Dictionary

All Word

40601 त्रिकोणमिति ना. त्रिकोणका भुजा; कोण वा युगल भुजाको मान निकाल्ने गणितको एक शाखा।
40602 त्रिक्षार ना. जवाखार; सज्जीखार र स्वाग तीन रासायनिक तत्त्वको समष्टि।
40603 त्रिखण्ड पूर्वयुग ना. त्रिखण्डारम्भ युगभन्दा पहिलेको; अजीवकल्पको समय; भूगर्भशास्त्रका अनुसार आजभन्दा साढे चार अरब वर्षपहिले प्रारम्भ भएको युग।
40604 त्रिखण्डारम्भ युग ना. भूगर्भशास्त्रअनुसार आजभन्दा सन्ताउन्न करोड वर्षपहिलेको; जीवकल्पको प्रारम्भ भएको युग; एककोशीय जीव सृष्टि तथा प्रथम; द्वितीय र तृतीय खण्ड प्रारम्भ भएको युग पुराजीवक प्रारम्भ भएको युग।
40605 त्रिखण्डी ना. १. पहिले जग्गाजमिनको तीन भागमा एक भाग मोहीले र दुई भाग तल्सिङले पाउने व्यवस्था।
40606 त्रिखण्डी ना. २. सो व्यवस्थाअनुसार मोहीले पाएको भाग।
40607 त्रिखुटी ना. त्रिकुटी।
40608 त्रिगण ना. चार पुरुषार्थमध्ये धर्म; अर्थ र काम यी तीनको समुदाय।
40609 त्रिगुण वि. १. सत्त्व; रज तथा तम तीन गुणले युक्।
40610 त्रिगुण वि. २. तेहरो ; तिगुना; तेवर |
40611 त्रिगुण वि. 3. सत्त्व; रज तथा तम यी तीन गुणको समष्टि।
40612 त्रिगुणातीत वि. सत्त्व; रज तथा तम तीनै गुणले रहित भएको; निर्गुण।
40613 त्रिगूढ ना. नाटकको सौन्दर्य बढाउनाका निम्ति स्त्रीको वेष गरेका पुरुषहरूले गरिने मधुर नृत्य (लास्याङ्गको एक भेद)।
40614 त्रिचालिस ना. १. चालिस र तीनको योगसङ्ख्या ४३ को अङ्क।
40615 त्रिचालिस ना. वि. २. चालिस र तीनका योगसङ्ख्याको।
40616 त्रिचालिसौं वि. त्रिचालिस सङ्ख्यामा पर्ने।
40617 त्रिचालीस ना. हे. त्रिचालिस।
40618 त्रिचालीसा वि. हे. त्रिचालिसौँ।
40619 त्रिजगत् ना. वास्तु तथा मूर्तिकलामा प्रचलित; चालिस अमल बराबरको नापो; आयुध वा दिशाको चार गुणा बराबरको नापो।
40620 त्रिज्या ना. रेखागणितमा वृत्तको परिधिबाट केन्द्रसम्म खिचेको सरल रेखा; व्यासार्ध।
40621 त्रिताल ना. गायनको एक ताल।
40622 त्रिता वि. १. कदम बाठो; चुपिचन्डाल।
40623 त्रिता वि. २. धूर्।
40624 त्रिता वि. 3. अनेक ताल जान्ने (आइमाई ); बिछट्टकी।
40625 त्रिदण्ड ना. सन्न्यासीहरूले लिने बाँसका तीन कप्टेरा मिलाई बनाइएको दण्ड।
40626 त्रिदण्ड ना. २. मन; वचन र कर्मको संयम।
40627 त्रिदण्डी ना. मन; वचन र कर्मलाई वशमा राख्ने व्यक्ति; त्रिदण्ड लिएको सन्न्यासी।
40628 त्रिदण्डी ना. २. जनै।
40629 त्रिदश ना. देवता।
40630 त्रिदशालय ना. १. सुमेरु पर्व।
40631 त्रिदशालय ना. २. स्वर्ग।
40632 त्रिदेव ना. ब्रह्मा; विष्णु र महेश्वर यी तीन देवता।
40633 त्रिदोष ना. शरीरमा हुने बात; पित्त र कफ यी तीन दोष; पित्त र कफको प्रकोपबाट हुने रोग; सन्निपा।
40634 त्रिधा क्रि. वि. तीन प्रकारले तीन किसिमसँग।
40635 त्रिधार ना. तीनपाटे डाँठ भई त्यसका टुप्पामा सेता फूल फुल्ने एक प्रकारको सिउँडी।
40636 त्रिनगर ना. १. नेपालको सुदूर पश्चिमाञ्चलमा पर्ने एक प्रसिद्ध बजार।
40637 त्रिनगर ना. २. तीन सहर।
40638 त्रिनीलमानव ना. नृतत्त्व विज्ञानअनुसार द्वितीय हिमयुगका बिच समयमा जाभाको त्रिनील नामक ठाउँमा थियो भन्ने प्रमाणित गरिएको मानव; पुरातत्त्वविद् तथा नृतत्त्वविद्हरूले अस्थिका अवशेषका रूपमा प्राप्त गरेको नरवानरको अस्तित्व।
40639 त्रिनेत्र ना. शिव त्रिलोचन।
40640 त्रिपट ना. १. हावा; घाम; पानी आदिका कारणले काठ- पात बाङ्गिने वा पसाङ्गिने प्रक्रिया।
40641 त्रिपट ना. २. साइकल आदिका पाङ्ग्राको गोलाइ बिग्रने वा कुच्चिने क्रिया; तिर्पट।
40642 त्रिपथ ना. १. ज्ञान; कर्म र उपासना- यी तीन मार्ग।
40643 त्रिपथ ना. २. आकाश; पृथ्वी र पाताल यी तीन स्थान।
40644 त्रिपथ ना. ३. तीन दोबाटो।
40645 त्रिपथगा ना. गङ्गा; भागीरथी।
40646 त्रिपद ना. १. त्रिपाई।
40647 त्रिपद ना. २. तीन पदको समष्टि।
40648 त्रिपद ना. 3. विष्णुको अ. ४. तीन खुट्टा भएको तीनखुट्टे।
40649 त्रिपदा ना. गायत्री।
40650 त्रिपन्न ना. १. पचास र तीनको योगसङ्ख्या ५३ को अङ्क।