Dictionary

All Word

40251 तेरथुम ना. तेह्रथुम।
40252 तेरौँ वि. तेहौं।
40253 तेरिज ना. १. कुनै लेखोट; कुरा आदिको सारांश; मजबुन; सार; गाँठी कुरो निचोड; निष्कर्ष।
40254 तेरिज ना. २. जम्माजम्मी।
40255 तेरीमेरी ना. १. आआफ्नो स्वामित्वको प्रश्न।
40256 तेरीमेरी ना. २. आफ्नो आफ्नो स्वामित्वको वस्तुको ३. छिनाफाना; तेरोमेरो।
40257 तेरीमेरी ना. बन्डाफन्डा।
40258 तेरो [ तँ + एरा ] तँसम्बन्धी; तँमा पर्ने; तँको भागको (तिम्रो; तपाईंको अनादरवाची रूप )।
40259 तेरोमेरो ना. १. आफ्नो र अर्काको अर्थात् ममत्व र परत्वको स्वार्।
40260 तेरोमेरो ना. २. वैयक्तिक स्वत्व र अधिकारसम्बन्धी विवाद; तर्क आदि।
40261 तेर्छौं वि. हे. तेर्सो।
40262 तेपइँ/तेर्पायँ/तेर्पे वि. अलिअलि मात्र भिरालो वा ओरालो परेको; अलिअलि कोल्टो परेको; थोरै ढलुवा; दम्स्याइलो।
40263 तेर्ण्याइँ ना. तेपाइँ; तेर्पायँ वा तेर्पे तुल्याउने क्रिया; प्रक्रिया; तेर्पेन।
40264 तेर्सिनु अ. कि. १. तेर्सो हुनु।
40265 तेर्सिनु अ. कि. २. तेर्छिनु।
40266 तेर्सिनु अ. कि. ३. सुत्नु।
40267 तेर्सिनु अ. कि. ४. टेढिनु।
40268 तेर्सिनु अ. कि. ५. पछारिनु।
40269 तेर्सिनु अ. कि. ६. तेर्सो परिनु।
40270 तेर्सो वि. उकालोओरालो नभई सम्म परेको (बाटो); लम्ब रूपको नभई छड्के; तेर्छौं।
40271 तेर्स्याइ ना. तेर्साउने क्रिया वा प्रक्रिया।
40272 तेर्स्याइनु क.क्रि. तेर्सो पारिनु।
40273 तेर्स्याउनु स.क्रि. / प्रे. क्रि. १. तेर्सो पारेर राख्नु; तेर्सो पार्नु; पसार्नु।
40274 तेर्स्याउनु स.क्रि. / प्रे. क्रि. २. मन नपर्ने गरी आउनु वा जानु।
40275 तेल ना. तिल; तोरी इ. वा खनिज स्रोतबाट निकालिएको चिप्लो र दहनशील तरल पदार्थ; तैल।
40276 तेलकर ना. तेलको उत्पादनमा लगाइएको करविशेष।
40277 तेलक्षेत्र ना. पेट्रोल आदि खनिज स्रोतका तेलको खानी भएको घोषित क्षेत्र।
40278 तेलचाप्रे ना. काभ्रे माछाजस्तो सानो एक खालको माछा; माछाको एक जा।
40279 तेलजिभ्रे वि. बात मार्दा दुरुस्त पारेर नम्रता देखाउने तर काममा इ.); तैलधान्य; तैलान्न।
40280 तेलधारी ना. तेल पेल्दा फुलो भरेर पेचामा चेपी झरेको तेललाई तल थापेको भाँडासम्म पुयाउने सोली।
40281 तेलपाटा ना. गोरुगाडाका चक्काको प्वालमा पर्ने मादल वा नाउभित्र पर छिराउनुपूर्व मादलभित्रको फलामे हुँड नखिइयोस् र मादलको प्वाल ठूलो भई चक्का नबिग्रियोस् भनी धुरमा मोबिल आदि लपेटिने सनपाट |
40282 तेलहन ना. तेलयुक्त वनस्पति (जस्तै- तिल; तोरी; बदाम; चिउली इ.); तैलधान्य; तैलान्न।
40283 तेलारी/तेलाहारी ना. १. तेल घस्ने वा लाउने काम मालिस।
40284 तेलारी/तेलाहारी ना. वि. २. तेलसम्बन्धी; तेलविषयक।
40285 तेलिया वि. तेल झैँ टल्किने चिल्लो।
40286 तेलिया ईंट ना. विशेष प्रक्रियाबाट तयार पारिने चिल्लो; बलियो र असल खालको इँटविशेष।
40287 तेलिया जात ना. तेली।
40288 तेलिया भार ना. फल तथा फूल केही नलागी केवल चिल्ला पात मात्र हुने र पानी हुने खेतमा उम्रने एक प्रकारको भार।
40289 तेलिया मास ना. चिल्लो र टल्कने एक प्रकारको मास।
40290 तेलिया रड ना. तेलको जस्तो रङ।
40291 तेलिया साँप ना. गँड्यौलाको आकारको; तर कालो भई एकदम टल्कने विषालु साँप।
40292 तेलिया हीरा ना. रङ्गीबिरङ्गी आभायुक्त पातलो काँटको हीरा।
40293 तेली ना. तेल पेल्ने पेसा लिएको वा व्यवसाय गर्ने व्यक्ति; तेल व्यापारी; साल्मी।
40294 तेली बाबियो ना. १. फिका र पहेंल्वो रङ भएको र घाममा टलक्क टल्कने; चिल्लो खालको औषधीमा पनि प्रयोग हुने बाबियो।
40295 तेली बाबियो ना. २. नामकरणमा षण्डामर्क हवनका समयमा भलायोसँग मिलाएर पोलिने बाबियो।
40296 तेस्रो वि. गणनाका क्रमले तीनमा परेको; तीनों; तृतीय।
40297 तेस्रो विश्व ना. खासगरीकन ल्याटिन अमेरिका; अफ्रिका र एसिया महादेशका नेपाललगायत विकासोन्मुख देशहरू।
40298 तेहरिनु अ.क्रि. तीनपटक आवृत्ति हुनु; तेब्रिनु; तिगुना तीन डबल हुनु तेहेरिनु।
40299 तेहरिनु अ.क्रि. हुनु;।
40300 तेहराइ ना. तेहऱ्याइ।