Dictionary

All Word

40351 तैर्थिक वि. ५. कुनै नयाँ धार्मिक वा दार्शनिक सिद्धान्त प्रतिपादन गर्ने व्यक्ति; शास्त्रकार।
40352 तैर्थिक वि. ६. एक थरी सन्न्यासी।
40353 तैल ना. तेल।
40354 तैलकार ना. तेल पेल्ने र बेच्ने व्यक्ति।
40355 तैलकार ना. तेली।
40356 तैलचित्र ना. १. तेल मिसाइएको रङका सहायताले तयार पारिने चित्र |
40357 तैलचित्र ना. २. तेलरङगबाट चित्र बनाउने कला |
40358 तैलद्रोणी ना. तेलहन; तैलान्न।
40359 तैलधान्य ना. तेल पेल्ने यन्त्र वा साधन; कोल; साल।
40360 तैलयन्त्र ना. तेल पेल्ने यन्त्र वा साधन; कोल; साल।
40361 तैलयान ना. तेलबाट चल्ने गाडी (मोटर; मोटरसाइकल; हवाइजहाज इ.)।
40362 तैलशाला ना. तेल पेल्ने यन्त्र रहेको ठाउँ साल।
40363 तैलतैलान्न ना. खाने तेल आउने अन्न; तैलधान्य।
40364 तैलाभ्यङ्ग ना. जिउमा तेल घस्ने काम मालिस; तेला।
40365 तैलिक ना. १. तेली; तेल पेल्ने मानिस; साल्मी।
40366 तैलिक ना. वि. २. तेलसम्बन्धी।
40367 तैलिनी ना. तेलबाट बल्ने बत्ती वा दियो।
40368 तोक्नु स.क्रि. १. यही ठाउँ; वस्तु वा व्यक्ति हो भनी किटान गर्नु किट्नु।
40369 तोक्नु स.क्रि. २. निर्णय गर्नु; पर्गेल्नु।
40370 तोक्नु स.क्रि. 3. चिन्नु; पहिल्याउनु।
40371 तोक्नु स.क्रि. ४. ठोकेर किटान गर्नु।
40372 तोक्नु स.क्रि. भन्नुः।
40373 तोक ना. १. चिठी; निवेदनपत्र वा अन्य कागजातहरूमा संस्था वा कार्यालयका मुख्य अधिकारीले विषयसँग सम्बद्ध मन्तव्य; निर्देशन वा निर्णय दिन लेख्ने छोटो बेहोरा; आदेश।
40374 तोक ना. २. निकासा।
40375 तोक आदेश ना. पत्रमा उल्लेख भएअनुसार गर्नगराउन मुख्य हाकिमले तोक लेखेर दिने आदेश।
40376 तोकाइ ना. तोक्ने काम वा काइदा।
40377 तोकाइनु क.क्रि. तोक्न लाइनु।
40378 तोकाउनु प्रे. क्रि. तोक्न लाउनु।
40379 तोकाहा वि. तोक्नेवाला; पोलाहा।
40380 तोकिनु क.क्रि तोक्ने काम गरिनु।
40381 तोकुवा वि. १. किटान गरिएको; निश्चित रूपमा निर्दिष्ट गरिएको ठोकेर भनिएको।
40382 तोकुवा वि. २. तोक्ने किटान गर्ने।
40383 तोकुवा वि. ३. किटानी निर्णय वा सो निर्णयसम्बन्धी ( लिखत )।
40384 तोक्मा ना. खास गरी पहाडी खण्डमा भरियाहरूले मालसामान बोक्ने बोझबाट उभिएको उभियै विश्राम लिन ढाकरका पिंधमा अवलम्ब स्वरूप अड्याउने प्रायः तेर्सो हातो हुने चोके भएको बलियो लट्ठी; आडा।
40385 तोटक ना. १. प्रत्येक पाउमा चार सगण हुने जगती जातिको एक समवृत्त छन्द।
40386 तोटक ना. २. गर्भ नाटकको तेस्रो सन्धिमा हुने तेह अङ्गमध्ये एक।
40387 तोड्नु स.क्रि. १. भाँच्नु; चुँड्नु; बिगार्नु; छिन्नु भत्काउनु।
40388 तोड्नु स.क्रि. २. रद्दी गर्नु; छोड्नु; टुटाउनु।
40389 तोड्नु स.क्रि. ३. कागत आदिमा तोड • बनाउनु।
40390 तोड्नु स.क्रि. ४. चिढ्याउनु।
40391 तोड्नु स.क्रि. ५. मन दुखाउनु।
40392 तोड ना. १. कागजको परिमाण मिलाएर दोबार्दा परेको डोब।
40393 तोड ना. २. मानसिक चोट आघा।
40394 तोड ना. 3. कुराको वेग वा प्रभाव।
40395 तोड ना. ४. परस्परको स्पर्धा प्रतिस्पर्धा जोड।
40396 तोड ना. ५. फोर्ने वा बिगार्ने काम।
40397 तोडताड ना. बिगार्ने; फुटाउने र भत्काउने काम भताभुङ्ग; बिगार।
40398 तोडफोड ना. १. बिगार्ने र भत्काउने जस्ता विध्वंसकारी कार्य; चित्र।
40399 तोडफोड ना. २. तेलरङगबाट चित्र बनाउने कला।
40400 तोडमरोड ना. १. कुनै विषयवस्तु वा कामकुरालाई तोड्ने र बङ्ग्याउने काम।