Dictionary

All Word

39501 तालव्य वि. तालुसम्बन्धी।
39502 तालव्यीभवन ना. अर्कै स्थानबाट उच्चारण हुने ध्वनि तालव्य वर्णमा परिवर्तित हुने काम वा स्थिति (जस्तो- सत् + चरित्र=सच्चरित्र; वाद्य = बाजा इ) 1)।
39503 तालसुर ना. १. कुनै कामकुराको ताल र सुर।
39504 तालसुर ना. २. कामको रूपरङ्ग; सुरसार; थालनी।
39505 तालसुर ना. ३. गर्नुपर्ने काम वा कुराको ठिक चाँजोपाजो।
39506 ताला ना. ताल्चा।
39507 तालाकुन्जी ना. ताल्चा र साँचो।
39508 तालाबन्दी ना. १. कुनै वस्तु आदि बाकस; कोठा वा भँडारमा राखी ताल्चा लाएर बन्द गर्ने काम।
39509 तालाबन्दी ना. २. कर्मचारीहरूलाई चेताउनी दिन वा दबाउन मालिकले कारखानाको ढोकामा ताल्चा लाएर बाहिरै राखिदिने काम।
39510 तालाबन्दी ना. ३. कुनै पनि कामकारबाई ठप्प भएको अवस्था।
39511 तालाबन्दी ना. ४. आन्दोलनकारीहरूले आफ्ना माग पूरा गराउनका निम्ति सम्बन्धित निकाय वा निकाय प्रमुखको कार्यालयमा ताला लगाइदिने काम।
39512 तालाबाला ना. कुनै त्रासद स्थिति वा हडबडीबाट हुने अत्याहट; अत्यास।
39513 तालिका ना. कुनै कुरा; विषय; मिति आदि मिलाई लेखिएको सूची; फेहरिस्त रुटिन।
39514 तालिकाकार ना. तालिका तयार पार्ने; सूची बनाउने।
39515 तालिकीकरण ना. सङ्कलित तथ्यहरूलाई वर्गीकरणपछि हार र स्तम्भमा मिलाएर राख्ने प्रक्रिया।
39516 तालिम ना. कुनै काम वा विषयमा व्यवस्थित रूपमा दिइने शिक्षा प्रशिक्षण तालीम।
39517 तालिम ना. २. कामको अहाइहाइ वा सिकाइसधाइ।
39518 तालिमखाना ना. तालिम गर्ने ठाउँ।
39519 तालिमी वि. १. तालिम गरेको; प्रशिक्षण पाएको।
39520 तालिमी वि. २. तालिमसम्बन्धी।
39521 तालिमे ना. गानाबजानामा तालिम पाएकी दरबारिया सुसारे।
39522 तालिमे ना. वि. २. तालिम पाएको; तालिमी।
39523 ताली ना. १. थपडीको शब्द; करतलध्वनि; ताल।
39524 ताली ना. २. आँखाको पटल वा ढकनी।
39525 ताली ना. ३. सानो ताला।
39526 तालीम ना. हे. तालिम।
39527 तालीस पत्र ना. सुनपाती।
39528 तालु ना. वर्त्सभन्दा पछि र किलकिलेभन्दा अगिको भाग।
39529 तालुखुइले वि. तालुका रौँ झरेर खाली भएको खल्वाट।
39530 तालुक ना. १. कसैको मातहतमा रहेको क्षेत्र वा इलाका; तैना।
39531 तालुक ना. २. कुनै जवाफदेही रहेका कुराको वास्ता; सरोकार।
39532 तालुकअड्डा ना. तालुक भएको वा तालुक लिने अड्डा; माथिल्लो अधिकार लिएको अड्डा।
39533 तालुकदार ना. १. रैतीबाट मालपोत असुलउपर गरी मालमा दाखिल गर्ने र तालुकदारी ऐन- सवालबमोजिम काम गर्ने व्यक्ति; गाउँको मुखिया; जिम्मावाल।
39534 तालुकदार ना. २. तैनाथवाला तालुकवाला।
39535 तालुकदारी ना. तालुकदारको काम वा अधिकार; तालुकदारको प्रथा; जिम्मावारी।
39536 तालुकवाला ना. १. जिल्ला वा गौंडाभरको मुख्य निकासा दिने हाकिम।
39537 तालुकवाला ना. २. पहिले जिल्ला वा गौंडाको बडाहाकिम ( अचेलको प्रमुख जिल्ला अधिकारी)।
39538 तालुकी ना. तालुकको काम।
39539 तालो ना. ताल; ताला।
39540 तालोसाँचो ना. आग्लो खोल्ने ताल र ताल्चा खोल्ने साँचो।
39541 ताल्चा ना. ढोका; सन्दुक; ट्याङ्का; बाकस आदि बन्द गर्न लगाइने फलाम वा पित्तलको यन्त्र।
39542 ताल्चे क्रि. वि १. गुच्चा आदि नगुडाईकन सोझै हान्ने चाल।
39543 ताल्चे क्रि. वि वि. २. ताल्चाका किसिमको ताल्चा मार्न हुने।
39544 ताल्चेझार ना. डाँठका आँख्ला फुकाली ती आँख्ला फेरि परेलामा पसाएर ताल्चा मारेजस्तो गरी खेल्न हुने एक किसिमको झार ; कुरकुरे।
39545 तावा ना. बाबर आदि पकाउने थालजस्तो फलामे भाँडो।
39546 तास ना. १. सुरथ; पान; चीड र ईंटका बुट्टा भएको; प्रत्येक बुट्टाका एक्कादेखि तेह पत्ती हुने तथा बजिर; मिसी; बादशाह आदिको चित्रसमेत भएको; विभिन्न खेल खेलिने कागतका बाउनवटा पत्ती वा चक्की।
39547 तास ना. २. सुनचाँदीको जरीले कार्योंप भरेको बहुमूल्य कपडा।
39548 तास ना. सोभियत सङ्घको प्रसिद्ध समाचार समिति।
39549 तासा ना. घाँटीमा भिरेर दुई गजाले बजाइने ट्याम्कोजस्तो एक बाजा।
39550 तासा ना. १. किनमेल गरेपछि किन्नेले पसलेसित माग्ने वा लिने सानोतिनो वस्तु; फोसा।