Dictionary

All Word

40051 तुलबुल ना. २. चिन्ता; फिक्री; पिर।
40052 तुलबुलाइ ना. तुलबुल गर्ने स्वभाव; कार्य वा गुण।
40053 तुलबुलाइनु अ.क्रि. तुलबुल गर्ने होइन।
40054 तुलबुलाउनु अ. क्र. तलबलाउनु; हडबडाउनु।
40055 तुलबुलाहट ना. तुलबुलाइ।
40056 तुलबुली ना. १. तुलबुल।
40057 तुलबुली ना. ना. २. तुर्केली भाषा।
40058 तुलबुली ना. ३. तुर्केलहरूको देश।
40059 तुलबुले वि. तुलबल गर्ने; चञ्चल।
40060 तुलबुल्याइ / तुलबुल्याहट ना. तुलबुलिने भाव; क्रिया वा अवस्था।
40061 तुलरङ्ग ना. १. रातो रङको एक प्रकार।
40062 तुलरङ्ग ना. २. तूल।
40063 तुलसी ना. १. मञ्जरीमा सेता वा कलेजी रङका फूल फुल्ने ससाना बास्नादार पात हुने र खास गरी हिन्दू; वैष्णवहरूद्वारा पवित्र मानिएको एक बोट वृन्दा; कृष्णा।
40064 तुलसी ना. २. पुराणप्रसिद्ध एक देवी।
40065 तुलसीको मठ ना. जमिनबाट अलिकति ढिस्को उठाई सुरक्षित किसिमले धार्मिक भावनाद्वारा प्रेरित भएर तुलसीका बोट रोपिएको स्थानविशेष; तुलसीमठ।
40066 तुलसीको लिङ्गो ना. आकाशबत्ती झुन्ड्याएर तुलसीको मठनेर वा हुँदा पनि गाडिने बाँस।
40067 तुलसी दल / पत्र ना. तुलसीको मञ्जरीभित्र रहेका साना दाना; बीज; तुलसीको पा।
40068 तुला ना. १. तराजु; काँटा; तुलो।
40069 तुला ना. २. बाह्र राशिमध्ये सातौँ राशि।
40070 तुलादान ना. दानी व्यक्तिले आफ्नो शरीरका तौल बराबरको सुन; चाँदी; अन्न आदि तौलेर ब्राह्मणलाई दिने दान।
40071 तुलाधर ना. १. व्यापारी; व्यवसायी; बनियाँ।
40072 तुलाधर ना. २. नेवारजातिको एक वर्ग।
40073 तुलापरीक्षा ना. तराजुमा एकापट्टि माटो र अर्कापट्टि अभियुक्तलाई राखेर पहिलोपटक तौलने र अर्कोपटक फेरि तौलिंदा अभियुक्तको तौल घटी देखिएमा अपराधी ठहऱ्याइने एक प्राचीन न्यायपद्धति।
40074 तुलिगाँडो ना. बाक्लो जङ्गलमा बस्न रुचाउने र मानिसको प्रवेश हुँदा हल्ला गरेर बनै कोलाहलमय पार्ने एक पक्षी।
40075 तुलित वि . १. जोखिएको अडकल गरिएको।
40076 तुलित वि . २. दाँजिएको तुलना गरिएको।
40077 तुली ना. १. दुब्ली।
40078 तुली ना. ना. २. शिशु अवस्थामा रोग होला र मोटी होली भन्ने उद्देश्यले तुलाको एकातिर गोबर र अर्कातिर मान्छे गरी तौलिएकी नारी।
40079 तुले ना. शिशु अवस्थामा रोग निको होला र मोटो होला भन्ने उद्देश्यले तुला एकातिर गोबर र अर्कातिर मान्छे राखी जोखिएको व्यक्ति; जोखे।
40080 तुले गाँडो ना. घना जङ्गलमा बस्ने र एउटा कराउँदा वा बास्दा हूलै कराउने वा बास्ने एक जातको चरो;।
40081 तुलि गाँडो ना. १. घना जङ्गलमा बस्ने र एउटा कराउँदा वा बास्दा हूलै कराउने वा बास्ने एक जातको चरो; तुलिगाँडो।
40082 तुलि गाँडो ना. वि. २. नमिल्दो वा नसुहाउँदो गरी लुगा; गहना आदि लगाउने।
40083 तुलि गाँडो ना. ३. बेमेलको; अमिल्दो डेब्रो।
40084 तुलो ना. जोख्ने साधन; तुला; तराजु।
40085 तुलो ना. घाँसपरालको आगामा डढेर लिइने एक थरी प्रायश्चित्।
40086 तुल्य वि . समान प्रकार वा श्रेणीको; बराबर; समान।
40087 तुल्यकक्ष वि . समान वा बराबर कक्षको।
40088 तुल्यता ना. बराबरी; समानता।
40089 तुल्ययोगिता ना. अलङ्कारको एक भेद।
40090 तुल्यप्राधान्य वि . व्यङ्ग्यार्थ पनि वाच्यार्थजत्तिकै चमत्कारी भएको वा चमत्कारका दृष्टिले व्यङ्ग्य अर्थ र वाच्य अर्थ बराबरै प्रधान भएको (गुणीभूतव्यङ्ग्यको एक भेद)।
40091 तुल्याइ ना. तुल्याउने काम।
40092 तुल्याइनु क.क्रि. तयार पारिनु; निर्माण गराइनु।
40093 तुल्याउनु स.क्रि १. बनाउनु तयार पार्नु; निर्मित गर्नु ठिक पार्नु।
40094 तुल्याउनु स.क्रि २ गराउनु पार्नु।
40095 तुल्याउनु स.क्रि ३. समान पार्नु।
40096 तुल्याउनु स.क्रि ४. मही पार्नु।
40097 तुल्याउनु स.क्रि ५. गर्भाधान गर्नु; वीर्यदान गर्नु।
40098 तुवाँलो ना. गर्मी याममा धर्तीमाथि तिरमिर भएर उडेको देखिने धूमण्डल वा धूलिमण्डल; एक किसिमको पातलो कुहिरो; प्वाँलो।
40099 तुष ना. १. अन्नादिको भुस।
40100 तुष ना. २. फूलको खबटो।