुर्तिलो जोसिलो; साहसी; ओजस्वी; शक्तिशाली।
40325 तैजस वि. ना. ४. चम्किलो पदार्।
40326 तैजस वि. ५. घिउ।
40327 तैजस वि. ६. पराक्रम।
40328 तैतिल ना. १. ज्योतिषशास्त्रअनुसार एघार करणमध्ये एक।
40329 तैतिल ना. २. गैँडा।
40330 तैतिल ना. ३. देवता।
40331 तैतै संयो. भयो ठिकै भयो; तापनि।
40332 तैतै संयो. (उदा.- तैतै .. तिमी पनि साथै गएको भए कति राम्रो हुने थियो ! )।
40333 तैत्तिरीय ना. . १. कृष्ण यजुर्वेदको एक शाखा।
40334 तैत्तिरीय ना. २. तित्रोसम्बन्धी।
40335 तैनात / तैनाथ ना. १. नियुक्ति; खटन।
40336 तैनात / तैनाथ ना. २. अधिकार हैकम; अख्तियार।
40337 तैनात / तैनाथवाला वि. तैनाथ गरिएको (व्यक्ति); अधिकारवाला।
40338 तैपनि संयो. तापनि; भए पनि; तथापि; र पनि।
40339 तैबिसेक वि. १. केही सन्चो; अलिक उत्तम।
40340 तैबिसेक वि. क्रि. वि. २. राम्रो त के हुन्छ भने।
40341 तैबिसेक वि. (उदा.- तैबिसेक तिमी नै मकहाँ आऊ।)।
40342 तैमिर ना. १. रातमा हुने आँखासम्बन्धी एक रोग; रतौंधी; रतन्धो।
40343 तैमिर ना. वि. २ तिमिरसम्बन्धी।
40344 तैमिरिक वि. राति आँखा नदेख्ने।
40345 तैयार वि. हे. तयार।
40346 तैरण ना. कुनै वस्तु पानीभित्र नडुबी बाहिरी सतहमा तहरिने काम।
40347 तैर्थिक वि. १. पवित्र।
40348 तैर्थिक वि. २. तीर्थसम्बन्धी।
40349 तैर्थिक वि. ना. ३. तीर्थयात्रा गर्ने व्यक्ति।
40350 तैर्थिक वि. ४. तीर्थमा दान लिने व्यक्ति।