Dictionary

All Word

39901 तुक ना. तुकबन्दी- ना. काव्यानुशासनमा तुकसम्बन्धी बन्धन; पद्यरचनामा तुकको पूर्ण अनुसरण गर्ने काम; तुक मिलाउने काम।
39902 तुकबन्दी ना. काव्यानुशासनमा तुकसम्बन्धी बन्धन; पद्यरचनामा तुको पूर्ण अनुसरण गर्ने काम; तुक मिलाउने काम।
39903 तुक्का ना. तुकबन्दी मिलेको पद वा पदावली।
39904 तुखल ना. रस निचोरिएको उखुको खोस्टा; टुखल; खोइलो।
39905 तुङ्ग वि. १. अग्लो; उन्नत; उच्चो; लामो।
39906 तुङ्ग वि. ना. २. पहाड; शिखर; चुचुरो।
39907 तुङ्गा ना. दुई नगण र दुई गुरु भएको एक छन्।
39908 तुङ्गिमा ना. अग्लाइ; उचाइ।
39909 तुड़वा ना. उसिनेको कोदो वा मकै अमिल्याई बनाइएको जाँड माडी छोक्रा नछुट्याईकन बनाइएको झोल पिपाले चुसेर खाइने बाँस वा काठको ढुङ्ग्रो।
39910 तुच्छ वि. १. नीच; चुत्थो; छोटो।
39911 तुच्छ वि. २. नगण्य; जाबो सानो।
39912 तुच्छ वि. ३. अल्प; क्षुद्र हीन।
39913 तुच्छ वि. ४. मन्द; निःसार; शून्य।
39914 तुच्छ वि. ५. निर्धन; दीन।
39915 तुच्छता ना. नीचता; अल्पता।
39916 तुच्छिनु अ.क्रि. तुच्छ बन्नु।
39917 तुच्छ्याइ ना. तुच्छिने वा तुच्छ बन्ने काम वा काइदा।
39918 तुच्छ्याइनु क. क्रि तुच्छ पारिनु।
39919 तुच्छ्याउनु प्रे. क्रि. तुच्छ पार्नु वा तुल्याउनु।
39920 तुजुक ना. १. अहङ्कार; घमन्ड सेखी।
39921 तुजुक ना. २. बल; तागत शक्ति; हुती।
39922 तुजुक ना. ३. मात; मद; लागो।
39923 तुण्ड ना. १. मुख; अनुहार; थुतुनो चुच्चो।
39924 तुण्ड ना. २. सुँड।
39925 तुण्ड ना. ३. कुनै चिजको टुप्पो।
39926 तुण्डि ना. तुण्ड भएको वस्तु (मुख; चुच्चो; थुतुनु आदि)।
39927 तुण्डि ना. वि. २. टुँडवाला।
39928 तुण्डिल ना. १. गफाडी; बतुरो; वाचाल।
39929 तुण्डिल ना. २. नाइटो बाहिर निस्केको; नाइटे।
39930 तुण्डी वि. तुण्ड भएको; टुँडवाला; थुतुनु।
39931 तुण्डी वि. ना. २ शिवका एक गणको नाम गणेश।
39932 तुतुरो ना. पुरुषको लिङ्ग; तुन्तुरो (बालबोलीमा)।
39933 तुन्नु स.क्रि. १. फाटेच्यातिएका पुराना लुगाफाटा जोडेर वा टालेर सिउनु।
39934 तुन्नु स.क्रि. २. सियाले फड्कनु।
39935 तुन ना. तुन्ने कार्य ( तानतुन' वा 'तुनतान' मा सीमित)।
39936 तुनतान ना. च्यातिएका वा फाटेका लुगा; कपडा आदि सिउनेव काम कुनै पनि वस्तु वा चिजलाई जोडजाड गर्ने; मिलाउने आदि काम।
39937 तुनाइ ना. तुन्ने क्रिया वा प्रक्रिया।
39938 तुनाइनु क. क्रि तुन्ने वा तुनिने पारिनु।
39939 तुनाउनु प्रे. क्रि. तुन्न लगाउनु तुनिने पार्नु।
39940 तुनिनु क. क्रि तुनाइमा पर्नु; तुनाइमा परेको हुनु।
39941 तुनियाँ ना. लँगौटी।
39942 तुनु ना. १. दौरा; भोटो; चौबन्दी आदिमा टाँकका सट्टामा गाँसिने त्यान्द्रे बन्धन; तुनो।
39943 तुनु ना. २. सिरक; डसना; सिरानी आदिका खोलमा मुख बन्द गर्न राखिने त्यस्तै वस्तु; फित्ता; तुना; तुन; घुँडी।
39944 तुने वि. तुनो भएको; तुनावाल; तुनाका आकारको "नोजस्तो ।
39945 तुने च्याउ ना. जमिनमा पलाउने; तुनाजस्तो लाम्चो हुने एक जातको च्याउ।
39946 तुने बारुलो ना. तुना जस्तै लामो गुँडमा गोलो लगाएर बस्ने; सानो आकारको देखिने; विषालु खालको; पतङ्गवर्गमा पर्ने एक किरो; बारुलाको एक जा।
39947 तुने बोडी ना. लहराका आँख्ला आँख्लामा फल्ने; लामा र नरम कोसा हुने एवं कोसाभित्र दाना लाग्ने; एक जातको तरकारीविशेष; तनेबोडी; बोडीको एक जा।
39948 तुनो ना. हे. तुनु।
39949 तुन्कनु स.क्रि. १. घरको मसिनु काम गर्नु।
39950 तुन्कनु स.क्रि. २. तुन्नु।