Dictionary

All Word

40451 तोरीतेल ना. खान र जिउमा लगाउन स्वास्थ्यप्रद विशुद्ध तोरीको तेल; कडुवा तेल।
40452 तोरीलाहुरे ना. १. केही दिनको तडकभडकपछि फेरि ठन्डाराम भएको व्यक्ति।
40453 तोरीलाहुरे ना. २. जिउडाल र रवाफमा खाइलाग्दो तर व्यवहारमा विश्वास गर्न नसकिने; काम र कुराको ठेगान नभएको मान्छे।
40454 तोरीलाहुरे ना. ३. रद्दी बिकामे; लठ्ठक; लम्फु।
40455 तोर्मा ना. भात वा भुटेको गहुँको पिठो महमा मुछेर बनाइएको कुनै पशुपक्षी वा चैत्यका आकारको चिज।
40456 तोर्मे वि. १. तोर्मा खाने।
40457 तोर्मे वि. २. अनिकाले दरिद्री।
40458 तोर्मे वि. ३. पाखे; असभ्य।
40459 तोर्लाङे वि. १. ताल र बेढङ्गको रगढङ्ग केही नमिलेको हेर्दाको लट्ठू।
40460 तोर्लाङे वि. २. पातलो झोल भएको; निकै पालो।
40461 तोर्लाङे वि. ना. ३. हेर्दा बिधरे देखिने; काममा बेढङ्गको मान्छे।
40462 तोला ना. सय वा छ्यान्नब्बे लालको परिमाण वा तौल ( सुनको जोखाइमा सय लाल र चाँदीको जोखाइमा छ्यान्नब्बे लालको गणना हुन्छ)।
40463 तोलाको बोली ना. कदर गर्नुपर्ने; महत्त्वको बोली वा वचन।
40464 तोष ना. १. सन्तोष; परितोष; तृप्ति।
40465 तोष ना. २. खुसी प्रसन्नता।
40466 तोषक वि. सन्तुष्ट वा प्रसन्न तुल्याउने।
40467 तोषण ना. तोष।
40468 तोषित वि. सन्तुष्ट वा प्रसन्न पारिएको तुष्ट।
40469 तोषित वि. तोस ना खेतबारीमा आउने पानी बढ्ता भएमा वा आउनै दिनु नपरेमा तर्काउनका लागि बनाइएको खाँद; भलेटो; कुलेसो।
40470 तोस ना. १. ओछ्याउने।
40471 तोस ना. २. ऊनी लुगा।
40472 तोसक ना. डसना; लम्पट गद्दा।
40473 तोसदान ना. १. बटुवा वा सैनिकहरूले बाटाका लागि सामल हाल्ने भाँडो वा थैलो।
40474 तोसदान ना. २. सैनिकहरूले कारतुस हालेर बाँध्ने एक प्रकारको छालाको पेटी।
40475 तोसा ना. सनपाटका विभिन्न जातमध्ये उन्नत जातको पाँच महिनासम्म रहँदा दश फिट लामो र रेसादार हुने पाट; विकासको पाटाको पाट।
40476 तोसाखाना ना. १. सरकारी जगी पोसाक राख्ने भंडार; ठाउँ वा घर।
40477 तोसाखाना ना. २. राजाहरूका बहुमूल्य गहना तथा पोसाक आदि राखिने कोठा।
40478 तोस्रो ना. १. दाम्लो; डोरी आदिको पयो बाट्ने बाँस; काठ आदिको दुईतिर चोके परेको एक उपकरण।
40479 तोस्रो ना. २. लहरो; रुख वा बोट आदिबाट फल आदि टिप्न बनाइएको काठको लामो टाँगो।
40480 तौर ना. किसिम; तवर; भाँती; ढग; तरिका; ढाँचा।
40481 तौरतरिका ना. तौर; तवर।
40482 तौर्यत्रिक ना. नाच; गान र बाजा - यी तीनको समूह; बागिना।
40483 तौल ना. कुनै वस्तुको गुरुत्वको परिमाण; मान; वजन।
40484 तौल ना. २. तराजु; तुलो।
40485 तौलनु स.क्रि. १. हत्केला; तराजु आदिले जोख्नु; तौल गर्नु।
40486 तौलनु स.क्रि. २. दाँज्न; तुलना गर्नु; बराबरी गर्नु।
40487 तौलनु स.क्रि. ३. पहिचान्नु; थाहा पाउनु चिन्नु।
40488 तौलाइ ना. तौलने क्रिया वा प्रक्रिया।
40489 तौलाइनु क.क्रि. तौलन लाइनु।
40490 तौलाइनु प्रे. क्रि. तौल गराउनु।
40491 तौलिनु स.क्रि १. तौलनु।
40492 तौलिनु स.क्रि क.क्रि. २. तौल गरिनु।
40493 तौलिया ना. मुख; आङ आदि पुछ्न वा ओबानो पार्न त्यागिनु - क.क्रि. त्याग्ने काम गरिनु; हटाइनु।
40494 तौलिया ना. प्रयोग गरिने; पानी सोस्ने एक प्रकारको भुवादार कपडा।
40495 तौली ना. असार; साउनमा पाक्ने धानको एक प्रकार।
40496 त्यक्त वि. त्यागिएको; छोडिएको; परित्यक्त; उत्सृष्ट।
40497 त्यक्त वि. स्त्री. त्यक्ता।
40498 त्यक्तप्राण वि. ज्यान दिन तयार; कुनै पनि खतरा मोल्न तयार।
40499 त्यक्तव्य वि. त्याग्न लायक छोड्न योग्य।
40500 त्यक्ताग्नि ना. १. अग्निहोत्र गर्न छाडिदिने ब्राह्मण।