Dictionary

All Word

40501 त्यक्ताग्नि ना. वि. २. आगोमा पकाएको नखाने।
40502 त्यजन ना. त्याग्ने काम त्याग।
40503 त्यता क्रि. वि. त्यहाँ उता; त्यसतिर; त्यसपछि।
40504 त्यति वि. १. त्योजति उति त्यत्ति।
40505 त्यति वि. २. निश्चित परिमाणको।
40506 त्यति वि. क्रि. वि. ३ त्यति साहो; त्यतिका।
40507 त्यतिको वि. १. त्योजति उत्तिको।
40508 त्यतिको वि. २ त्यति धेरै ठुलो परिमाणको; त्यत्तिको।
40509 त्यतिको वि. क्रि. वि. ३. त्यति धेर।
40510 त्यतिन्जेल / त्यतिन्जेलि क्रि. वि. त्यस बेलासम्म त्यतिखेरसम्म।
40511 त्यत्ति वि. त्यति (जोड दिँदा। )।
40512 त्यत्ति वि. त्यत्तिको वि. त्यतिको।
40513 त्यत्रो वि. १. कुनै निश्चित आकार वा परिमाणको त्योजत्रो उत्रो।
40514 त्यत्रो वि. २. त्यति धेर।
40515 त्यत्रो वि. क्रि. वि. ३. त्यति साहो; त्यतिको।
40516 त्यस सर्व. / वि. त्यो' सर्वनाम वा विशेषणको तिर्यक् रूप (उदा.- त्यस केटालाई भन। )।
40517 त्यसरी क्रि. वि. त्यसो गरेर त्यस किसिम वा तरिकाले।
40518 त्यसै क्रि. वि त्यसो नै उसै त्यही तरिका वा किसिमअनुसार नै।
40519 त्यसै क्रि. वि २. विनाकारणले; विनाकाम वा उद्देश्यले।
40520 त्यसै क्रि. वि ३. मुफतमा सित्तैं व्यर्थमा।
40521 त्यसै क्रि. वि ४ अव्यवस्थित अलपत्र।
40522 त्यसै क्रि. वि ( उदा.- सारा काम त्यसै छाडेर म तिमीकहाँ आएको। )।
40523 त्यसो वि. त्योजस्तो; उसो त्यस किसिमको।
40524 त्यसो वि. क्रि. वि. २. त्यता त्यतातिर।
40525 त्यस्तरी क्रि. वि. त्यसरी त्यस तरिकाले त्यति धेरै वा जोडले त्यसो गरी।
40526 त्यस्तो वि. त्योजस्तो उस्तो; त्यस किसिमको त्यति धेरै।
40527 त्यहाँ क्रि. वि. त्यता त्यस स्थलमा।
40528 त्यहीं- क्रि. वि त्यहाँ वा त्यता नै त्यसै ठाउँ वा स्थितिमा नै।
40529 त्यही सर्व त्यो नै; उही नै ऊ नै; सोही; निजै; त्यै।
40530 त्याग्नु स.क्रि. १. त्याग गर्नु; छोड्नु; नलिनु।
40531 त्याग्नु स.क्रि. २. मया मार्नु छुट्टी दिनु।
40532 त्याग्नु स.क्रि. ३ हटाउनु; बानु; वर्जित गर्नु।
40533 त्याग्नु स.क्रि. ४. अर्पनु; चढाउनु।
40534 त्याग ना. कुनै व्यक्ति; वस्तु; धारणा आदिबाट आफ्नो अधिकार; स्वत्व; माया; स्नेह वा सम्बन्धविच्छेद गर्ने काम; उत्सर्ग; छोड्ने काम वैराग्य; मोचन।
40535 त्यागपत्र ना. राजीनामा; इस्तिफा।
40536 त्यागशील वि. त्याग्न सक्ने; मुक्तहस्त; उदार; दानशील।
40537 त्यागी वि. १. सन्न्यासी; वैरागी; जोगी; भिक्षु।
40538 त्यागी वि. २. दाता; दानी; उदार; दानशील।
40539 त्यागी वि. ३. निस्पृह।
40540 त्याज्य वि. त्याग्न योग्य छोड्न लायक।
40541 त्यान्द्रातुन्द्री ना. १. मसिना र थोरै मात्र त्यान्द्राहरू त्यान्द्राको एकत्रित अवस्था।
40542 त्यान्द्रातुन्द्री ना. २. त्यान्द्राहरूको सिलोबालो वा बटुलबाटुल।
40543 त्यान्द्रो ना. कथ्य. त्यान्रो।
40544 त्यान्द्रो ना. कुनै पनि वस्तुको रेसा वा लामालामा टुक्रा; सुत; धागो।
40545 त्या ना. १. कागज; कपडा आदि च्यात्दा आउने आवाज।
40546 त्या ना. क्रि. वि. २. त्यसरी च्यातिने गरी; त्यार्र।
40547 त्यूरी / त्यूरे ना. हे. तिउरी / तिउरे।
40548 त्यै सर्व. हे. त्यही।
40549 त्यो सर्व. १. पूर्वकथित व्यक्ति; जनावर वा वस्तु ऊ सो; निज।
40550 त्यो सर्व. वि. २. अलिक टाढाको कुनै व्यक्ति; जनावर वा वस्तुलाई निर्दिष्ट गर्दा प्रयोग हुने शब्द।