Dictionary

All Word

40701 त्रिवर्ग ना. १. धर्म; अर्थ र काम - यी तीन पुरुषार्।
40702 त्रिवर्ग ना. २. हानि; स्थिरता र वृद्धि - यी तीन स्थिति।
40703 त्रिवर्षीय वि. तीनवर्षे तीन वर्षको तीनतीन वर्षमा हुने; त्रिवार्षिक।
40704 त्रिवार्षिक वि. त्रिवर्षीय।
40705 त्रिविभोक्ष ना. फोटोग्राफका त्रिआयामिक प्रभाव देखाउने एक उपकरण।
40706 त्रिवेणी ना. १. तीन नदीको सङ्गमस्थल।
40707 त्रिवेणी ना. २. प्रयागको गङ्गा; यमुना र सरस्वतीको सङ्गमस्थल।
40708 त्रिवेणी ना. 3. उदयपुर गढी; नवलपरासी; सुनसरी आदि जिल्लाका ठाउँविशेषको नाम जहाँ तीन नदीका सङ्गमस्थल छन्।
40709 त्रिवेणी ना. ४. हठयोगमा प्रयोग हुने; इडा; पिङ्गला र सुषुम्ना नाडीको सङ्गमस्थल त्रिकुटी; चन्द्रमण्डल।
40710 त्रिशक्ति ना. १. इच्छा; ज्ञान र क्रिया यी तीन ईश्वरीय शक्ति।
40711 त्रिशक्ति ना. २. तन्त्रका अनुसार काली; तारा र त्रिपुरा यी तीन देवीको समष्टि।
40712 त्रिशक्ति ना. ३. गायत्री।
40713 त्रिशक्ति पट्ट ना. राजपरिवारलाई; नेपालप्रति सद्भाव राख्ने विदेशी नागरिकलाई तथा राष्ट्रिय महत्त्वका नेपालीहरू प्रदान गर्ने उद्देश्यले १९९४ सालमा स्थापित पाँच श्रेणीमा विभक्त एक पदक।
40714 त्रिशूल ना. शिवजीको प्रधान शस्त्र मानिने; तीन चुच्चो भएको एक हतियार; तिर्सुल।
40715 त्रिशूली ना. १. शिव।
40716 त्रिशूली ना. २. साँढे।
40717 त्रिशूली ना. ३. गोसाइँकुण्डबाट उद्‍गमित भई नेपालको मध्य भागमा बग्ने एक नदीको नाम।
40718 त्रिष्टुप् ना. छन्दशास्त्रअनुसार एक पाउमा एघार अक्षर हुने एक वर्णवृत्।
40719 त्रिसट्ठिऔँ / त्रिसट्ठियाँ वि. गणनाका क्रमले त्रिसट्ठी सङ्ख्यामा परेको; त्रिसट्ठी सङ्ख्याको।
40720 त्रिसठ्ठी ना. १. साठी र तीन जोड्दा हुने योगफल ६३ को अक।
40721 त्रिसठ्ठी ना. वि. २. साठी र तीनका योगसङ्ख्याको।
40722 त्रिसट्ठीऔँ / त्रिसट्ठीयौं वि. हे. त्रिसट्ठिऔँ।
40723 त्रिसन्धि ना. जवाकुसुमका छाँटको एक थरी फूलविशेष।
40724 त्रिसन्ध्या ना. प्रातः; मध्याह्न र सायम् गरी दिनका तीन काल।
40725 त्रिसाला ना. तीन वर्षको म्याद राखेर गरिएको कारोबार।
40726 त्रिस्थली ना. काशी; प्रयाग र गया यी तीन प्रसिद्ध तीर्थस्थान।
40727 त्रिस्वर ना. ध्वनिविज्ञानका अनुसार उकालोलाई ओरालाले पछ्याएको स्वरश्रुति; त्रिस्वरीभूतस्विर।
40728 त्रिहत्तर ना. १. सत्तरी र तीनका सङ्ख्याको योगफल ; ७३ को अङ्क।
40729 त्रिहत्तर ना. वि. २. सत्तरी र तीनका योगसङ्ख्याको।
40730 त्रिहत्तरौं वि. गणना गर्दा त्रिहत्तरको क्रममा परेको।
40731 त्रिहित्ती वि. १. तीन हातको गज वा चौडाइ भएको।
40732 त्रिहित्ती वि. २. त्यस नापको कपडा।
40733 त्रुटि ना. १. गल्ती; भुलचुक।
40734 त्रुटि ना. २. कमी।
40735 त्रुटित वि. १. काटिएको; भाँचिएको; फुटेको; चुँडिएको।
40736 त्रुटित वि. २. भुल भएको गल्ती भएको।
40737 त्रेता ना. पुराणादिअनुसार चार युगमध्येको दोसो युग।
40738 त्रेता युग ना. सत्य; त्रेता; द्वापर र कलि चार युगमध्ये दोसो युग।
40739 त्रेताग्नि ना. धर्मशास्त्रका अनुसार दक्षिण; गार्हपत्य र त्रिशूल - त्वा ॥ आहवनीय यी तीन अग्निको समष्टि।
40740 त्रैकालिक वि. भूत; भविष्य र वर्तमान- यी तीन कालसँग सम्बद्ध।
40741 त्रैमासिक वि. तीनमहिने; तीन महिनाको प्रत्येक तीनतीन महिनामा आउने वा हुने ( पत्रिका; बजेट) आदि।
40742 त्रैराशिक वि. गणितमा तीन ज्ञात राशिका सहायताले चौथौ राशिको पत्तो लगाउने एक प्रक्रिया।
40743 त्रैलोक्य ना. तीन लोक अर्थात् स्वर्ग; मर्त्य र पातालको समष्टि त्रिलोक।
40744 त्रोटक ना. १. देवता र मनुष्य दुवै थरी पात्र हुने प्रत्येक अङ्कमा विदूषक रहने; प्रधान रस शृङ्गार र अङ्कहरू पाँच; सात; आठ वा नौमध्ये कुनै पनि हुन सक्ने एक रूपक (उदा.- विक्रमोर्वशीय)।
40745 त्रोटक ना. २. गर्भनामक नाटकसन्धिको एक अङ्ग।
40746 त्र्यम्बक ना. तीन नेत्र भएका देवता; शिव।
40747 त्व प्रत्य. शब्दका पछाडि जोडिएर भाव; गुण वा अवस्था जाहेर गर्ने एक प्रत्यय (जस्तो- पुरुषत्व; स्वामित्व; पशुत्व इ)।
40748 त्व प्रत्य. )।
40749 त्वचा ना. चर्म; छाला।
40750 त्वम् सर्व तिमी।