Dictionary

All Word

39551 तासा ना. वि . २. एकदम पातलो; साह्रै दुब्लो।
39552 तासा ना. स्त्री. तासी।
39553 तासिर ना. असर; प्रभाव; जोर।
39554 तासीलामा ना. लामाको एउटा उच्चपद।
39555 तिँदु ना. कालो बोक्रो र लाम्चा; तिखा पात हुने; सेता मसिना फूल फुल्ने हरिया; गुलिया फल फल्ने एक जातको रुख; त्यसैको फल।
39556 तिउरी/तिउरे ना. हात; गोडा; नङ रातो पार्न मसला मिलाई कुटेर लगाइने; खोर्सानीका जस्ता पात हुने; विभिन्न रङका फूल फुल्ने भाङका जस्ता गेडा फल्ने एक जातको बोट; त्युरी; त्युरे।
39557 तिकडम ना. १. चाल चल्ने जुक्ति वा सिप; चालबाजी; तिगडम।
39558 तिकडम ना. २. चतुइँ; कौशल।
39559 तिकडम ना. ३. कुटिल जालझेल; छल-छाम।
39560 तिकडमबाज वि. छली; कपटी; कुटिल चाल चल्ने।
39561 तिकडमबाजी ना. कुटिल व्यवहार।
39562 तिगडम ना. हे. तिकडम।
39563 तिक्खर वि. १. नुन; भुटुन सबै चिज मिलेर स्वादमा तीक्ष्णता आएको; खिलो स्वाद भएको।
39564 तिक्खर वि. २. केही चर्को भए तापनि स्वादिलो।
39565 तिक्खर वि. तिक्खरो वि. तिक्खर।
39566 तिक्खरो वि. तिक्खर।
39567 तिक्त वि. १. करेलो; चिराइतो; नीम आदिका स्वादको तितो।
39568 तिक्त वि. ना. २. जिब्राले थाहा पाउने छ रसमध्ये एक रस; तितो स्वाद।
39569 तिक्तता ना. तिक्त हुनाको भाव वा अवस्था; तितोपन।
39570 तिखाउरो वि. तिखो भएको; तिखारिएको।
39571 तिखाउरो वि. स्त्री. तिखाउरी।
39572 तिखार्नु स.क्रि. १. लौरो; घोचो; किलो आदि वस्तुलाई हँसिया; खुकुरी; खुर्पा आदिले ताछेर तिखो पार्नु; धार लाउनु।
39573 तिखार्नु स.क्रि. २. कुनै कामका निम्ति तयार पार्नु।
39574 तिखार्नु स.क्रि. 3. उत्तेजित तुल्याउनु।
39575 तिखाराइ ना. तिखार्ने काम वा किसिम।
39576 तिखारिनु क.क्रि. तिखार्ने काम गरिनु।
39577 तिखिनु अ. क्र. तिखो हुनु; धारिलो हुनु।
39578 तिख्याइ ना. तिखिने तथा तिख्याउने भाव; क्रिया वा प्रक्रिया।
39579 तिख्याइनु क.क्रि. तिखो पारिनु।
39580 तिख्याउनु स.क्रि. तिखो पार्नु; तिखार्नु; चम्काउनु।
39581 तिखुनो ना. बन्चरो।
39582 तिखुल्ले वि. दुब्लाएर वा पातलिएर पिंध चाउरिएको कटौरे।
39583 तिखो वि. १. घोच्ने किसिमले टुप्पो तिखारिएको; सियो; सुइरोजस्तो चुच्चो परेको।
39584 तिखो वि. २. छिटै बुझ्ने शक्ति भएको; तीक्ष्ण।
39585 तिखो वि. 3. चित्त दुखाउने ( वचन )।
39586 तिखो वि. ४. निकै सुरिलो (स्वर; बोली आदि)।
39587 तिगुना वि. तीन गुना तेबर।
39588 तिघ्रे वि. ठुला र मोटा तिघ्रा भएको (मानिस); भुसतिघ्रे।
39589 तिघ्रो ना. घुँडादेखि माथिको गोडाको डोलो भाग; उरु।
39590 तिच्छर वि. १. अलिअलि तितो वा नमिठो स्वाद भएको तितोतितो स्वादको।
39591 तिच्छर वि. २. तिक्खर।
39592 तिच्छरो वि. तिच्छर।
39593 तिज ना. नारीहरूले सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्पराअनुसार शिवपार्वतीको उपासना र पूजा गर्ने; भाद्र शुक्ल तृतीयाको दिन हरितालिका।
39594 तिजरो ना. तीनतीन दिन बिराएर एकपल्ट आउने कामजरो; औलेजरो।
39595 तिजु ना. कछाडतिर पाइने दरिलो खालको तैलज वनस्पतिविशेष।
39596 तिजे ना. तीजमा स्वास्नीमानिसहरूले गाउने पर्वगी।
39597 तितरबितर क्रि. वि. यताउति छरिने वा फ्याँकिने गरी; छ्यान्नब्यान्न; छितरबितर छरपस्ट।
39598 तितरीपङ्खी वि. १. निलो भुईंमा सेता र छिर्केछिर्का परेको (बादल); तित्रापङ्खी ना. २. एक जातको सानो चरो।
39599 तितीक्षा ना. १. जस्तोसुकै सुखदुःख; घामपानी आदि भोग्नुपरे तापनि सहने शक्ति; सहिष्णुता।
39600 तितीक्षा ना. २. शान्ति; क्षमा।