Dictionary

All Word

39951 तुन्काइ ना. तुन्कने काम वा प्रकिया।
39952 तुन्केसो ना. घरको सानोतिनो काम; तानतानतुनतुन।
39953 तुन्केसो ना. घरधन्दा; कोठेधन्दा;।
39954 तुन्तुरी / तुन्तुरो ना. तुतुरो; ढुकुर (बा.बो. )।
39955 तुन्द्रा ना. १. ध्रुवप्रदेशका आसपासको हिउँले ढाकिएको जमिन।
39956 तुन्द्रा ना. २. हिमालको त्यस्तै जमिन; खागर।
39957 तुफान ना. जोडसँग चल्ने हावा; आँधीबेरी; हुरीबतास; आँधी; समुद्रतिर आउने आँधीबेरी; सबैतिर जलमग्न पार्ने समुद्री महावात; हुन्डरी।
39958 तुफानी वि. १. तुफानसम्बन्धी तुफानको।
39959 तुफानी वि. २. ठुलो उपद्रो मच्चाउने; उत्पाती।
39960 तुमडी ना. जोगीको भिक्षा माग्ने भाँडो; भिक्षापात्र।
39961 तुमुल वि. १. अत्यन्त उत्कट वा तीव्र प्रचण्ड; घोर (जस्तो- तुमुल ध्वनि; तुमुलयुद्ध)।
39962 तुमुल वि. ना. २. सेनाको कोलाहल; युद्धको हलचल।
39963 तुम्बा ना. पेट झन्डै गोलाकार भई फुकेको र घाँटीचाहिँ सानो हुने एक प्रकारको लौका; तुम्बिका।
39964 तुम्बी ना. १. सानो आकारको तुम्बा।
39965 तुम्बी ना. २. तुम्बाका आकारको भाँडो।
39966 तुम्बी ना. ३. पेट वा शरीरका अन्य अङ्गमा भएको वात विकार आदिको उपचार गर्दा त्यसै अङ्गमाथि बत्ती बाली छोप्न प्रयोग गरिने गोलाकार भाँडो।
39967 तुम्बुरु ना. विष्णुका नजिक रहने एक गन्धर्वको नाम।
39968 तुम्बो ना. १. छिप्पिएको तुम्बाभित्रको गुदी; कसिङ्गर आदि निकाली बनाइएको भाँडो।
39969 तुम्बो ना. २. पेट; भुँडी।
39970 तुम्लेट ना. साथैमा बोकेर टाढा कतै सुरक्षित तवरले न सकिने; पानी राख्ने धातु वा प्लास्टिकको भाँडो।
39971 तुर्नु स.क्रि १. टुङ्ग्याउनु; सिद्ध्याउनु समाप्त गर्न सक्नु।
39972 तुर्नु स.क्रि २. काम पूरा गर्नु; तामिल गर्नु तय गर्नु।
39973 तुर्नु स.क्रि ३. भ्याउनु।
39974 तुरग ना. घोडा; अश्व।
39975 तुरग ब्रह्मचर्य ना. स्त्री नै नपाउनाले मात्र लिइएको वा अँगालिएको ब्रह्मचर्य।
39976 तुरङ्ग ना. १. घोडा; तुरग।
39977 तुरङ्ग ना. २. मन; चित्।
39978 तुरतुर ना. तरल पदार्थ आदिको लगातारको राइ वा त्यसरी झर्दाको ध्वनि।
39979 तुरतुरती क्रि. वि. अझै छिटो तुरतुर हुने गरी।
39980 तुरतुराइ ना. तुरतुर हुने क्रिया वा प्रक्रिया।
39981 तुरतुराइनु अ.क्रि तुरतुर होइन।
39982 तुरतुराउँदो वि. तुरतुर झर्ने खालको; तुरतुर झर्लाजस्तो।
39983 तुरतुराउनु अ.क्रि तुरतुर हुनु वा झर्नु।
39984 तुरतुरिनु अ.क्रि तुरतुर हुनु; तुरतुर झर्नु।
39985 तुरतुरे वि. १. तुरतुर आउने; तुरतुर झरिरहने।
39986 तुरतुरे वि. ना. २. रोकिईरोकिई मात्रामा पिसाब हुने एक रोग।
39987 तुरतुऱ्याइ ना. तुरतुरिने क्रिया वा प्रक्रिया।
39988 तुरही ना. सनहीभन्दा केही ठुलो आकारको मुखले बजाइने एक प्रकारको बाजा; नर्सिङ्गा।
39989 तुराइ ना. तुर्ने भाव; क्रिया वा प्रक्रिया; समाप्ति।
39990 तुराइनु क.क्रि. तु पारिनु।
39991 तुराउनी ना. तुर्नी।
39992 तुराउनु प्रे. क्रि तुर्न लगाउनु; समाप्त पार्नु।
39993 तुरिनु क.क्रि. १. तुर्ने पारिन सकिनु।
39994 तुरिनु क.क्रि. अ.क्रि. २. समाप्त हुनु।
39995 तुरिफुरी ना. घमन्ड; सेखी; अभिमान; चुरिफुरी।
39996 तुरी ना. लिङ्ग वा मू।
39997 तुरी ना. लुगा बुन्ने एक उपकरण; थुरी।
39998 तुरीय वि. १. चौथो; चतुर्।
39999 तुरीय वि. ना. २. ब्रह्म वा परमात्माका साथ तदाकार हुन पुग्ने प्राणीका आत्माका चारौं अवस्था; भेदज्ञानको समाप्ति भई आत्मा ब्रह्मचैतन्य हुने योगको अवस्था; मोक्ष।
40000 तुरीय वि. ३. मुखबाट उच्चारण हुँदाको वाणीको अवस्था; वाणीका परा; पश्यन्ती; मध्यमा र वैखरी चार भेदमध्ये एक ( वैखरी )।