Dictionary

All Word

40401 तोडमरोड ना. २. कागज; कपडा आदि कच्याककुचुक पार्ने काम तोडमोड तोडताड।
40402 तोडमोड ना. तोडमरोड।
40403 तोडा ना. १. राणाकालमा जागिरदारहरूका पगरीका वरिपरि किनारामा जड्ने सुन वा चाँदीको सिक्री।
40404 तोडा ना. २ रुपियाँपैसा राख्ने थैली।
40405 तोडा ना. ३. मोफसलका अड्डाहरूले मुलुकीखाना चलान गरी पठाउने रुपियाँ।
40406 तोडाइ ना. तोड्ने काम वा काइदा।
40407 तोडाइनु क.क्रि तोड्न लाइनु।
40408 तोडाउनु प्रे. क्रि. तोड्न लाउनु।
40409 तोडिनु अ.क्रि भाँचिनु; छोडिनु।
40410 तोडिम ना. १. कथ्य. तोडेम; तोड्याम।
40411 तोडिम ना. प्रेम; मित्रता वा अरू प्रकारका सम्बन्धमा पर्ने फाटो मनोमालिन्य; वैरभाव; तोयोमोयो; विद्वेष; द्रोह; शत्रुता।
40412 तोते वि. उच्चारण वा ध्वनि स्पष्ट नभइसकेको।
40413 तोते वि. २. उच्चारण अवयवको दोषका कारणले बोलीमा अस्पष्टता देखिने।
40414 तोते बोली ना. अस्पष्ट वा त्रुटियुक्त वर्णोच्चारण (खास गरी बालकको)।
40415 तोप्नु स.क्रि. १. धेरै हाल्नु वा खानु।
40416 तोप्नु स.क्रि. २. पुरिने गरी हाल्नु पुर्नु।
40417 तोप ना. गुडाएर लान हुने; दुईपाङ्ग्रे गाडीमा जडिने र बिचमा नालबाट गोला छुट्ने एक सामरिक अस्त्र।
40418 तोपखाना ना. तोपलगायत अन्य सामरिक सामग्रीहरू रहने ठाउँ।
40419 तोपचरो ना. रुखमा त्यान्द्रा बटुलेर बुने जस्तै पारी नरिवलको रुखहुँदो गुँड बनाउने; भँगेराभन्दा केही मोटो र दह्रो चुच्चो हुने; हूल भएर बस्ने र घुम्ने; भँगेरा जस्तै पहेँलो फुस्रो रङको चरो; बगेडी ; दमाईचरो; सुजेरो।
40420 तोपतिध्रे वि. भुसति।
40421 तोपाइ ना. तोप्ने काम वा काइदा।
40422 तोपाइनु क.क्रि. तोप्न लगाइनु।
40423 तोपाउनु प्रे. क्रि. तोप्न लाउनु।
40424 तोफु ना. भटमासको दुधबाट विशेष विधिका साथ तयार पारिने स्वादिष्ट पनिर।
40425 तोबा ना. अब यस्तो नगर्ने भनी कायल हुँदा भनिने शब्द कायल हैरानी।
40426 तोबा तोबा ना. १. हायलकायल।
40427 तोबा तोबा ना. वि.बो. २. चेतबाबा काशी।
40428 तोमर ना. १. भालाजस्तो एक प्राचीन अस्त्र।
40429 तोमर ना. २. बाह मात्रा र अन्तमा गुरु तथा लघु भएको एक सम मात्राछन्द।
40430 तोमर ना. ३. पुराणअनुसार एक प्राचीन देश वा उक्त देशका बासिन्दा।
40431 तोय ना. १. पानी।
40432 तोय ना. २. पूर्वषाढा नक्षत्र।
40433 तोयनिधि ना. समुद्र सागर।
40434 तोयोमोयो ना. १. तेरोमेरोको विवाद; तोडिम।
40435 तोयोमोयो ना. २. बन्डाफन्डा; बाँडफाँड।
40436 तोयोमोयो ना. ३. छिनाफाना।
40437 तोरण/तोरन ना. १. विवाह; उत्सव आदि सम्पन्न हुने ठाउँमा घुमाउरो पारी फूल; रङ्गिन कपडा आदिबाट बनाइने शोभाद्वार; सिंहद्वार; प्रवेशद्वार; बहिर्द्वार।
40438 तोरण/तोरन ना. २. माङ्गलिक वा धार्मिक कार्य गर्दा घरका भित्तामा बेरिने माला।
40439 तोरण/तोरन ना. ३. स्नानागारका नजिकको चौतारो।
40440 तोरण / तोरन द्वार ना. प्रवेशद्वार; मूल ढोका।
40441 तोरियाँ ना. १. काँक्रो; फर्सी आदि झैं वर्षायाममा लहरामा फल्ने; लामो आकारको हरियो तरकारी; घिरौंला।
40442 तोरियाँ ना. २. पाँच कुना परेका; खस्रा; हरिया पात हुने; डाँठयुक्त पहेँला रहरलाग्दा फूल फुल्ने र फूलका गर्भबाट लाम्चा; पोरैपोरा भएका चुच्चे फल फल्ने एक प्रसिद्ध तरकारी; रामतोरियाँ; भिन्डी।
40443 तोरी ना. छोटाछोटा हरिया पात हुने; पहेँला फूल फुल्ने; लाम्चा कोसाभित्र सानासाना काला वा खैरा दाना हुने सागविशेष वा त्यसका तैलधान्यमा गनिने दाना।
40444 तोरीगन्धे ना. १. तोरीको जस्तै पहेँलो फूल फुल्ने झारसमूहमा पर्ने वनस्पति।
40445 तोरीगन्धे ना. वि. २. तोरीको जस्तो गन्ध आउने।
40446 तोरीगाँड ना. ठुलो गाँडमाथि देखा परेको सानो पिको गाँड।
40447 तोरीगाँडे/ गाँडो- ना. १. टाउकाको जुरोजति टलक्क टल्कने सेतो र अरू भाग खैरो हुने एक जातको चरो; तुलिगाँडो; तुलेगाँडो।
40448 तोरीगाँडे/ गाँडो- ना. वि. २. तोरीगाँड भएको गँड्याहा।
40449 तोरीचरो ना. असौजे चरो।
40450 तोभार ना. पहेँलो र सेतो रङको फूल फुल्ने; तोरी जस्तै मसिना गेडा फल्ने एक जातको भार।