Dictionary

All Word

40651 त्रिपन्न ना. वि. २. पचास र तीनको योगसङ्ख्याको।
40652 त्रिपन्नौं वि. गणना गर्दा त्रिपन्नको क्रममा परेको।
40653 त्रिपाई ना. तीन खुट्टा भएको काठ वा धातुको बस्ने उपकरण; स्टुल।
40654 त्रिपासा ना. चारपाटे हस्तिहाडका गोटी लडाएर खेलिने एक खेल।
40655 त्रिपिटक ना. विनय; अभिधम्म र सुत्त तीन पिटकमा विभाजित बौद्ध धर्मग्रन्थको नाम।
40656 त्रिपुण्ड्र ना. शैव धर्मावलम्बीहरूले निधारमा लगाउने भस्मका रेखा; चन्दन; खरानी वा गोबरबाट बनाइएको तीन रेखा; त्रिपुण्डक।
40657 त्रिपुर ना. १. तीन नगरको समूह।
40658 त्रिपुर ना. २. पौराणिक कथाअनुसार पृथ्वी र पातालमा मय भन्ने राक्षसले बनाएको सुन; चाँदी र फलामका तीन नगर।
40659 त्रिपुरसुन्दरी ना. दुर्गा देवी।
40660 त्रिपुरारि ना. महादेव।
40661 त्रिपुरुष ना. तीन पुस्ताका व्यक्ति अर्थात् बाबु; बाजे र बुढा बाजे।
40662 त्रिफला ना. आयुर्वेदका अनुसार हर्रो; बर्रो र अमला- यी तीन फलहरूको समष्टि।
40663 त्रिबली ना. स्त्रीजातिको नाभिभन्दा केही माथि पेटमा पर्ने सौन्दर्यसूचक तीन रेखा।
40664 त्रिभङ्गी ना. बत्तिस मात्रा भएको; दश; आठ; आठ र छ मात्रामा यति हुने; जगण नभएको र पछिल्लो अक्षर गुरु हुने एक छन्द।
40665 त्रिभङ्गी ना. (उदा.- काम छ भिखमङ्गा देह छ नङ्गा शिरमा गङ्गा शङ्करको।)।
40666 त्रिभुज ना. तीन सरल रेखा आपसमा मिली बनेको कोण; त्रिकोण।
40667 त्रिभुवन ना. १. स्वर्ग; मर्त्य र पाताल- यी तीन लोकको समुदाय; त्रिलोक।
40668 त्रिभुवन ना. २. नेपालको शाह वंशका आठौं राजा; त्रिभुवनवीरविक्रम शाहदेव (वि. सं. १९६३ - २०११)।
40669 त्रिभुवन जयन्ती ना. फागुन ७ गतेका दिन मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस।
40670 त्रिभुवन पुरस्कार ना. साहित्य; कला आदिका क्षेत्रमा विशेष योगदान दिने लेखक; कलाकार आदिलाई प्रदान गर्ने उद्देश्यले २०१६ सालमा स्थापित एक पुरस्कार।
40671 त्रिभुवन प्रजातन्त्र श्रीपद ना. राजपरिवार तथा राष्ट्रिय महत्त्वका व्यक्तिहरूलाई प्रदान गर्ने उद्देश्यले २०१३ सालमा स्थापित पाँच श्रेणीमा विभक्त एक पुरस्कार।
40672 त्रिभुवन प्रज्ञा पुरस्कार ना. भाषा; साहित्य; संस्कृति; कला र ज्ञानविज्ञानका क्षेत्रमा प्रदान गर्ने उद्देश्यले २०३१ सालमा स्थापित एक पुरस्कार।
40673 त्रिभुवन राजपथ ना. थानकोटदेखि भैंसेसम्मको १५० कि. मि. लामो राजमार्ग बाइरोड।
40674 त्रिभुवन विश्वविद्यालय ना. काठमाडौंमा वि. सं. २०१२ मा सङ्गठित तथा वि. सं. २०१६ मा स्थापित नेपालको पहिलो र ठुलो विश्वविद्यालय।
40675 त्रिमधु ना. घिउ; चिनी र महको समष्टि।
40676 त्रिमात्रिक वि. तीन मात्रा भएको (पद आदि); प्लुत (ध्वनि)।
40677 त्रिमूर्ति ना. १. हिन्दूहरूका तीन देव ब्रह्मा; विष्णु र महेश्वरको संयुक्त रूप।
40678 त्रिमूर्ति ना. २. सूर्य।
40679 त्रियान ना. बौद्धधर्मका तीन यान महायान; हीनयान र बज्रयानको सामूहिक नाम।
40680 त्रियानब्बे ना. १. नब्बे र तीनको योगसङ्ख्या ३ Sat।
40681 त्रियानब्बे ना. वि. २. नब्बे र तीनका योगसङ्ख्याको।
40682 त्रियानब्बे / त्रियानब्बेयाँ वि. गणनाका क्रमले त्रियानब्बेको सङ्ख्यामा परेको।
40683 त्रियासिऔँ / त्रियासियाँ वि. त्रियासी सङ्ख्यामा परेको त्रियासी सङ्ख्याको।
40684 त्रियासी ना. १. असी र तीनको योगसङ्ख्या ८३ को अक।
40685 त्रियासी ना. वि. २. असी र तीनका योगफलको।
40686 त्रियासी / त्रियासीयौँ वि. हे. त्रियासिऔँ।
40687 त्रियुग ना. १. तीन युग (सत्य; त्रेता र द्वापर )।
40688 त्रियुग ना. २. वसन्त;वर्षा र शरद्- यी तीन ऋतुको समष्टि।
40689 त्रियुग ना. ३. तीन पुस्ताको समष्टि।
40690 त्रियुगा ना. सगरमाथा अञ्चलको उदयपुर जिल्लामा पर्ने एक प्रसिद्ध नदी तिर्जुगा।
40691 त्रिरत्न ना. १. बुद्ध; धर्म र सङ्घ यी तीनको सामूहिक नाम २. ब्रह्मा; विष्णु र महेश्वर।
40692 त्रिरत्न ना. ३. सुन; चाँदी र तामा; त्रिलोह।
40693 त्रिलघु ना. छन्दशास्त्रका अनुसार वर्णयोजनामा तीन लघु भएको एक गण नगण।
40694 त्रिलवण ना. सिंधे; साबरी र बिरे नुनको समष्टि।
40695 त्रिलोक ना. तीन लोक वा भुवन (स्वर्ग; मर्त्य र पाताल)।
40696 त्रिलोकनाथ ना. तीनै लोकका स्वामी (इन्द्र र शिव )।
40697 त्रिलोकेश ना. सूर्य।
40698 त्रिलोचन ना. १. शिव।
40699 त्रिलोचन ना. वि. २. तीन आँखे।
40700 त्रिलोह ना. सुन; चाँदी र तामा तीन थरी धातुको समष्टि त्रिरत्न।