Dictionary

All Word

40751 त्वरा ना. शीघ्रता; क्षिप्रता; वेग।
40752 त्वरित् वि. शीघ्रगामी छिटो हिँड्ने; वेगवान्; फुर्तिलो।
40753 त्वरित् भूक्षय ना. प्राकृतिक वा अन्य कृत्रिम कारणबाट छिटोछिटो हुने भूक्षय।
40754 त्वष्टा ना. १. देवताका कर्मी; विश्वकर्मा।
40755 त्वष्टा ना. २. अष्टप्रजापतिमध्ये एक।
40756 त्वारत्वार क्रि. वि. पानीको मसिनो धा बग्दाको आवाज आउने गरी।
40757 त्वारत्वारती/त्वारत्वारी क्रि. वि. अझ बढी त्वारत्वार भएर।
40758 त्वार्र ना. १. पानी; पिसाब; रक्सी आदि तरल पदार्थको धारो खस्दा आउने शब्द।
40759 त्वार्र ना. क्रि.वि. २. त्यसरी धारो खस्ने गरी वा खसालेर।
40760 देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये सत्रौं व्यञ्जन; दन्त्य, स्पर्शी, अघोष, महाप्राण व्यञ्जन ध्वनि; तवर्गको दोस्रो वर्ण वा अक्षर लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न।
40761 नत्थजस्तो थ; घोरमुखा ।
40762 थकथक ना. १. पश्चात्ताप; पछुतो; पछुताउ; थक्क; चुकचुक; थकथकी।
40763 थकथक ना. वि. २. पश्चात्तापमा परेको; थकथकाएको।
40764 थकथकाइ ना. थकथकाउने भाव, क्रिया वा किसिम।
40765 थकथकाइनु अ. क्र. थकथक गरिनु।
40766 थकथकाउनु अ. क्रि. चुकचुकाउनु; पछुताउनु; थक्कथक्क मान्नु; पश्चात्ताप गर्नु।
40767 थकथकी ना. चुकचुकी; थकथक।
40768 थकथके वि. पछुताउने; थक्कथक्क गर्ने; पश्चात्ताप गर्ने; थकथकाउने बानी भएको।
40769 थकाइ ना. थाक्ने क्रिया वा प्रक्रिया; थकावट।
40770 थकाइनु क.क्रि. थाक्ने पारिनु।
40771 थकाइलो वि. थाक्ने स्वभावको।
40772 थकाउनु प्रे. क्रि. थाक्ने पार्नु; थकित तुल्याउनु।
40773 थकार ना. थ' वर्ण वा अक्षर; तवर्गको दोस्रो अक्षर।
40774 थकाली १ ना. १. नेपालको पश्चिमोत्तर क्षेत्रको 'थाक' भन्ने ठाउँका बासिन्दा; एक नेपाली जाति।
40775 थकाली १ ना. वि. २. थाकसम्बन्धी; थाकको।
40776 थकाली २ ना. जातिविशेषमा घर, कुल वा गुठीको सबभन्दा बुढो मुख्य व्यक्ति; मूली; नाइके।
40777 थकावट ना. थाक्ने भाव, क्रिया वा अवस्था; थकाइ।
40778 थकित वि. थाकेको; थकाइ लागेको।
40779 थकुल्लो ना. १. थाङ्नाबाट तयार बालिस्ट वा अडेसा।
40780 थकुल्लो ना. २. थाङ्नैथाङ्नाले बनाइएको बिछ्याउना; डफलो।
40781 थकुवा वि. दुध दिन छाडेको वा थाकेको (गाईभैंसी आदि)।
40782 थकौटो वि. १. थाक्न आँटेको वा थाक्ने बेला भएको; थकुवा; बकेर्नु।
40783 थकौटो वि. ना. २. त्यस्तो अवस्थाको गाई वा भैंसी।
40784 थकौटो वि. ३. त्यस्तो हुने अवस्था वा स्थिति।
40785 थकौली ना. माछा समात्दा दुवै हातले समातेर माछालाई फसाउन निर्मित एक थरी हाते जाल।
40786 थक्क ना. पछुतो।
40787 थक्कथक्क वि.बो. १. बारम्बार पछुतो हुँदा अचानक व्यक्त गरिने शब्द।
40788 थक्कथक्क वि.बो. ना. २. थकथकी; चुकचुकी।
40789 थक्रनु स.क्रि. १. थाँक्राले केश कोर्नु; लट्टा फोरेर सम्याउनु।
40790 थक्रनु स.क्रि. २. लुगा बुन्ने तानको धागो थाँक्राले सम्म्याउनु।
40791 थक्राइ ना. थक्रने काम वा किसिम।
40792 थक्राइनु क.क्रि. थक्रने पारिनु।
40793 थक्राउनु प्रे. क्रि. थक्रने पार्नु।
40794 थक्रिनु क.क्रि. १. थाँक्राले केश कोरिनु; लट्टा सम्म्याइनु।
40795 थक्रिनु क.क्रि. स.क्रि. २. थक्रनु।
40796 थक्सिनी / थक्सेनी ना. १. थाक्से आइमाई।
40797 थक्सिनी / थक्सेनी ना. २. थाक्सेकी स्वास्नी।
40798 थङथिलो वि. १. थकाइ; कष्ट आदिले गर्दा ज्यादै दुब्लाएको।
40799 थङथिलो वि. २. पिटाइ र थिचाइमा परेर हत्तु वा विकृत भएको; थिलथिलो।
40800 थङथिल्याइ ना. थङथिलो हुने वा पारिने क्रियाप्रक्रिया।