Dictionary

All Word

40201 तेजस्वी वि. २. शक्तिशाली; बलवान्।
40202 तेजस्वी वि. ३. गौरवशाली।
40203 तेजस्वी वि. ४. नाम चलेको ; प्रसिद्ध।
40204 तेजस्वी वि. ५. प्रतापी।
40205 तेजस्वी वि. ६. प्रभावशाली।
40206 तेजहरन ना. १. काम धेरै भएर वा अन्य कुनै पनि शारीरिक परिश्रमबाट आउने थकान; ग्लानि।
40207 तेजहरन ना. २. मानसिक रूपमा आउने हैरानी; दिक्दारी।
40208 तेजहरन ना. 3. तेजोवध; अपमान।
40209 तेजाब ना. धातुहरू गलाउने शक्ति भएको तरल; क्षार पदार्थ; अर्क; अरख।
40210 तेजाबी वि. १. तेजाबवाला; तेजाबसँग सम्बन्धि।
40211 तेजाबी वि. ना. २. तेजाबको व्यापारी।
40212 तेजाबी वि. ३. तेजाबका सहायताले शुद्ध पारिएको सुन वा चाँदी।
40213 तेजाबी सुन ना. तेजाबले खारेर शुद्ध पारिएको सुन।
40214 तेजारत ना. १. रुपियाँपैसा; सुनचाँदी आदिको नगद व्यापार; रोजगार।
40215 तेजारत ना. २. ब्याज; घिउखाने आदि लिने गरी रुपियाँपैसा लेनदेन गर्ने काम।
40216 तेजार अड्डा ना. १. राणाकालमा सरकारी कर्मचारीलाई चाँदतोडा लिनेदिने अड्डा।
40217 तेजार अड्डा ना. २. रुपियाँ पैसासम्बन्धी काम गर्ने एक सरकारी अड्डा।
40218 तेजिलो वि. १. छिटो; फुर्तिलो; छरितो।
40219 तेजिलो वि. २. बलियो।
40220 तेजिलो वि. ३. तीक्ष्ण बुद्धि भएको।
40221 तेजिलो वि. तेजयुक्त; चहकिलो; उज्यालो प्रकाश भएको।
40222 तेजी वि. १. कडा; बलियो; तीव्र।
40223 तेजी वि. २. छिटो; द्रुतगामी।
40224 तेजो वि. तेजस्को समासगत रूप।
40225 तेजोभङ्ग ना. कसैको शक्ति खतम पार्ने क्रिया; तेजको विनाश; गर्वभङ्ग।
40226 तेजोभङ्ग ना. २. बेइज्जती; अपमान।
40227 तेजोमय वि. १. उज्ज्वल; प्रकाशमान्।
40228 तेजोमय वि. २. यशस्वी।
40229 तेजोमूर्ति ना. सूर्य; भानु।
40230 तेजोमूर्ति ना. वि. २. तेजस्वी।
40231 तेजोवती ना. हे. तेजवती।
40232 तेजोवध ना. १. तेजलाई नाश गर्ने काम।
40233 तेजोवध ना. २. शक्ति कम गराउने काम तेजोहरण।
40234 तेते ना. तेल।
40235 तेत्तिस ना. १. तिस र तीनको योगसङ्ख्या ३३ को अङ्क।
40236 तेत्तिस ना. वि. २. तिस र तीनको योगङ्ख्या बराबरको।
40237 तेत्तिसौं वि. गणनाका क्रमअनुसार तेत्तिसमा पर्ने; तेत्तिसको।
40238 तेत्तीस ना. हे तेत्तिस।
40239 तेत्तिसौं वि. हे. तेत्तिसौं।
40240 तेत्ला ना. बयलगाडीको मादलमाथि र धुरामुनि राखिने काठ।
40241 तेधार ना. तीन समानान्तर विचारधारा; सोचाइ वा तर्कको द्वन्द्व; तेहरो द्वन्द्व।
40242 तेन्दु ना. एक वनस्पतिविशेष वा त्यसैको स्वादिलो तथा गुलियो फल।
40243 तेन्दु ना. तेब्बर।
40244 तेन्दु ना. वास्ता नगर्ने खालको मुखले चेपारो पार्न सिपालु।
40245 तेबर वि. तीन दोबर; तीन गुना; तेहरो; तिगुना त्रिगुण;।
40246 तेब्रिनु अ.क्रि. तेबर हुनु।
40247 तेब्य्राइ ना. तेबर हुने वा तेब्रिने क्रिया वा प्रक्रिया।
40248 तेब्ग्राइनु क.क्रि. तेब्बर तुल्याइनु।
40249 तेब्याउनु स.क्रि./ प्रे.क्रि. तेबर पार्नु; तेहऱ्याउनु; तिगुना पार्नु।
40250 तेर ना. / वि. हे. तेह।