Dictionary

All Word

40551 त्यो सर्व. (उदा.- त्यो मानिस हाँस्दै छ। त्यो बिरालो कहाँ गयो ? त्यो काठ मेरो हो। )।
40552 त्र त' तथा 'र' को संयुक्त रूप; त्र अक्षर।
40553 त्रय वि. तीन (जस्तो मुनित्रय; मित्रत्रय; रत्नत्रय; लोकत्रय इ)।
40554 त्रय वि. )।
40555 त्रयी ना. १. ऋक्; यजु र साम यी तीन वेदको समष्टि।
40556 त्रयी ना. २. तीनको समूह।
40557 त्रयी ना. ३. ब्रह्मा; विष्णु; महेश्वर।
40558 त्रयी ना. ४. पति तथा बालबच्चा जीवितै रहेकी गृहिणी वा गृहलक्ष्मी।
40559 त्रयी ना. ५. बुद्धि।
40560 त्रयोदश ना. तेह।
40561 त्रयोदशी ना. कृष्ण वा शुक्लपक्षको तेह्रौं तिथि।
40562 त्रयोदश भूमि ना. १. बौद्ध धर्मको वज्रयानमा उल्लेख भएका मुदिता; विमला; प्रभाकरी आदि तेह प्रकारका ध्यानका अवस्था।
40563 त्रयोदश भूमि ना. २. चैत्य निर्माण गर्दा गर्भभन्दा माथि र शिरोभागभन्दा तल निर्मित गरिने काल्पनिक लोकको तह वा तेह तला।
40564 त्रसरेणु ना. दैलो; झ्याल; पर्खाल आदिका प्वालबाट भित्र पसेको सूर्यकिरणमा उडिरहेको देखिने धुलोको कण वा अणु।
40565 त्रस्त वि. १. डराएको; भयभीत; आतङ्कि।
40566 त्रस्त वि. २. कातर।
40567 त्रस्त वि. ३. चञ्चल; फुर्तिलो।
40568 त्राटक ना. योगका ६ गुणमध्ये एक; दृष्टिशक्ति तीव्र पार्न कुनै निश्चित विन्दुमा दृष्टि केन्द्रित गर्ने यौगिक साधन।
40569 त्राण ना. १. रक्षा; बचाउ; प्रतिरक्षा।
40570 त्राण ना. २. शरण; सहारा; आश्रय।
40571 त्राण ना. ३. छुटकारा; मुक्ति।
40572 त्राता वि. त्राण गर्ने; बचाउने; रक्षा गर्ने; आश्रय दिने।
40573 त्रास ना. १. डर; भय; अत्यास सक; तरास।
40574 त्रास ना. २. धक सङ्कोच।
40575 त्रास ना. ३. झस्कँदा अस्थायी रूपले पैदा हुने भाव; व्यभिचारी भावको एक प्रकार।
40576 त्रासद/त्रासदी ना. रूढ अर्थमा खास गरी कथानक ज्यादै गम्भीर हुँदै भाग्य; नैतिक दुर्बलता; सामाजिक खराबी; मनोवैज्ञानिक कमजोरी आदिका कारणले मुख्य नायकको पतन भई दुःखमा अन्त्य नाटकको भेद दुःखान्त (ट्रेजेडी)।
40577 त्रासदीय वि. त्रास दिने किसिमको दुःखान्त वा त्रासदीसम्बन्धी।
40578 त्रासन वि. १. डरलाग्दो भयङ्कर।
40579 त्रासन वि. ना. २. तर्साउने काम; डर देखाउने काम।
40580 त्राहि वि. बो. १. धेरै डराउँदा रक्षाका लागि अकस्मात् निस्कने शब्द; बचाऊ; रक्षा गर; गुहार।
40581 त्राहि वि. बो. वि. २. ज्यादै डराएको; थरहरी; त्रस्।
40582 त्राहित्राहि ना. ज्यादै ठुलो आपत्मा परी डराउँदाको भाव वा व्यञ्जना।
40583 त्राहिमाम् बि.बो. त्राहि।
40584 त्रिंश वि. तिसौं।
40585 त्रिंशत् ना. तिस।
40586 त्रि वि. तीन (कुनै शब्दका अगाडि जोडिएर अर्थ बुझाउने। जस्तै- त्रिकाल; त्रिपाद इ)।
40587 त्रिक ना. १. तीन संख्या वा वस्तुको समष्टि।
40588 त्रिक ना. २. मेरुदण्डको तल्लो भाग वि. ३ तेहरो।
40589 त्रिक ना. ४. तीन प्रतिश।
40590 त्रिकटु ना. सुठो; मरिच र पिप्ला यी तीन पिरो स्वादका वस्तुहरूको समष्टि।
40591 त्रिकाठी ना. मृतकका दश दिनसम्मको प्रेतक्रिया गर्दा; ढिकुरामा प्रेतलाई जलदान गर्न विधिअनुसार प्रयोग गर्न तीनतीनवटा काठका सिटालाई धागाले बाँधी बनाइएको वस्तु त्रिखुट्टी।
40592 त्रिकाल ना. १. कालका तीन खण्ड (भूत; भविष्य र वर्तमान अथवा प्रातः; मध्याह्न र सायम्)।
40593 त्रिकाल ना. २. व्याकरणमा क्रियाका भूत; भविष्य र वर्तमान यी तीन काल।
40594 त्रिकालज्ञ वि. तीनै कालका कुरा जान्ने; सर्वज्ञ।
40595 त्रिकालदर्शी वि. त्रिकालज्ञ।
40596 त्रिकुटी ना. हठयोगमा उल्लेख भएअनुसार इडा; पिङ्गला र सुषुम्ना नाडीको सङ्गमस्थल; चन्द्रमण्डल।
40597 त्रिकूटी ना. पूजाआजामा शङ्ख; अर्धीतो वा जलहरी राख्ने धातुको तीनखुट्टे भाँडो; ओधाने पारेर बाँधिएको तीनवटा काठका टुक्रा; त्रिखुटी।
40598 त्रिकोण ना. १. ज्यामितिमा तीन सरल रेखाको योगबाट तीन कोण परी बनेको एक समतल चित्र।
40599 त्रिकोण ना. २. जन्मकुण्डलीमा लग्नस्थानदेखि पाँचौं र नवौं स्थान।
40600 त्रिकोण ना. वि. ३. तीनकुने ; तीनचुच्चे।