Dictionary

All Word

39651 तिमिलो ना. हे. टिमिलो।
39652 तिमी सर्व. द्वितीय पुरुष एकवचनमा प्रयोग हुने; तँभन्दा माथिल्लो र तपाईंभन्दा तल्लो श्रेणीको आदरार्थी शब्द।
39653 तियाँ वि. तीन गुना तेबर ( हिसाबको दुनोट पढ्दा )।
39654 तिया ना. सोह कौडामा तीन; सात; एघार र पन्ध्र कौडा ठाडा पर्दा हुने जुवाको एक दाउ।
39655 तियारी ना. माछा मार्ने जालीदार एक प्रकारको पासो।
39656 तियाली क्रि. वि. तीनपटक तीनचोटि।
39657 तियाली क्रि. वि. (उदा.- उसले खेलमा लगालग जितेर तियाली पायो। )।
39658 तियो ना. डन्डीबियोको नापो पर्दा बियो हान्ने ढाँचा।
39659 तिर्नु स.क्रि. १. सापटी वा पैंचो लिएको वस्तु फिर्ता गर्नु; रिन चुक्ता गर्नु।
39660 तिर्नु स.क्रि. २. दण्ड; जिताउरी आदि बुझाउनु।
39661 तिर्नु स.क्रि. ३. भर्ना हर्जाना दिनु।
39662 तिर्नु स.क्रि. ४. तिरोभरो गर्नु।
39663 तिर्नु स.क्रि. ५. अरूले आफूलाई गरेको अस वा खराब कामको बदला लिनु वा दिनु साटो फेर्नु।
39664 तिर्नु स.क्रि. खेलमा तीनको गणना; तीन डन्डीको।
39665 तिर ना. यो. कुनै ठाउँ; वस्तु आदि भएपट्टि तर्फ; पक्ष।
39666 तिर: ना. तिर्ने काम; तिराइ।
39667 तिरतार ना. लिए - खाएको नगद वा वस्तु तिर्ने काम; तिरोतारो।
39668 तिरताल ना. १. जुवा आदिको खेलमा दण्ड तिरिरहने पटक हारताल।
39669 तिरताल ना. वि. २. साह्रै चलाख; बाठो (उदा.- उनी देख्न पो सुधा; मानिस त तिरताल छन्।)।
39670 तिरतिर क्रि. वि. बिस्तारै पानी पर्ने वा पानीको सानो धारो झर्दा वा खस्ता आवाज आउने गरी।
39671 तिरतिर क्रि. वि. २. पातलो दिसा लाग्ने गरेर।
39672 तिरतिरी क्रि. वि. अझै तिरतिर हुने गरी।
39673 तिरतिरे वि. तिरतिर हुने; तिरतिर आवाज भएको (धारो; पानी आदि)।
39674 तिरन ना. तिर्ने काम; तिराइ; तिरो।
39675 तिरनतारन ना. अरू कसैसँग सापटी लिएको धनमाल तिर्ने काम; तिरोतारो; तिरोभरो।
39676 तिरमिर ना. १. रोग; नातागती आदिका कारणले आँखा नदेख्ने वा भ्रान्ति हुने स्थिति।
39677 तिरमिर ना. २. धेरै चम्किलो वस्तु हेर्दा आँखाले ठम्याउन गाह्रो पर्ने अवस्था; तिरिमिरी।
39678 तिरमिर ना. ३. मिरमिर।
39679 तिरमिराइ ना. तिरमिराउने क्रिया वा प्रक्रिया।
39680 तिरमिराइनु अ.क्रि. आँखा तिरमिर होइन।
39681 तिरमिराउनु अ.क्रि. १. रोग वा नातागतका कारणले आँखा राम्रोसित नदेख्नु; तिरमिर हुनु।
39682 तिरमिराउनु अ.क्रि. २. बालुवामा घाम टल्केजस्तो भई ठम्याउन नसक्नु।
39683 तिरमिरिनु अ.क्रि. तिरमिराउनु।
39684 तिरमिरे वि. तिरमिर गरी टल्कने; तिरमिर गर्ने।
39685 तिरमिऱ्याइ ना. तिरमिरिने भाव; क्रिया वा प्रक्रिया।
39686 तिरमिहट ना. तिरमिरिने भाव; अवस्था वा क्रिया-प्रक्रिया; तिरमियइ।
39687 तिरस्करण ना. तिरस्कार गर्ने क्रिया; भाव वा अवस्था; तिरस्कार।
39688 तिरस्करणी ना. १. नाटकको पर्दा।
39689 तिरस्करणी ना. २. अदृश्य हुने विद्या।
39690 तिरस्कार ना. कसैलाई मन नपराई गरिने हेला वा बेवास्ता; अनादर; अपमान; उपेक्षा।
39691 तिरस्कृत वि. तिरस्कार गरिएको; अपमानित; हेला गरिएको; उपेक्षि।
39692 तिराइ ना. तिर्ने काम वा किसिम।
39693 तिराइनु क.क्रि. तिर्न लाइनु।
39694 तिराउनु प्रे. क्रि. तिर्न लाउनु; तिर्ने पार्नु।
39695 तिरिक्क क्रि. वि. थोरै पानी पर्ने; धारो खस्ने; पातलो दिसा हुने आदि किसिमले।
39696 तिरिखिरी ना. झर्कोलाग्दो र कसिकसाउमा पार्ने ढिपी; आच्छु आच्छु; आत्तुरी।
39697 तिरिन ना. झारपात आदि तृण; घाँस; पराल; खर आदिको थोरै अंश।
39698 तिरिनु क. क्र. सापटी वा पैंचो फिर्ता दिइनु; तिर्ने काम गरिन्।
39699 तिरिमिरी ना. चर्कोसँग तिरमिर हुने चाल; तिरमिर।
39700 तिरिमिरी झ्याइँ ना. १. कमजोरी वा अन्य कारणले आँखा स्पष्ट नदेखिने किसिम; तिरमिराउने अवस्था।